CEO को सन्देश

SBI रेमिट जापानको वित्तीय विनियमन विधान अनुसार अप्रिल २०१० मा बनाइएको भुक्तानी सेवा ऐन अनुकूल कोष ट्रान्सफर सेवा प्रदायकको रूपमा दर्ता भएको हो। त्यो वर्ष डिसेम्बरमा हामीले प्रति लेनदेनमा १,०००,००० येनको कानूनी अधिकतम सीमा सहित विदेशमा कोषहरू रेमिट गर्ने र विदेशबाट कोषहरू प्राप्त गर्ने ग्राहकहरूका लागि सेवाहरू सुरु गरेका छौं।

मुलत जापानी ग्राहकहरू धेरै नै भएको SBI ग्रुपमा, SBI रेमिटले चाहीँ जापानमा बसोवास गर्ने विदेशीहरूलाई राम्ररी स्थापित गर्नको लागि सुविधा सुधार गर्ने स्पष्ट कर्पोरेट लक्ष्य राखेको छ। ग्रुपले जापानको बढ्दो वृद्ध जनसङ्ख्याले श्रमिकहरू अपुग हुने कुरा पूर्वानुमान गरेको थियो, जुन हालको समयमा उल्लेखनीय रूपमा स्पष्ट देखिएको छ। र हाम्रो राष्ट्रमा उच्च गुणस्तरका विदेशी कामदारहरूलाई प्रोत्साहन गर्नको लागि वित्तीय पूर्वाधारको विकाशको रूपमा, हामीले उक्त कामदारहरूका परिवारहरूको घरमा पैसा फिर्ता पठाउनको लागि सुरक्षित, सुलभ र द्रुत सेवा उपलब्ध गराएका छौं।

हामीले बैंकहरूद्वारा लगाउँदै आएको शुल्कको तुलनामा उल्लेखनीय रूपमा शुल्क घटाएका मात्र होइन,ग्राहकहरूका कोषहरू(पैसा)को सुरक्षा सुनिश्चित गर्दै बिना यात्रा सेवाको उपयोग गर्ने र समयको बचत गर्ने सेवा पनि उपलब्ध गराएका छौं। हाल जापानमा रहेका हाम्रा ९०% ग्राहकहरू विदेशमा जन्मिएका नागरिकहरू हुन्। २०१८ मा बैंकहरू लगायत सम्पूर्ण वित्तीय संस्थाहरू मार्फत जीवनयापनका खर्चहरूका लागि व्यक्तिहरूद्वारा जुलाईदेखि सेप्टेम्बरसम्म विदेशमा पठाइएका रकमको बारेमा बैंक अफ जापानको तथ्याङ्कहरूका अनुसार, हामीले लगभग २९% बजार शेयर प्राप्त गरेका छौं। विशेषगरी एसियाली राष्ट्रहरूमा त्यो शेयर ३७% जत्तिको उच्च थियो।

हामीले हाम्रा सेवाहरू सुधार गर्नको लागि नयाँ प्रविधिहरू खोज्न जारी राख्नेछौं। धेरै fin-tech समाधान प्रविधिहरू मध्ये, SBI ग्रुपले ब्लक चेन प्रविधि र क्रिप्ट मुद्रा उत्पादन गर्ने वितरित लेजर प्रविधि (DTL) शताब्दीको असाधारण प्राविधिक महत्त्वपूर्ण खोज हो भन्ने कुरामा अत्यन्त विश्वास गर्छ। २०१७ मा, हामीले यु.एस. को Ripple बाट ब्लक चेन प्रविधिको सहयोगमा जापान-थाइल्याण्ड करिडोरमा (सिएम कमर्सियल बैंक) ब्लक चेनको प्रयोगमा पैसा पठाउने सेवा लन्च गरेका थियौं। हामीलाई थाइल्याण्डमा एक वर्षमा लगभग ७०% ले हाम्रा रेमिटेन्सहरू बढाउन मद्दत गर्ने Ripple को परिष्कृत ब्लक चेन प्रविधि र छिटो र सस्तोमा हुने रेमिटेन्स प्रक्रियालाई धन्यवाद दिन चाहन्छु। हामी निकट भविष्यमा दुईवटाभन्दा बढी Ripple सम्बन्धित उत्पादनहरू लन्च गर्ने योजना बनाइरहेका छौं। धेरै नयाँ उत्पादन र सेवाहरू निकट भविस्यमा लन्च हुनेछन, हामी अहिले हाम्रो सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अझै परिस्कृत सेवा पुर्‍याउन र थप नयाँ ग्राहकहरूलाई हाम्रो सेवा पुर्‍याउन सधै लागि पर्नेछौं।

SBI Remit Co., Ltd.
प्रतिनिधि निर्देशक: नोबुओ आन्दो