हाम्रा सेवाहरू प्रयोग (व्यक्तिगत प्रयोजनको ग्राहकहरू)

  • सेवा प्रक्रिया
  • उपयोगी उदाहरण

सदस्यताको लागि दर्ता गर्नुहोस् (नि:शुल्क)

सदस्यताको लागि आवेदन दिएपछि, तपाईंले एक हप्ता भित्रमा कुरियर मार्फत वेलकम प्याक प्राप्त गर्नुहुनेछ। यसमा हाम्रा सेवाहरू प्रयोग गर्न आवश्यक पर्ने कागजातहरू समावेश हुनेछन्। सदस्यताको लागि आवेदन दिएको व्यक्तिलाई मात्र वेलकम प्याक डेलिभर गर्न सकिन्छ। सदस्यहरूको साइटमा लग इन गर्नको लागि वेलकम प्याकमा समावेश गरिएको अस्थायी लगइन पासवर्ड प्रयोग गर्नुहोस्। तपाईंले हाम्रा सर्त र नियमहरू स्वीकार गरिसकेपछि, तपाईंको सदस्यता दर्ता पूरा हुनेछ।

*ध्यान दिनुहोस्, तपाईंले हाम्रा सर्त र नियमहरू स्वीकार नगर्दासम्म हाम्रो सेवा प्रयोग गर्न सक्षम हुनु हुनेछैन।

  • चरण१

    दर्ताको लागि आवेदन दिनुहोस्

  • चरण२

    वेलकम प्याक प्राप्त गर्नुहोस्

  • चरण३

    प्रारम्भिक लगइन

  • दर्ता पूरा भइसकेपछि,
    तपाईं सेवा प्रयोग गर्न सुरु गर्न सक्नुहुन्छ।

*क्षेत्रमा निर्भर रही, “प्रापक पुष्टि गर्नको लागि सहायता” उपलब्ध नहुन सक्छ।

रेमिटेन्स अनुरोध

लगइन गरिसकेपछि, तपाईं अन्तर्राष्ट्रिय रेमिटेन्स मेनुबाट रेमिटेन्स अनुरोध गर्न सक्नुहुन्छ (तपाईंले पहिले आफ्नो सञ्चय खातामा रकम जम्मा गर्न आवश्यक हुनेछ)। प्रापकसम्बन्धी जानकारी दर्ता गरिसकेपछि, तपाईं रेमिट कार्ड वा फुरिकोमी रेमिटेन्स सेवा प्रयोग गरी पैसा पठाउन सक्षम हुनुहुनेछ।

रेफरेन्स नम्बरको जारी

रेमिटेन्स अनुरोध प्राप्त भइसकेपछि, रेफरेन्स नम्बरको स्क्रिन देखा पर्नेछ।
 रेफरेन्स नम्बरलाई SMS द्वारा तपाईंको दर्ता गरिएको इ-मेल ठेगानामा पठाइनेछ।
तपाईंले रेमिट कार्ड, फुरिकोमी रेमिटेन्स सेवा वा कन्भीनियन्स स्टोर रेमिटेन्स सेवा प्रयोग गरी पैसा पठाउनुभएको छ भने आफ्नो इमेल हेर्नुहोस्।

रेफरेन्स नम्बरको SMS सूचनाको उदाहरण

[SMS]
RN:१२३४५६७८/रकम:१०.०००.००PHP/नाम:पहिलो नामxxxxx/दर:०.५११५६५PHP

[स्पष्टीकरण]
RN : रेफरेन्स नम्बर
रकम:प्राप्त गर्नुपर्ने रकम
नाम: प्रापकको नाम (पहिलो नाम मात्र)
दर: विनिमय दर

ट्रान्ज्याक्सन

  • नगद संकलन

    प्रापकले निर्दिष्ट राष्ट्रको मनिग्राम कार्यालयबाट रेफरेन्स नम्बर र व्यक्तिगत आइडी प्रस्तुत गरी नगदमा रेमिटेन्स संकलन गर्न सक्नुहुन्छ।

  • बैंक खातामा ट्रान्सफर गर्नुहोस्

    तपाईंको निर्दिष्ट बैंक खातामा रकम क्रेडिट गरिएका छन् भनी जाँच्नुहोस्।
    रकम प्राप्त गर्नको लागि आवश्यक पर्ने समयावधि प्राप्त गर्ने राष्ट्र र रेमिटेन्स विधिमा आधारित रही भिन्न हुनेछ भन्ने कुरालाई ध्यानमा राख्नुहोस्।

जीवनयापन खर्च/शैक्षिक खर्चहरूका लागि रेमिटेन्सहरू

  • विदेशमा बस्ने परिवार र नातेदारहरूलाई जीवनयापन खर्चहरूका लागि पैसा पठाउनुहोस्।
  • विदेशमा अध्ययन गर्ने बालबालिकालाई जीवनयापन खर्च र शैक्षिक खर्चहरूका लागि पैसा पठाउनुहोस्।
लाभहरू
  • तपाइसंग आश्रितहरू(DEPENDENT)का कर कटौतीहरूका लागि आवेदन दिन आवश्यक हुने रेमिटेन्स प्रमाणपत्रहरू नि:शुल्क जारी गरिन्छ।
  • प्रापकहरू स्थानीय बैंकमा खाता नभयपनि नजिकैको संकलन केन्द्र(एजेन्ट)मा गएर नगद रकम संकलन गर्न सक्नुहुन्छ।

सामग्रीहरूको भुक्तानी

  • विदेशमा बिक्री गरिने सामग्रीहरू खरिद गर्नुहोस्
लाभहरू
  • थोरै रेमिटेन्स रकमका लागि पनि उतित मूल्य(सस्तो )मा सेवाहरू।
  • घरबाट पैसा पठाउनुहोस्। बैंकमा जान आवश्यक छैन।

आफैंलाई रकम पठाउने

  • विदेशमा हुँदा व्यावसायिक भ्रमणको अवधिमा भएका यात्रासम्बन्धी खर्चहरूको भुक्तानी गर्न रकम प्राप्त गर्नुहोस्।
  • विदेशमा हुँदा व्यक्तिगत यात्रा गर्दाका यात्रासम्बन्धी लागतहरूको भुक्तानी गर्न रकम प्राप्त गर्नुहोस्।
लाभहरू
  • विदेशमा हुँदा आफैंलाई इन्टरनेट मार्फत पैसा रेमिट गर्नुहोस्।
  • प्रापकहरू स्थानीय बैंकमा खाता नभयपनि नजिकैको संकलन केन्द्र(एजेन्ट)मा गएर नगद रकम संकलन गर्न सक्नुहुन्छ।