कम्प्लाएन्स

FSA मा दर्ता भएको फन्ड ट्रान्सफर सेवा प्रदायकको रूपमा, SBI Remit ले भुक्तानी सेवा ऐन, वैदेशिक विनिमय ऐन जस्तो सान्दर्भिक कानून तथा नियमहरूको उपयुक्त रूपमा पालना गरेर आपराधिक कार्यवाहीको लागि प्रयोग हुने ट्रान्सफरहरूको रोकावट गर्दछ।
हामी सम्पति सुद्दिकरण, आतंकवादलाई वित्त व्यवस्था र छलपूर्ण माध्यमहरूबाट गर्न खोजिएको गैर-कानूनी रेमिटेन्सको प्रयोगलाई रोक्नको लागि धेरै उपायहरू अपनाउँछौं। हामी हाम्रा ग्राहकहरूलाई ठगीको शिकार हुनबाट बचाउन/मद्दत गर्नको लागि चेतावनीहरू समेत जारी गर्छौं।

तपाईंको पहिचान प्रमाणित गर्ने

सदस्यता दर्ताको अवधिमा हामी हाम्रा ग्राहकहरूलाई पहिचान प्रमाणित गर्न, पेशा र ट्रान्ज्याक्सनको उद्देश्य जस्ता कुराहरूको प्रमाणित गर्न अनुरोध गर्न सक्छौ।

प्रापकसम्बन्धी जानकारी

हामी हाम्रा ग्राहकहरूलाई ठेगाना र जन्ममिति जस्ता कोषहरूको प्रापकको बारेमा भएका विवरणहरू उपलब्ध गराउन अनुरोध गर्छौं।

व्यावसायिक ट्रान्ज्याक्सनहरूको प्रमाणीकरण

ग्राहकहरूलाई व्यावसायिक भुक्तानीहरूका लागि प्रयोग गरिएका व्यावसायिक ट्रान्ज्याक्सनहरू पूरा गर्न उत्पादनको नाम, उत्पादनको मौलिक स्थान र शिपमेन्ट राष्ट्र बताउन अनुरोध गरिन्छ।
यदि शिपमेन्टको राष्ट्र चीन, दक्षिण कोरिया वा रसिया भएमा, त्यसपछि "शिपमेन्टको क्षेत्रको नाम" पनि बताउनुपर्छ।

प्रतिबन्धित राष्ट्रहरू

हामी सम्पति सुद्दिकरण जस्तो गैर-कानूनी वा छलपूर्ण क्रियाकलापबाट बृहत मात्रामा पीडित देखिने राष्ट्रहरूका प्रापकहरूलाई रेमिटेन्समा प्रतिबन्ध लगाउँछौं। यी अवस्थाहरूमा, रेमिटेन्स अगाडि बढ्नु अघि ट्रान्ज्याक्सन अनुरोधका विवरणहरू पुष्टि गर्न आवश्यक हुनेछ।

ट्रान्ज्याक्सनसम्बन्धी विवरणहरू पुष्टि गर्ने

हाम्रा ग्राहकहरूले प्रयोग गर्ने सेवाको प्रकारमा आधारित रहेर, हामीले ट्रान्ज्याक्सनका विवरणहरू-जस्तै रेमिटेन्सको उद्देश्य र प्रापकसँगको सम्बन्ध सम्बन्धी समीक्षा(रिभ्यु) गर्नेछौं।
केही अवस्थाहरूमा, हामी ट्रान्ज्याक्सनका विवरणहरू प्रमाणित गर्नको लागि अतिरिक्त जानकारी अनुरोध गर्न सक्छौं।