सूचना/क्यान्पेन
2020/03/27
अप्रिल १, २०२० बाट, हुलाकबाट सदस्यताका लागि आवेदन दिन तपाईलाई दुई प्रकारका पहिचान कागजातहरू आवाश्यक पर्नेछ।
अप्रिल १, २०२० बाट “अपराधबाट हुने पैसा हस्तान्तरण रोकथाम ऐन”को संशोधन संग संगै ग्राहकलाई वास्तवमा भेट नगरीकन हुलाक मार्फत परिचय प्रमाणीकरण गर्दा बुझाउनु पर्ने कागजातमा कडाइ गरेको छ।हुलाक मार्फत आबेदन दिंदा तपाईंले दुई प्रकारका पहिचान कागजातहरू पेश गर्नआवश्यक पर्दछ। जसमा तपाईंको नाम, जन्म मिति, र हालको ठेगाना लेखिएको हुनुपर्दछ। यदि तपाईं हुलाक मार्फत सदस्यताका लागि आवेदन गर्दै हुनुहुन्छ भने, कृपया निम्न दुई प्रकारको पहिचान प्रमाणिकरण कागजातहरू पठाउनुहोस्।
परिचय प्रमानिकरनको लागि पेस गर्नु पर्ने कागजात
◎कृपया निम्न दुई पहिचान कागजातहरू सबमिट गर्नुहोस् जसमा तपाईंको नाम, जन्म मिति, र हालको ठेगाना लेखिएको छ।
◎ विदेशी नागरिकहरूले आफ्नो जाइर्यु कार्डको प्रतिलिपि बुझाउनु पर्छ। (जाइर्यु कार्ड र अन्य एक प्रमाणीकरण कागज)
- ・ड्राइभिंग इजाजतपत्र (दुई पक्षीय प्रतिलिपि)
- ・जाइर्यु कार्ड (दुई-पक्षीय प्रतिलिपि), एईज्यु प्रमाणपत्र
- ・होकेनस्योउ/विभिन्न स्वास्थ्य बीमा कार्ड (नाम,जन्म मिति, हालको ठेगाना खुलेको)
- ・व्यक्तिगत नम्बर (माइ नम्बर) कार्ड (केवल अगाडि को भाग मात्र कपि गर्नुहोला,पछाडीको भाग नगर्नुहोला/चुउचिस्योउ मान्य नहुने)
- ・ज्युमिनह्योउ,ज्युमिनह्योउ किसाई स्योउमेइस्योउ(३ महिना भित्रको मितिमा झिकेको र माइ नम्बर नलेखेको हुनुपर्ने)
* परिचय प्रमाणीकरण कागज १ प्रकार मात्र भयको व्यक्तिको हकमा
परिचय प्रमाणीकरण कागज १ प्रकार मात्र भयको व्यक्तिको हकमा、 बिल तिरेको कागज बुझाए पनि हुन्छ,जसमा नाम,अहिलेको ठेगाना आदि खुलेको हुनुपर्नेछ।
- ・कोकुजेइ,चिहोउजेइआदि तिरेको रसिद,नौजेइस्योउमेइस्योउ,स्याखाइहोकेन तिरेको रसिद।
- ・बिजुली,बत्ति,पानि आदि तिरेको रसिद(३ महिना भित्र तिरेको रसिद हुनु पर्ने/ बैंक ट्रान्सफर गरेको रसिद अमान्य हुने।)
*******************************************
कृपया कुनै पनि सोधपूछलाई तलको सामाजिक नेटवर्किङ सेवामा पठाउनुहोस्।
SBI Remit नेपाल Facebook(कार्यदिन) ०९:०० – १८:००