सेवाको रूपरेखा

सेवाको रूपरेखा

SBI ग्रुप वित्तीय सेवाहरू, सम्पत्ति व्यवस्थापन र जैविक प्रविधिको क्षेत्रमा मुख्यतय व्यवसाय विस्तार गर्ने कम्पनी हो। वित्तीय सेवाहरूको क्षेत्रमा, सम्पत्ति व्यवस्थापन सुरक्षाहरू, बैंकिङ तथा बीमा सहित अन्य वित्तीय उत्पादनहरू उपलब्ध गराउँछौं। हामी सूचना प्रविधि, बायोटेक्नोलोजी, वातावरणीय / उर्जा सम्बन्धी परियोजनाहरू र वित्तसँग सम्बन्धित उद्यमहरूका लागि देश, विदेशमा लगानी र सम्पत्ति व्यवस्थापनसँग सम्बन्धित सेवाहरू उपलब्ध गराउँछौं। साथसाथै बायोटेकमा हामी विश्वव्यापी रूपमा औषधि, स्वास्थ्यवर्द्धक खाद्य बस्तुहरू र कस्मेटिक्स क्षेत्रहरूमा व्यवसाय सञ्चालन गर्छौं।

SBI ग्रुपका ५ वटा व्यवस्थापन सिद्धान्तहरू

असल नैतिक मान्यताहरू

कानूनी र वित्तीय सत्यनिष्ठामा आधारित व्यवसायमा गर्दै आएका हाम्रो ग्रुपका कार्यहरू सैदान्तिक रूपमा सामाजिक निष्पक्षतामा आधारित हुनुपर्छ भन्ने विश्वास गर्छौं।

फाइनान्सियल इनोभेस्योन

हामीले हाम्रा ग्राहकहरूका लागि टेक्नोलोजीको भरपुर प्रयोग गरी ग्राहकलाई सस्तो मूल्यमा सेवा प्रदान गर्ने र थप परिष्कृत बनाएर वित्तीय सेवाहरू उपलब्ध गराउँदै वित्तीय उद्योगको अग्र स्थानमा रहेका वित्तीय नवप्रवर्तनहरूलाई अगाडि बढाउनको लागि परम्परागतको साथै नयाँ विधिहरूमा पहुँच गर्नेछौं।

नयाँ उद्योगहरूको निर्माण

हामी २१औं शताब्दीका मुख्य उद्योगहरू सिर्जना तथा विकास गर्न नेतृत्वदायी भूमिका निर्बाह गर्ने गर्छौं।

आत्म-विकासको निरन्तरता

हामी “मौलिकता र सरलता” अनि “आत्म-रूपान्तरण” मार्फत आर्थिक वातावरणमा हुने परिवर्तनहरूलाई लचिलो रूपमा अनुकूलन गर्न आत्म-विकास जारी राख्नेछौं।

सामाजिक उत्तरदायित्वको परिपूर्ति

हामीले SBI ग्रुपका प्रत्येक कम्पनीले यसका सरोकारवाला पक्षहरूको माग पूरा गर्दै र अझ राम्रो समाज निर्माणमा योगदान पुर्‍याउँदै समाजको सदस्यको रूपमा आफ्ना सामाजिक उत्तरदायित्वहरूको पहिचान गर्छन् भनी सुनिश्चित गर्नेछौं।