सूचना/क्यान्पेन
2021/08/10
नयाँ डिजाइन को “रेमिट कार्ड” र “डिपोजिट कार्ड” जारी गर्ने बारे सूचना
SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यबाद।
२०१० मा हाम्रो स्थापनाकाल देखिनै ग्राहक वर्गमा लोकप्रिय रहेको SBI “रेमिट कार्ड” , र गत बर्ष शुरू भएको “डिपोजिट कार्ड”, को डिजाइन परिबर्तन गर्ने निर्णय गरेका छौं।
■नयाँ डिजाइन कार्डको बारेमा
अगस्ट १०, २०२१(मंगलबार)पछि पठाईने कार्डहरु नयाँ डिजाइनको कार्डहरु हुनेछन्। ग्राहकसंग भएका पुरानो डिजाइनको कार्डहरु प्रयोग गरिरहन मिल्ने अनि जापान पोस्ट बैंक ATM र लसन बैंक ATM प्रयोग गरेर पैसा पठाउन सकिने कुरा पनि अबगत गराउन चाहन्छौं।
तर,नयाँ डिजाइन कार्ड जारी गर्न सुरु गरे संगै पुराना डिजाइनको कार्ड जारी गरिने छैन।
अब उप्रान्त हराएको कार्ड बनाउँदा या थप पैसा पठाउने कार्ड थप्दा जारी गरिने सबै कार्ड नयाँ डिजाइनको हुनेछन।
<पुरानो डिजाइन कार्ड: अगस्त २, २०२१ पछि जारी गरिने छैन>


- बायाँ बाट: पुरानो रेमिट कार्ड (रेमिटेन्स कार्ड), पुरानो डिपोजिट कार्ड (वालेट कार्ड)
<नयाँ डिजाइन कार्ड: अगस्ट २, २०२१ पछि पठाइने सबै रेमिट कार्ड >


- बायाँ बाट: नयाँ रेमिट कार्ड (रेमिटेन्स कार्ड), नयाँ डिपोजिट कार्ड (वालेट कार्ड)
ध्यान दिनुपर्ने कुराहरु
- ・ पहिले जस्तै तपाइँसंग भएको पुरानो कार्ड (पुरानो डिजाइन कार्ड) एसपछि पनि प्रयोग गर्न सक्नुहुनेछ।
- ・ नयाँ कार्डलाइ जापान पोष्ट बैंक ATM र लसन बैंक ATM मा पुरानो डिजाइनको कार्डहरु जस्तै गरि प्रयोग गर्न सकिन्छ।
- ・ ATM डिपोजिट शुल्क: पुरानो डिजाइन कार्ड जस्तै नयाँ डिजाइन कार्ड दुबै जापान पोस्ट बैंक ATM र लसन बैंक ATM प्रयोग गर्दा लाग्ने डिपोजिट शुल्कमा कुनै परिवर्तन गरिने छैन।
- ・ ब्राजीलमा रेमिटेन्स गर्ने ग्राहकहरुको लागी नयाँ डिजाइन कार्ड को सुरुवात संगै जापान पोस्ट बैंक एटीएम (१० लाख येन सम्म) र लसन बैंक एटीएम (५लाख येन सम्म) को रेमिटेन्स गर्न सक्नेछन्। ब्राजीलमा रेमिटेन्स गर्ने ग्राहकहरु लाई क्रमैसंग नयाँ डिजाइन कार्ड पठाइने। त्यसैले कृपया नयाँ डिजाइन कार्ड को लागी पुरानो डिजाइन कार्ड बाट स्विच गर्नुहोस्।
हामी हाम्रो सेवालाई सधैं परिस्कृत र सुधार गर्न को लागी प्रयास जारी राख्नेछौं। हजुरहरुको माया र विश्वास निरन्तर रहीरहोस् भन्ने अपेक्षा सहित “रेमिट कार्ड” र “डिपोजिट कार्ड” सधैं जसो प्रयोग गरिदिनु हुन अनुरोध पनि गर्दछौं।
यदि तपाईंसँग केहि जिज्ञासाहरू छन् भने कृपया हाम्रो ग्राहक सपोर्ट सेन्टरमा सम्पर्क गर्नुहोस्।
*********************************************
SBI रेमिट ग्राहक सपोर्ट सेन्टर
०३-५६५२-६७५९
कार्यालय समय: हप्ता दिन ०९:००-१८:०० शनिबार, आइतवार, र छुट्टिको दिन १०:०० -१८:००
*********************************************
************************
SBI रेमिट ग्राहक सपोर्ट सेन्टर
कार्यालय समय: हप्ता दिन ०९:००-१८:०० शनिबार, आइतवार, र छुट्टिको दिन १०:०० -१८:००
************************