कन्भिनी रेमिटेन्स

यो रेमिटेन्स सेवा हप्ता भरी धेरै व्यस्त हुने वा बैंक खातामा पहुँच नभएका ग्राहकहरूका लागि प्रयोग गर्न सिफारिस गरिन्छ।


सेवा प्रक्रिया

SBI Remit को सदस्य पोर्टलबाट रेमिटेन्स अनुरोधहरू

सदस्य पोर्टलमा रेमिटेन्स विकल्पहरूबाट “कन्भीनियन्स स्टोरमा रकम डिपोजिट गर्नुहोस्” लाई चयन गर्नुहोस्।
रेमिटेन्स अनुरोध प्राप्त गरेपछि, कन्भीनियन्स स्टोर अर्डर नम्बर (a 5 + 12 अंक नम्बर) देखा पर्नेछ। मल्टी कपि मेसिनटर्मिनल र कन्भीनियन्स स्टोर अर्डर नम्बरको लागि सञ्चालन कार्यविधिहरूको नोट गर्नुहोस् र फेमिली मार्ट भएको स्थानमा जानुहोस।

*कन्भीनियन्स स्टोर अर्डर नम्बर ५ अंकको कम्पनी कोड (२००२०) र १२ अंकको अर्डर नम्बर सहित कुल १७ अंकको हुन्छ।

मल्टी कपि मेसिन टर्मिनल सञ्चालनहरू

 मल्टी कपि मेसिनसञ्चालन गर्ने कार्यविधिहरू

फेमिली मार्टको मल्टी कपि मेसिन (मल्टि-मिडिया स्टेशन) मा “अन्तर्राष्ट्रिय रेमिटेन्स” विकल्पबाट SBI Remit चयन गर्नुहोस्; त्यसपछि आफ्नो कन्भीनियन्स स्टोर अर्डर नम्बर इन्पुट गर्नुहोस् र तपाईंको रसिद (मल्टी कपि मेसिन आवेदन टिकट) प्रिन्ट गर्नुहोस्।

फेमिली मार्ट काउन्टर(चेकआउट)मा भुक्तानी गर्ने।

आफ्नो रसिद (मल्टी कपि मेसिन आवेदन टिकट) काउन्टर(चेकआउट)मा पेश गर्नुहोस् र भुक्तानी गर्नुहोस्। स्टोरका कर्मचारीबाट ट्रान्ज्याक्सन विवरणहरू / रसिद (सदस्य प्रतिलिपि) को प्रतिलिपि प्राप्त गर्न नभुल्नुहोला।

*भुक्तानी नगदमा मात्र सम्भव छ।

रेमिटेन्सलाई प्रक्रिया गरेपछि इ-मेल डेलिभर गरिन्छ।

डिपोजिट शुल्क र रेमिटेन्स शुल्कहरू डिपोजिट गरिएको रकमबाट कटौती गरिसकेपछि रकम निर्दिष्ट मुद्रामा रेमिट गरिन्छ।
यी कार्यविधिहरू पूरा भइसकेपछि, तपाईंलाई सेवा शुल्क, विनिमय दर, स्थानीय रूपमा प्राप्त गरिने पैसाको रकम र रेफरेन्स नम्बरको जानकारी सहितको इ-मेल पठाइनेछ।

रकम उल्लेखित रेमिटेन्स विधिबाट प्राप्त हुनेछ

नगद सङ्कलनको लागि, रेमिटेन्स पूरा हुने बित्तिकै रेफरेन्स नम्बर जारी गरिनेछ। RN प्राप्त हुने बित्तिकै रकम सङ्कलनका लागि उपलब्ध हुन्छ।
बैंक खाताका ट्रान्सफरहरूलाई रेमिटेन्स रकम गन्तव्य खातामा क्रेडिट हुनको लागि १-३ व्यावसायिक दिन लाग्छ।