सूचना/क्यान्पेन
2025/07/16
SBI Remit बाट इमेल नआएको बारेमा गरिएको सोधपुछ सम्बन्धमा
जुन २३ तारिखदेखि Gmail दर्ता गर्नुभएका सदस्यहरूबाट SBI Remit बाट पठाइने विभिन्न इमेलहरू प्राप्त नभएको बारेमा सोधपुछहरू बढिरहेको छ।
यस सन्दर्भमा हामीले अनुसन्धान गर्दा सबै इमेलहरू वास्तवमै पठाइएका भए तापनि Gmail ले ती इमेलहरूलाई “स्प्याम (迷惑メール)” फोल्डरमा वर्गीकृत गरेको पाइएको छ।
कम्पनीले यस समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको छ, तर यसमा केही समय लाग्न सक्छ।
हामी सदस्यहरूसँग अनुरोध गर्दछौं कि कृपया तपाईंको “स्प्याम” फोल्डर जाँच गर्नुहोस्। यदि हाम्रो इमेल स्प्याम फोल्डरमा भेटिएमा, कृपया उक्त इमेल खोलेर “स्प्याम होइन (迷惑メールではない)” भन्ने बटन थिच्नुहोस्। यसरी गर्दा भविष्यमा यस्ता इमेलहरू सामान्य इनबक्समा आउने सम्भावना हुन्छ।
हाम्रो कम्पनीबाट पठाइने इमेलहरू सामान्यतया तल उल्लेखित डोमेनमार्फत पठाइन्छन्, जहाँ @ चिन्हभन्दा अगाडिको भाग इमेलको विषयवस्तु अनुसार फरक हुन सक्छ:
हाम्रो कम्पनीको इमेल डोमेन: @remit.co.jp
*********************************************
08030931285
०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)
************************
SBI रेमिट कल सेन्टर (नेपाल)
08030931285
०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)