हाम्रो सेवाका विशेषताहरू

हाम्रो सेवाका विशेषताहरू

अन्तर्राष्ट्रिय रेमिटेन्स शुल्क ¥४६० बाट सुरु~ खुलाबन्द

इन्टरनेटलाई हाम्रो मुख्य च्यानलको रूपमा प्रयोग गर्नाले हामी हाम्रा कार्य सञ्चालनहरू अधिकतम निपुणताका साथ स्वचालित र कम खर्चिलो बनाउन सक्छौं।
अर्थात हामी अन्तर्राष्ट्रिय रेमिटेन्सको लागि रेमिटेन्स उद्योगको न्यूनतम शुल्कमा सेवा प्रदान गर्न सक्छौं।

उदाहरण: भियतनाम

रकम शुल्क (कर सहित)
१ येन – ५०,००० येन ४६० येन
५०,००१ येन – १००,००० येन ७६० येन
१००,००१ येन – ३००,००० येन ९८० येन
३००,००१ येन – अधिकतम रकम* १,७६० येन

उदाहरण: फिलिपिन्स

रकम शुल्क (कर सहित)
१ येन -१०,००० येन ४८० येन
१०,००१ येन – २०,००० येन ७२० येन
२०,००१ येन – ३०,००० येन ८०० येन
३०,००१ येन – ५०,००० येन १,००० येन
५०,००१ येन – २००,००० येन १,४०० येन
२००,००१ येन – अधिकतम रकम* १,५०० येन
  • एक पटकको रेमिटेन्सको लागि अधिकतम रकम १०,००० USD बराबर हो। यसमा १,०००,००० येनभन्दा बढी हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राख्नुहोस्।
  • कृपया माथि उल्लेख गरिएका बाहेक अन्य राष्ट्रहरूका वैदेशिक रेमिटेन्स दरहरूका लागि ‘शुल्क खण्ड’ मा हेर्नुहोला।
  • अन्य ट्रान्सफर शुल्क र डिपोजिट शुल्कहरू रेमिटेन्स विधिमा निर्भर रहेर भुक्तानी गर्नुपर्ने हुन सक्छन्।
  • संकलनको समयमा (पैसा लिदा) कुनै पनि अतिरिक्त शुल्क भुक्तानी गर्नुपर्ने छैन। यद्यपि, प्राप्त गर्ने राष्ट्रमा निर्भर रहेर, स्थानीय कर वा समान खालका शुल्कहरू लाग्न सक्छ।
  • साधारण नियम अनुसार, रेमिटेन्स सम्झौता स्थापना गर्दा मनिग्रामद्वारा सेट गरिएको विनिमय दरको आधारमा विनिमय दर सेट गरिन्छ। यो रेमिटेन्सलाई प्राप्त गरेको मुद्रामा परिवर्तन गर्न प्रयोग गरिने दर हो।

सहज र सुविधाजनक खुलाबन्द

रेमिटेन्स अनुरोधहरू ATM मार्फत, इन्टरनेट मार्फत वा कन्भीनियन्स स्टोर मार्फत सजिलै गर्न सकिन्छ।
बैंक खाता आवश्यक नपर्ने हाम्रो नगद संकलन सेवाबाट न्यूनतम १० मिनेटमा रकमहरू प्राप्त गर्न सकिन्छ।

वैदेशिक रेमिटेन्स प्रक्रिया – इन्टरनेट प्रयोग गरी (नगद संकलन)

  • चरण १

    रकमहरू डिपोजिट गर्ने

    रकमहरूलाई इन्टरनेट बैंकिङ, आदि प्रयोग गरी आफ्नो सञ्चय खातामा डिपोजिट गर्नुहोस्।

  • चरण २

    रेमिटेन्स अनुरोधहरू

    सदस्यहरूको साइटबाट रेमिटेन्स अनुरोध (प्राप्त गर्ने राष्ट्र र नाम, आदि सहित) गर्नुहोस्।

  • चरण ३

    RN को जारी

    अनुरोध जाँच गरिसकेपछि, हामीले तपाईंलाई रेफरेन्स नम्बर (RN) सहित इ-मेल पठाउने छौं।

  • चरण ४

    स्थानीय संकलन

    कोषहरू (पठाएको पैसा) संकलन गर्नका लागि स्थानीय मनिग्राम कार्यालयमा व्यक्तिगत आइडी र रेफरेन्स नम्बर आवश्यक हुन्छ।

सहज रेमिटेन्स विधिहरू

विस्तारित अन्तर्राष्ट्रिय सञ्जाल खुलाबन्द

SBI Remit को विश्वव्यापी रूपमा विभिन्न मनी ट्रान्सफर कम्पनी र बैंकहरू सहित, २०० राष्ट्र र क्षेत्रहरूभन्दा बढीमा रेमिटेन्स सञ्जाल भएको मनिग्रामसंग सम्बन्ध छ।

प्रस्तावमा धेरै मुद्रा र रेमिटेन्स विधिहरू खुलाबन्द

प्राप्त गर्ने विधिहरू दुई प्रकारका छन्: नगद संकलन वा बैंक ट्रान्सफर।
नगद संकलनले प्रापकलाई मनिग्रामका सम्बद्ध कार्यालयहरू मध्ये कुनै एकमा नगदमा ट्रान्सफर संकलन गर्न अनुमति दिन्छ।

प्राप्त गर्ने विधि र मुद्रा

उदाहरण:

प्राप्त गर्ने राष्ट्रको नाम नगद संकलन बैंक ट्रान्सफर
नेपाल नेपाली रुपैयाँ (NPR) नेपाली रुपैयाँ (NPR)
फिलिपिन्स पेसो (PHP)
यु.एस डलर (USD)
पेसो (PHP)
अन्य कुनै पनि राष्ट्रको लागि, यहाँ हेर्नुहोस्

बहुभाषी ग्राहक सहायता खुलाबन्द

SBI Remit ले ठूलो संख्यामा विभिन्न विदेशी भाषा बोल्ने व्यक्तिहरूलाई नियुक्त गर्छ (मुख्यत: दक्षिण पूर्वी एसियाका राष्ट्रहरूबाट) र जापानी भाषा बाहेक अन्य धेरै भाषाहरूमा ग्राहक सहायता उपलब्ध गर्न सक्षम छ।

विभिन्न भाषाहरूमा समर्थन