रेमिट कार्ड

यस सेवामा तपाईंलाई पोस्ट अफिस बैंकको ATM र LAWSON बैंकको ATM जापानभरी रहेका ATM हरूबाट रेमिट कार्ड प्रयोग गरी पैसा पठाउन सक्नुहुन्छ। हामीले प्रत्येक फरक प्रापक र रेमिटेन्स विधिको लागि बेग्लै कार्ड जारी गर्छौं।
कार्डहरू नि:शुल्क रूपमा जारी गरिन्छ।

यस सेवामा तपाईंलाई पोस्ट अफिस बैंकको ATM र LAWSON बैंकको ATM जापानभरी रहेका ATM हरूबाट रेमिट कार्ड प्रयोग गरी पैसा पठाउन सक्नुहुन्छ। हामीले प्रत्येक फरक प्रापक र रेमिटेन्स विधिको लागि बेग्लै कार्ड जारी गर्छौं।
कार्डहरू नि:शुल्क रूपमा जारी गरिन्छ।

 


सेवा प्रक्रिया

कार्डको लागि आवेदन दिने

दर्ता गरिसकेपछि, कृपया प्रापक दर्ता गर्दा ‘रेमिट कार्ड प्रयोग गर्नुहोस्’ लाई चयन गर्नुहोस्। हामीले त्यसपछि तपाईंको दर्ता गरिएको ठेगानामा रेमिट कार्ड पठाउने छौं। यसलाई १-२ हप्ता लाग्नेछ।

नयाँ कार्डको लागि आवेदन दिनुअघि, कृपया आफ्नो ठेगानाका विवरणहरू ठीक(अहिले बसेको ठेगाना) छन् भनी सुनिश्चित गर्नुहोला।

जापान पोस्ट अफिस बैंकको ATM / LAWSON बैंकको ATM हरूमा पैसा डिपोजिट गर्ने

पैसा लिने व्यक्तिको रेमिट कार्ड र पठाउने रकम हातमा तयारी गरेर तलको ATM प्रयोग बिधि अनुसार पैसा जम्मा गर्नुहोला।
प्रयोग विधि रेमिट कार्डको पछाडिको भागमा देखाइएको छ।

पोस्ट अफिस बैंकको ATM प्रयोग बिधि बारे खोल्नुहोस् बन्द गर्नुहोस

 

Lawson बैंकको ATM प्रयोग बिधि बारे खोल्नुहोस् बन्द गर्नुहोस

Lawsonबैंकको वेब साइटबाट नजिकैको ATM खोज्न सक्नुहुन्छ।

 

 

प्रक्रिया पूरा भएपछि प्रमाणीकरण इ-मेल पठाइनेछ।

डिपोजिट शुल्क र रेमिटेन्स शुल्कहरू कटौती गरिसकेपछि रकम निर्दिष्ट मुद्रामा रेमिट गरिन्छ।
प्रमाणीकरण इ-मेलले तपाईंलाई सेवा शुल्क, विनिमय दर, स्थानीय रूपमा प्राप्त गरिने पैसाको रकम र रेफरेन्स नम्बर (RN) को बारेमा सूचित गराउनेछ।

रकम दर्ता गरिएको रेमिटेन्स विधिद्वारा प्राप्त गरिन्छ।

रकम नगदमा सङ्कलन गरिन्छ भने रेमिटेन्स पूरा भएपछि रेफरेन्स नम्बर (RN) जारी गरिनेछ। यस पोइन्टमा, रकम सङ्कलनका लागि उपलब्ध हुनेछन्।
रकम बैंक खातामा रेमिट गरिन्छ भने, यसलाई क्रेडिट गरिएको देखा पर्न ०-२ व्यवसायिक दिन लाग्नेछ।