आन्तरिक कर प्रणालीको उचित सुनिश्चितताको उद्देश्यका लागि विदेशी रकम स्थानान्तरणको विवरण पेश गर्नेसम्बन्धी ऐनको दफा ३ बमोजिम सूचना पत्रहरू पेश गर्ने सम्बन्धमा गरिएको कार्यव्यवस्था
आन्तरिक कर प्रणालीको उचित सुनिश्चितता गर्ने उद्देश्यका लागि विदेशी विप्रेषण विवरण पेश गर्ने सम्बन्धी ऐन, (१९९७ को ऐन संख्या ११०) को दफा ३ बमोजिम विदेशमा रकमान्तरण गर्ने व्यक्तिहरू वा संस्थाहरूले प्रत्येक रकमान्तरणको सूचना दिनुपर्नेछ । उक्त सूचना पत्रमा सो रकमान्त गर्ने व्यक्तिको नाम, ठेगाना, व्यक्तिगत नम्बर वा संस्थागत नम्बर, सो रकमान्तरणको विवरण वा सोको कारणका साथै अर्थ मन्त्रालयद्वारा जारी सम्बन्धित अध्यादेशमा उल्लेख गरिएका अन्य विवरणहरू समावेश गर्नु पर्नेछ ।
कम्पनीद्वारा प्रदान गरिएको अन्तर्राष्ट्रिय रकमान्तरण सेवाको प्रयोग गर्दा सेवाग्राहीहरूले उक्त कम्पनीमा दर्ता रहेको सेवाग्राहीको आवश्यक विवरण नै सूचना पत्र पेश गर्नुको सट्टा मानिनेछ भनि स्वीकृति र सहमति जनाउनु पर्नेछ ।
(यो अनुवाद सेवाग्राहीहरूको बुझाइका लागि मात्र प्रदान गरिएको हो । यस अनुवादित संस्करण र जापानी संस्करणबीच कुनै अन्तर भएमा जापानी संस्करणलाई नै आधाकारिक मानिनेछ।)