सूचना/क्यान्पेन

2024/03/28

रेमिटेन्स गर्न मिल्ने अधिकतम रकमको सेटिङमा भएको परिवर्तनको बारेमा जानकारी गराउन चाहन्छौं।

SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।

शीर्षकमा लेखिए अनुसार, हामी तपाईंलाई रेमिटेन्स गर्न मिल्ने अधिकतम रकमको सेटिङमा भएको परिवर्तनको बारेमा जानकारी गराउन चाहन्छौं।

व्यक्तिगत सदस्यहरूको लागि पठाउन मिल्ने अधिकतम रकम अथवा कति पटक पठाउन सकिन्छ भन्ने नियम निम्नानुसार छन्।(कर्पोरेट सदस्यहरूको लागि कुनै परिवर्तनहरू भएको छैन)

 

१ . रेमिटेन्स पठाउने बारे

रेमिटेन्स गर्न मिल्ने अधिकतम रकम, जुन पहिले मासिक रूपमा सेट गरिएको थियो, अब वार्षिक रूपमा सेट गरिनेछ।

एक पटकमा पठाउन मिल्ने अधिकतम रकम १०० मान जापानिज येन (US$ १०,००० बराबरको जापानिज येन जो १०० मान येन कट्दैन) हो।

सामान्य नियमको रूपमा, एक वर्ष भित्र रेमिट गर्न सकिने अधिकतम रकम ५०० मान येन सम्म हुनेछ।

सामान्य नियमको रूपमा, रेमिटेन्स रकमको जम्मा रकम कति भयो भनेर जापानको क्यालेन्डर वर्षमा हिसाब हुनेछ।

कति पटक पठाउन मिल्ने भन्ने संख्या पहिले जस्तै मासिक आधारमा गणना गरिन्छ, र कुनै परिवर्तन भएको छैन।

* कति पटक अथवा कति पैसा भन्ने कुरा अरु कुनै मोनिटरिङ्गको अधारमा फरक फरक हुन् सक्नेछ।

*प्रति रेमिटेन्स अधिकतम रकम, प्राप्तकर्ताको उमेर हद प्रतिबन्ध र आवश्यक पहिचान कागजातहरू पैसा लिने देशको आधारमा फरक फरक हुन्छन्। कृपया बृस्तृत विवरणहरूको लागि प्रापक (बैंक, मनीग्राम एजेन्ट, आदि) सँग सोधपुछ गरेर निश्चित हुनुहोस्।

 

२.रेमिटेन्स प्राप्त गर्ने बारे

सामान्य नियमको रूपमा, एक पटकमा पठाउन मिल्ने अधिकतम रकम १०० मान जापानिज येन (US$ १०,००० बराबरको जापानिज येन जो १०० मान येन कट्दैन) हो।

प्रति महिना वा प्रति वर्ष प्राप्त गर्न सक्ने रकमको कुनै सीमा तोकिएको छैन।

*कृपया ध्यान दिनुहोस् कि हामीले तपाइँलाई तपाइँको रेमिटेन्सको विवरण पुष्टि गर्न सोधपुछ गर्न सक्छौं।

 

३. नियम परिवर्तन मिति

२०२४ साल,मार्च २८,बिहीबार

 

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया हाम्रो कल सेन्टरमा सम्पर्क गर्नुहोस्।

 

*********************************************

SBI रेमिट कल सेन्टर (नेपाल)

SBI Remit नेपाल

 08030931285

 ०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)

नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।

रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)

************************

SBI रेमिट कल सेन्टर (नेपाल)

SBI Remit नेपाल

 08030931285

 ०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)

नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।

रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)

जानकारी/अभियानहरूमा फर्कनुहोस्