अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरू (अंक कार्यक्रमका नियम तथा शर्तहरू)
धारा १ (उद्देश्य)
यस अंक कार्यक्रमका नियम तथा शर्तहरू (यसपछि “यी नियम तथा शर्तहरू” भनिएको) ले एसबिआई रेमिट को. लि. (यसपछि “कम्पनी” भनिएको) द्वारा सञ्चालित अंक कार्यक्रम (यसपछि “कार्यक्रम” भनिएको) को नियम तथा शर्तहरू निर्दिष्ट गर्दछ ।
धारा २ (लागू हुने दायरा)
- 1. यी नियम तथा शर्तहरू कम्पनीद्वारा अलग्गै निर्दिष्ट गरिएको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरू (दोस्रो प्रकारको कोष स्थानान्तरण सेवाहरूका लागि लागू हुने, यसपछि “अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरू” भनिएको) को अभिन्न अंग हुन् । कार्यक्रमको सम्बन्धमा यी नियम तथा शर्तहरूमा स्पष्ट रूपमा उल्लेख नभएका विषयहरूमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरूको प्रावधानहरु लागू हुनेछ ।
- 2. अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरू र यी नियम तथा शर्तहरूबीच कुनै विसंगति भएमा यी नियम तथा शर्तहरू लागू हुनेछ ।
- 3. यी नियम तथा शर्तहरूमा स्पष्ट रूपमा उल्लेख नभएका कार्यक्रमसँग सम्बन्धित कुनै पनि विषय कम्पनीको वेबसाइट, मोबाइल एप्लिकेशन, वा अन्य माध्यममा प्रकाशित सामग्री अनुसार हुनेछ ।
- 4. अन्यथा उल्लेख भएकोमा बाहेक यी नियम तथा शर्तहरूमा प्रयोग गरिएका शब्दावलीहरूको अर्थ अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरूमा परिभाषित गरिए बमोजिम हुनेछ ।
- १. ग्राहकले कम्पनीद्वारा निर्दिष्ट सर्तहरू पूरा गरेको अवस्थामा कम्पनीले तोकेको प्रकृया बमोजिम ग्राहकलाई निश्चित परिमाणको “रेमिट अंक” (यसपछि “अंक” भनिएको) प्रदान गर्नेछ ।
- २. कम्पनीले अंक प्रदान गर्ने सम्बन्धी नियम तथा शर्तहरू, प्रदान गरिने अंकको परिमाण, र अंक प्रदान गर्ने समयावधि सम्बन्धी विवरण आफ्नो वेबसाइट वा मोबाइल एप्लिकेशनमा प्रकाशन गर्नेछ।
- १. इन्टरनेट मनी ट्रान्सफर वा मोबाइल एप्लिकेशन मनी ट्रान्सफर मार्फत अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोग गर्दा ग्राहकहरूले आफ्नो मौज्दात अंकलाई कम्पनीले तोके अनुसार रकम स्थानान्तरण शुल्कमा प्रयोग गर्न सक्नेछन् । सो गर्दा प्रत्येक अंकको मूल्य एक येन बराबर हुनेछ ।
- २. उपर्युक्त बुँदामा जुनसुकै कुरा लेखिएको भएतापनी कम्पनीले चाहेमा फरक योग्यता र प्रयोग सर्तसहित अंक प्रदान गर्न सक्नेछ । यस्तो अवस्थामा सम्बन्धित विवरण कम्पनीको वेबसाइट वा मोबाइल एप्लिकेशनमा प्रकाशित गरिनेछ ।
- ३. ग्राहकहरूले अंकलाई नगदमा रूपान्तरण गर्न वा तेस्रो पक्षमा हस्तान्तरण गर्न सक्ने छैनन्।
- १. अंकहरू बुँदा (क) मा निर्दिष्ट मितिमा समाप्ति हुनेछ । तथापि विदेशी ग्राहकहरूको बसाइँ अवधि समाप्त भइसकेको अवस्थामा बुँदा (क) वा बुँदा (ख) मध्ये जुन पहिले आउँछ सो लागू हुनेछ।
- (क) अंक प्रदान गरिएको दिनदेखि छ महिना पुग्ने महिनाको अन्तिम दिन
- (ख) ग्राहकको बसाइँ अवधिको समाप्ति मिति (वा बसाइँ अवधि नवीकरण गरिएको खण्डमा नविकृत अवधि समाप्ति मिति)
- २. उपर्युक्त बुँदामा जुनसुकै कुरा लेखिएको भएतापनी कम्पनीले फरक समाप्ति मितिसहित अंक प्रदान गर्न सक्नेछ । यस्तो अवस्थामा सम्बन्धित विवरण कम्पनीको वेबसाइट वा मोबाइल एप्लिकेशनमा प्रकाशित गरिनेछ ।
- १. निम्नलिखित कुनै पनि अवस्थामा प्रत्येक बुँदामा उल्लेखित अंक तुरुन्तै रद्द हुनेछन्:
- (१) उपर्युक्त धारा (धारा ७) मा उल्लेखित समाप्ति मितिपछि
समाप्ति मिति पुगेको सबै अंक- (२) अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरूको प्रावधान अनुरुप ग्राहकको सदस्यता दर्ता रद्द भएको खण्डमा
ग्राहकसँग भएका सबै अंक- (३) यी नियम तथा शर्तहरूको प्रावधान अनुसार कार्यक्रम समाप्त गरिएको खण्डमा
ग्राहकसँग भएका सबै अंक- (४) कम्पनीले रद्द गर्न उपयुक्त ठानेका अन्य कुनै पनि अवस्थामा
कम्पनीले रद्द गर्न उपयुक्त ठानेका अंक- २. उपर्युक्त बुँदाअनुसार अंक रद्द भए तापनि ग्राहकले कम्पनीसँग पुनः अंक प्रदान गर्न वा अन्य कुनै प्रतिपूर्ति उपायको माग गर्न सक्ने छैन ।
- १. यदि कम्पनीले निम्नलिखित कुनै पनि अवस्था ग्राहकको हकमा लागू हुने ठानेमा ग्राहकलाई पूर्वसूचना नदिइ ग्राहकसँग रहेका सबै वा केही अंक रद्द गर्न सक्नेछ :
- (१) कुनै पनि गैरकानुनी वा ठगीपूर्ण गतिविधि भएमा;
- (२) यी नियम तथा शर्तहरू, अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरू, वा कम्पनीले स्थापन गरेको अन्य कुनै नियम तथा विनियमको उल्लंघन भएको खण्डमा;
- (३) अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवाहरू प्रयोग गरे वापत अंकहरू प्रदान गरे पश्च्यात उक्त योग्य अन्तर्राष्ट्रिय रकम स्थानान्तरण रद्द भएको खण्डमा; वा
- (४) कम्पनीले ग्राहकलाई प्रदान गरिएका अंक रद्द गर्नु उपयुक्त ठानेको खण्डमा।
- २. उपर्युक्त बुँदाअनुसार अंक रद्द भएको खण्डमा कम्पनीले निम्नलिखित क्रम अनुसार अंक घटाउन वा मिलाउन सक्नेछ:
- (१) रद्द गर्नुपर्ने अंकहरू बाँकी रहेका अवस्थामा ती अंकहरू घटाइनेछ ।
- (२) रद्द गर्नुपर्ने अंकहरू बाँकी नभएको खण्डमा रद्द गर्नुपर्ने अंकको संख्या ग्राहकसँग भएका अन्य अंकबाट घटाइनेछ ।
- (३) ग्राहकसँग भएका अंकहरूको संख्या रद्द गर्नुपर्ने अंकको संख्या पूरा गर्न पर्याप्त नभएमा ग्राहकले उक्त कमी नगद वा कम्पनीले तोकेको अन्य कुनै प्रकृयाद्वारा मिलाउनुपर्नेछ ।
- ३. अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरूको प्रावधानमा जुनसुकै कुरा उल्लेख भएतापनि यदि ग्राहकले रकम स्थानान्तरण शुल्कमा अंक प्रयोग गरेको छ र पछि ती अंक रद्द भएको खण्डमा कम्पनीले उक्त रकम स्थानान्तरण सम्झौता रद्द गर्न वा रकम स्थानान्तरण प्रक्रिया रोक्न सक्नेछ ।
- ४. अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरूको प्रावधानमा जुनसुकै कुरा उल्लेख भएतापनि यदि ग्राहकले रकम स्थानान्तरण शुल्कमा अंक प्रयोग गरेको छ र त्यसपछि घटेको कुनै घटनाको कारण कम्पनीले रकम स्थानान्तरण शुल्क ग्राहकलाई फिर्ता गर्नु पर्ने अवस्थामा कम्पनीले उक्त प्रयोग भएको अंक ग्राहकलाई फिर्ता गर्नेछ र कम्पनी नगदमा फिर्ता गर्नको लागि बाध्य हुनेछैन ।
- 1. कम्पनीले निम्न उल्लिखित घटनाहरूका कारण ग्राहक वा तेस्रो पक्षले भोग्नुपरेको कुनै पनि क्षतिको कुनै प्रकारले जिम्मेवारी वहन गर्ने छैन:
- (१) प्राकृतिक विपद, आगो, दंगा आदि जस्ता अप्रत्याशित घटना वा कम्पनीको नियन्त्रण बाहिरका कारण; ग्राहक, दूरसञ्चार प्रदायक वा अन्य तेस्रो पक्षको सञ्चार उपकरण, तार, कम्प्युटरको विफलता, वा सञ्चारमा अवरोध, आदि, वा अदालत वा अन्य सार्वजनिक निकायले लिएका कदमका कारणले कार्यक्रमको सम्बन्धमा ढिलाइ, असम्भवता वा अन्य अवरोध भएको खण्डमा;
- (२) कम्पनीको प्रणाली सञ्चालनमा उचित सुरक्षा उपायहरू अपनाए तापनि भएको टर्मिनल, सञ्चार लाइन वा कम्प्युटरको असफलताका कारण कार्यक्रमको सम्बन्धमा ढिलाइ, असम्भवता वा अन्य अवरोध भएको खण्डमा; वा
- (३) ग्राहक वा तेस्रो पक्षको कारणले जस्तै रकम स्थानान्तरण प्राप्तकर्ताको नाम गलत उल्लेखित हुनु आदि कारणले कार्यक्रमको सम्बन्धमा ढिलाइ, असम्भवता वा अन्य अवरोध भएको खण्डमा ।
- 2. कम्पनीले ग्राहकको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवाहरूको प्रयोग अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरूको अनुसार प्रतिबन्ध वा सीमित गर्न सक्नेछ । यसरी ग्राहकले अंक प्रयोग गर्न लगाएको प्रतिबन्धहरूको परिणाम सम्बन्धमा कम्पनीले कुनै जिम्मेवारी वहन गर्ने छैन ।
- ३. कम्पनीले ग्राहकको मोबाइल एप्लिकेशन वा वेबसाइटको सेवासम्बन्धी पृष्ठमा लगइन गर्दा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरू अनुरुप ग्राहकको पहिचान पुष्टि गर्नेछ । यस धारामा निर्दिष्ट गरिएको पहिचान पुष्टि प्रक्रिया अनुसार ग्राहकलाई वैध प्रयोगकर्ता ठहरिएको खण्डमा त्यस पश्च्यात प्रयोग गरिएका अंक कम्पनीले फिर्ता गर्ने छैन साथै सो पश्च्यात भएको फर्जि कार्य, परिमार्जन, चोरी, अनधिकृत प्रयोग वा पासवर्डसँग सम्बन्धित अन्य घटनामा र उक्त घटनाबाट भएको क्षतिको लागी कम्पनीले कुनै प्रकारको जिम्मेवारी वहन गर्ने छैन ।
- १. यी नियम तथा शर्तहरू अन्तर्गत कम्पनी र ग्राहकबीच हुने सबै कारोबार जापानको कानून बमोजिम संचालित हुनेछ ।
- २. यदि यी नियम तथा शर्तहरू सम्बन्धमा कम्पनी र ग्राहकबीच कुनै पनि मुद्दा दर्ता गर्नु पर्ने अवस्थामा प्रथमतः टोकियो जिल्ला अदालतले उक्त मुद्दामा विशेष क्षेत्राधिकार राख्नेछ ।
- ३. यी नियम तथा शर्तहरूको अनुवादित संस्करण र जापानी संस्करणबीच व्याख्यामा कुनै भिन्नता भएमा जापानी संस्करण बमोजिम हुनेछ।
- स्थापित सन् जुन २७, २०२४ (२०८१/०३/१३)
धारा १२ (सम्झौताको संशोधन)
कम्पनीले यी नियम तथा शर्तहरू (जसमा अंकको समाप्ति, अंक प्रदानमा निलम्बन, योग्य साइट वा कारोबारमा परिवर्तन, अंक प्रदान दर वा प्रयोग दरमा परिवर्तन लगायतका विषयहरू समावेश हुने तर सीमित नहुने) संशोधन गर्न सक्नेछ । यस्ता अवस्थामा कम्पनीले उक्त संशोधनको प्रभावकारी मिति र संशोधनको विवरण कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइटमा प्रकाशित गर्नेछ र उक्त प्रभावकारी मितिदेखि कम्पनीले संशोधित प्रावधान बमोजिम ग्राहक व्यवस्थापन गर्नेछ ।
धारा १३ (लागू हुने कानून र क्षेत्राधिकार)
समाप्ती
- (२) कम्पनीको प्रणाली सञ्चालनमा उचित सुरक्षा उपायहरू अपनाए तापनि भएको टर्मिनल, सञ्चार लाइन वा कम्प्युटरको असफलताका कारण कार्यक्रमको सम्बन्धमा ढिलाइ, असम्भवता वा अन्य अवरोध भएको खण्डमा; वा
धारा १० (कर र शुल्कहरु)
अंक प्राप्ति वा प्रयोगसँग सम्बन्धित कुनै पनि कर वा अन्य शुल्क लाग्ने अवस्थामा ती शुल्कहरूको जिम्मेवारी ग्राहकको हुनेछ ।
धारा ११ (जिम्मेवारी वहन नगर्ने घटनाहरु)
- (२) रद्द गर्नुपर्ने अंकहरू बाँकी नभएको खण्डमा रद्द गर्नुपर्ने अंकको संख्या ग्राहकसँग भएका अन्य अंकबाट घटाइनेछ ।
- (२) यी नियम तथा शर्तहरू, अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरू, वा कम्पनीले स्थापन गरेको अन्य कुनै नियम तथा विनियमको उल्लंघन भएको खण्डमा;
धारा ९ (अंक रद्द गर्ने सम्बन्धमा)
- (२) अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरूको प्रावधान अनुरुप ग्राहकको सदस्यता दर्ता रद्द भएको खण्डमा
धारा ३ (कार्यक्रममा सहभागी हुने योग्यता)
यस कार्यक्रम केवल अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरूमा परिभाषित व्यक्तिगत सदस्यहरूका लागि मात्र खुला रहनेछ । यस कार्यक्रम कम्पनी सदस्यहरूलाई उपलब्ध गराइने छैन साथै धारा ४ मा परिभाषित अंक समेत कम्पनी सदस्यहरूलाई प्रदान गरिने छैन।
धारा ४ (अंक प्रदान गर्ने सम्बन्धमा)
धारा ५ (अंकको पुष्टि)
ग्राहकहरूले आफ्ना अंकको मौज्दात कम्पनीको वेबसाइटको सेवासम्बन्धी पृष्ठ वा कम्पनीको मोबाइल एप्लिकेशनमार्फत हेर्न गर्न सक्नेछन् ।
धारा ६ (अंकको प्रयोग)
धारा ७ (अंकको अवधी समाप्ति मिति)
धारा ८ (अंकको अमान्यता/रद्द)