CEO को सन्देश

प्रमुख कार्यकारीको सन्देश

SBI रेमिट लाई निरन्तर विश्वास र प्रयोग गरिरहनुभएकोमा हार्दिक धन्यवाद।

हामीले स्थापना कालदेखि नै विदेशी कामदारहरूलाई सहज र उपयोगी सेवा प्रदान गर्ने आफ्नो उद्देश्यलाई अघि बढाउँदै आएका छौं। साथै, यस अवधिमा विकास गरेको कम लागत, छिटो र सुविधाजनक अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा अझ धेरै ग्राहकहरूसम्म पुर्‍याउन आफ्नो व्यवसाय विस्तार गरिरहेका छौं।

विदेशी कामदारहरूको वित्तीय समावेशीकरण

जापानमा विदेशी कामदारहरूको महत्व झन् बढ्ने अपेक्षा गर्दै, उनीहरूलाई सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले हाम्रो कम्पनीले डिसेम्बर २०१० मा सेवा सुरु गरेको हो। विशेषगरी आफ्नै देशमा रकम पठाउन चाहने ग्राहकहरूका लागि परम्परागत बैंक ट्रान्सफरको तुलनामा “अझ सस्तो, अझ छिटो र अझ सुविधाजनक अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा” विकास गरी उपलब्ध गराउँदै आएका छौं।

धेरै ग्राहकहरूको विश्वास र सहयोगका कारण मे २०२६ सम्ममा हाम्रो कुल कारोबार रकम २.५ ट्रिलियन येन नाघिसकेको छ, जसले कम्पनीको उल्लेखनीय विकासलाई दर्शाउँछ।

जापानमा जनसंख्याको वृद्धावस्था तीव्र रूपमा बढिरहेको अवस्थामा विदेशी कामदारहरूको संख्या पनि लगातार बढ्दै गएको छ र आगामी दिनहरूमा यो गति अझ तीव्र हुने अपेक्षा गरिएको छ। नयाँ समुदाय र सदस्यहरूलाई जापानी समाजमा सहज रूपमा समावेश गर्न भाषा लगायतका विभिन्न अवरोधलाई ध्यानमा राखेर उपयोगी वित्तीय सेवा प्रदान गर्नु अत्यन्त महत्वपूर्ण छ।

यस उद्देश्य परिपूर्ति गर्नकोलागि, जापानको अग्रणी अनलाइन बैंक SBI Sumishin Net Bank (अगस्ट २०२६ देखि Docomo SMTB Net Bank) सँगको सहकार्यमा विदेशी कामदारहरूका लागि विशेष बैंक खाता (Remit Branch) सञ्चालन गरिएको छ। बैंकिङ सेवा र रेमिटेन्स सेवालाई एकीकृत गरी ग्राहकहरूलाई अझ कम लागतमा, वर्षका ३६५ दिन र दिनको २४सै घण्टा रकम पठाउन सकिने सुविधा प्रदान गरिएको छ। यसका कारण खाता खोल्ने ग्राहकहरूको संख्या निरन्तर वृद्धि भइरहेको छ।

हामी आगामी दिनहरूमा पनि विदेशी कामदारहरूका लागि थप वित्तीय सेवाहरू विकास गर्दै, जापानमा बढ्दो विदेशी समुदायलाई समाजमा स्वस्थ र सहज रूपमा घुलमिल हुन मद्दत पुर्‍याउने प्रयत्न जारी राख्नेछौं।

साथै, जापानभरका विभिन्न क्षेत्रीय वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै विदेशी कामदारहरूलाई रोजगार दिने कम्पनी तथा व्यवसायिक साझेदारहरूलाई हाम्रो सेवा परिचय गराउने कार्यक्रम पनि विस्तार भइरहेको छ। अगस्ट २०२६ को अन्त्यसम्म यस्तो सहकार्य गर्ने संस्थाहरूको संख्या ३१ पुगेको छ र भविष्यमा पनि क्षेत्रीय वित्तीय संस्थाहरूसँगको सहकार्य अझ सुदृढ बनाइनेछ।

 

जापानमा अन्तर्राष्ट्रिय रेमिटेन्स सेवाको लागत घटाउने तथा सुविधा वृद्धि गर्ने प्रयास

हाम्रो कम्पनीले जुलाई २०२६ मा प्रथम श्रेणीको फन्ड ट्रान्सफर व्यवसाय (Type 1 Funds Transfer Business) को अनुमति प्राप्त गरेको छ।

यसले उच्च रकम पठाउन चाहने संस्थागत तथा व्यवसायिक ग्राहकहरूको आवश्यकतालाई अझ राम्रोसँग पूरा गर्न सम्भव बनाएको छ। त्यसैअनुसार उच्च रकमको अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा “Remit Prime” विस्तार गर्दै जापानमा अन्तर्राष्ट्रिय रेमिटेन्सको लागत घटाउने तथा सुविधा बढाउने दिशामा काम गरिरहेका छौं।

हामी SBI Group को “Customer First” (ग्राहक केन्द्रित) दर्शनमा आधारित भएर प्रविधि र वित्तीय सेवाको शक्ति प्रयोग गर्दै ग्राहकहरूका लागि सबैभन्दा विश्वासिलो र सहज Cross-Border Financial Platform बन्ने लक्ष्यका साथ अघि बढिरहेका छौं।

आगामी दिनहरूमा पनि हामी व्यक्ति र व्यक्तिलाई, व्यक्ति र व्यवसायलाई, जापान र विश्वलाई जोड्ने पुलको रूपमा ग्राहकहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याइरहनेछौं।

हजुरहरूको निरन्तर समर्थन र माया प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ र विश्वास प्राप्त हुने आशा गर्दछौं।

अगस्ट २०२६

 

SBI Remit Co., Ltd.
प्रतिनिधि निर्देशक तथा अध्यक्ष
नोबुओ आन्दो