अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवाको अनधिकृत प्रयोगबाट भएको क्षतिको क्षतिपूर्तिसम्बन्धी नीति
एसबीआई रेमिट क. लि. (SBI Remit Co., Ltd.) (“कम्पनी”) द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा र अन्तर्राष्ट्रिय रकम स्थानान्तरण प्राप्ति सेवाको (समग्रमा “सेवाहरू”) अनधिकृत प्रयोगबाट हुने क्षतिको क्षतिपूर्ति सम्बन्धी कम्पनीको नीति निम्नानुसार रहेको छ। अन्यथा उल्लेख नभएमा यस दस्तावेजमा प्रयोग गरिएका शब्दहरूको परिभाषा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका लागि लागु हुने नियम तथा शर्तहरू अनुसार हुनेछ ।
१. सेवाहरूका प्रयोगकर्ताहरूलाई हानी नोक्सानी पुग्न सक्ने प्रत्येक अवस्थासँग सम्बन्धित क्षतिपूर्तिको उपलब्धता वा अभाव, विवरणहरू तथा क्षतिपूर्ति प्राप्त गर्नका लागी चाहिने आवश्यकताहरु
कम्पनीले सेवाका सदस्य (“सदस्य”) लाई हानि नोक्सानी हुन सक्ने भनि अनुमान गरेको अवस्थाहरू निम्नानुसार रहेका छन्:
अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवामा कुनै दुशित मनशाय भएको तेस्रो पक्षले प्रयोगकर्ताको पासवर्ड वा अन्य जानकारी अवैध रूपमा प्राप्त गरी प्रयोगकर्ताको रुपमा प्रस्तुत भई रेमिट्यान्स रिजर्भ खातामा रहेको मौज्दात रकम अवैध रूपमा रकमान्तरण गर्ने वा झिक्ने अवस्था; वा
अन्तर्राष्ट्रिय रकम स्थानान्तरण प्राप्ति सेवामा कुनै दुशित मनशाय भएको तेस्रो पक्षले सदस्यको सङ्केत नम्बर (reference number) जस्ता विवरणहरू अवैध रूपमा प्राप्त गरी सदस्यको रूपमा प्रस्तुत भई हस्तान्तरण गरिएको रकम जालझेल पूर्वक प्राप्त गर्ने अवस्था ।
उपरोक्त अवस्थामा सदस्यलाई भएको क्षतिको लागि प्रदान गरिन सक्ने क्षतिपूर्तिको व्यवस्था यसप्रकार रहेकोछ:
यदि उक्त क्षति कम्पनीले जानबुझेर गरिएको दुराचार (willful misconduct) वा कम्पनीको लापरवाही (negligence) का कारण भएको हो भने कम्पनीले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका लागि लागु हुने नियम तथा शर्तहरू अनुरुप सदस्यलाई क्षतिपूर्ति प्रदान गर्नेछ । सदस्यको लापरवाहीको स्तरलाई समेत विचार गरी कम्पनीले क्षतिपूर्तिको अन्तिम रकम निर्धारण गर्नेछ । यद्यपी यदि सदस्यले कम्पनी बाहेकका अन्य पक्षबाट क्षतिपूर्ति प्राप्त गरिसकेको भएमा कम्पनीबाट दिइनुपर्ने क्षतिपूर्तिबाट सो रकम कट्टा गरिनेछ ।
सम्पूर्ण वा आंशिक क्षतिपूर्ति दिन नपर्ने परिस्थितिहरूः
- ・माथि उल्लेखित (१) को अवस्थामा सदस्यले पासवर्ड वा अन्य जानकारीको सुरक्षा व्यवस्था सही तरिकाले नगरेको भए;
- ・माथि उल्लेखित (२) को अवस्थामा सदस्य वा विप्रेषण अनुरोधकर्ताले सङ्केत नम्बरको सुरक्षाको उचित व्यवस्थापन नगरेको भए;
- ・क्षति सदस्यकै जानबुझेर गरिएको दुराचार वा लापरवाहीको कारणबाट भएको भए;
- ・सदस्यकै घरपरिवारका सदस्य वा नातेदार आदिका कार्यले क्षति भएको भए;
- ・सदस्यले क्षतिको सम्बन्धमा कम्पनीलाई गलत जानकारी दिएको वा सो क्षतीको सम्बन्धमा कम्पनीद्वारा गरिने अनुसन्धानमा सहयोग नगरेको भए; वा
- ・युद्ध, दंगा, वा अन्य सामाजिक अशान्तिका कारण क्षति भएको भए।
२. सेवाहरूका प्रयोगकर्ता बाहेकका व्यक्तिहरूलाई हानी नोक्सानी पुग्न सक्ने प्रत्येक अवस्थासँग सम्बन्धित क्षतिपूर्तिको उपलब्धता वा अभाव, क्षतिपूर्तिसम्बन्धी विवरण तथा क्षतिपूर्ति प्राप्त गर्नका लागी चाहिने आवश्यकताहरु साथै कम्पनी र यसको साझेदारहरूबीचको क्षतिपूर्ति बाँडफाँडसम्बन्धी व्यवस्था ।
कम्पनीले सेवाका सदस्य नभएका व्यक्तिहरू (“गैर-सदस्य”) लाई हानि नोक्सानी हुन सक्ने भनि अनुमान गरेको अवस्थाहरू निम्नानुसार रहेका छन्:
कुनै दुशित मनशाय भएको तेस्रो पक्षले गैर-सदस्यको रूपमा रुपमा प्रस्तुत भई सेवाको सदस्यको रूपमा दर्ता गरी, खाता स्थानान्तरणमार्फत गैर-सदस्यको नाममा रहेको निक्षेप खातासँग रेमिट्यान्स रिजर्भ खाता लिंक गरी सो गैर-सदस्यको खातामा रहेको मौज्दात रकम अवैध रूपमा विप्रेषण गर्ने वा झिक्ने अवस्था ।
उपरोक्त अवस्थामा गैर-सदस्यलाई भएको क्षतिको लागि प्रदान गरिन सक्ने क्षतिपूर्तिको व्यवस्था यसप्रकार रहेकोछ:
गैर-सदस्यको नाममा रहेको निक्षेप खाताबाट खाता स्थानान्तरणमार्फत अवैध रूपमा रकमान्तरण गरिएको वा झिकिएको रकमबापतको क्षतिपूर्ति प्रदान गरिनेछ । सो क्षतिपूर्ति सम्बन्धमा कम्पनीले गैर-सदस्यलाई क्षतिपूर्ति दिने वा नदिने भन्ने कुरा र क्षतिपूर्तिको दायरा जापानी बैंकर्स एसोसिएसनले प्रकाशित गरेको अनलाइन बैंकिङ सेवाहरू प्रयोग गरी गरिएको अनधिकृत निकासीसम्बन्धी क्षतिपूर्तिका लागि तयार पारिएका निर्देशिका (guidelines) मा आधारित रहेर निर्धारण गर्नेछ । यदि गैर-सदस्यले कम्पनी बाहेक अन्य पक्षबाट क्षतिपूर्ति प्राप्त गरिसकेको छ भने उक्त प्राप्त रकम कम्पनीबाट दिनुपर्ने क्षतिपूर्तिबाट कट्टा गरिनेछ ।
सैद्धान्तिक दृषिकोणले कम्पनीले गैर-सदस्यहरूबाट राखिएको क्षतिपूर्तिसम्बन्धी सोधपुछ स्वीकार गरि कम्पनीका साझेदारहरूसँग परामर्श गरी क्षतिपूर्तिसम्बन्धी काम कारवाही अघि बढाउने छ । कम्पनी र साझेदारहरूबीच क्षतिपूर्तिको बाँडफाँड सो सम्बन्धी कारणको विद्यमानता वा स्तरको आधारमा सझेदारहरुसंगको परामर्शमार्फत तय गरिनेछ ।
निम्न अवस्थाहरूमा आंशिक वा पूर्ण क्षतिपूर्ति प्रदान नगरिन सक्नेछ:
- ・यदि क्षति गैर-सदस्यले जानाजानी गरिएको गलत कार्य (willful misconduct) वा निजको लापरवाही (negligence) का कारण भएको हो भने;
- ・यदि क्षति गैर-सदस्यकै घरपरिवारका सदस्य वा नातेदार आदिका कार्यले भएको हो भने;
- ・यदि गैर-सदस्यले क्षतिको सम्बन्धमा कम्पनीलाई गलत विवरण उपलब्ध गराएको हो वा कम्पनीद्वारा गरिने अनुसन्धानमा सहयोग नगरेको भए; वा
- ・यदि क्षति युद्ध, दंगा, वा अन्य सामाजिक अशान्तिका कारण भएको हो भने।
३. क्षतिपूर्ति प्रक्रियासम्बन्धी विवरणहरू
कुनै सदस्य वा गैर-सदस्यले अनधिकृत कारोबारका कारण भएको क्षतिको लागि कम्पनीसँग क्षतिपूर्तिको माग गर्न चाहेमा सो सदस्य वा गैर-सदस्यले क्षति भएको मितिबाट साठी (६०) दिनभित्र धारा ४ मा उल्लेख गरिएको परामर्श डेस्कमा सम्पर्क गर्नुपर्नेछ । यसका साथ साथै निम्न बमोजिमका विवरणहरू समावेश गरि कम्पनीद्वारा तोकिएको क्षतिपूर्ति आवेदन फाराम र उल्लेखित तथ्य प्रमाणित गर्न सकिने कागजातहरू पेश गर्नु पर्नेछः
- ・क. क्षतिसंग सम्बन्धित कारोबारको विवरण;
- ・ख. क्षतिको रकम;
- ・ग. क्षति भएको अवस्था र घटनाको विवरण; र
- ・घ. कम्पनीले माग गरेका अन्य जानकारीहरू।
साथै सम्बन्धित सदस्य वा गैर-सदस्यले सो क्षतिको बारेमा प्रहरी कार्यालयमा पनि उजुरी दर्ता गर्नुपर्नेछ।
४. क्षतिपूर्ति सम्बन्धी परामर्श डेस्क / सम्पर्क विवरण
क्षतिपूर्तिसम्बन्धी कुनै पनि जानकारी वा सोधपुछको लागि कृपया निम्न परामर्श डेस्कमा सम्पर्क गर्नुहोस्:
SBI Remit Co., Ltd. (एसबीआई रेमिट क. लि.) – ग्राहक सेवा केन्द्र
४एफ, सुमितोमो फुडोसान ओतोवा भवन,
२-९-३ ओत्सुका, बुन्क्यो-कु, टोकियो ११२-००१२
फोन: ०३-५६५२-६७५९
इमेल: support@remit.co.jp
(कार्य दिन) बिहान ९:०० देखि साँझ ६:०० (जापानी समय अनुसार)
(वर्षको अन्तिम दिन र नयाँ वर्षको छुट्टी तथा कम्पनीले तोकेको बिदाहरुका दिन बन्द रहने)
५. अनधिकृत कारोबार सार्वजनिक गर्ने मापदण्ड
उपरोक्तमध्ये कुनै पनि अनधिकृत कारोबार भएमा कम्पनीले निम्नमध्ये कुनै अवस्था लागू भएको ठानेमा आवश्यक जानकारी तुरुन्तै सार्वजनिक गर्न सक्छः क. थप क्षति हुनबाट रोक्न आवश्यक भएको; ख. यस प्रकारको घटनाहरू दोहोरिन नदिन लाभदायक हुने; वा ग. अनधिकृत कारोबारको प्रकृति हेर्दा त्यसके गम्भिर सामाजिक प्रभाव हुन सक्ने भएमा।
समाप्त
SBI Remit Co., Ltd (एसबीआई रेमिट क. लि.)
अप्रिल ३०, २०२१ (वि.सं. २०७८/०१/१७) मा जारी भएको
अक्टोबर ३०, २०२३ (वि.सं. २०८०/०७/१३) मा संसोधन भएको
जनवारी १५, २०२५ (वि.सं. २०८१/१०/०२) मा संसोधन भएको
(यो अनुवाद केवल जानकारीको लागि प्रदान गरिएको हो । नेपाल र जापानी संस्करणबीच कुनै भिन्नता भएमा जापानी मूल संस्करण बमोजिम हुनेछ ।)



