गैर-सामाजिक शक्तिहरूसंग सम्बद्ध नरहेको सम्बन्धी प्रतिनिधित्व र प्रतिज्ञा

म (म कम्पनी अन्तर्गत पर्ने अवस्थाहरू समेत समावेश हुने गरी यसपश्च्यात प्रयोग गरिएको) एसबिआई रेमिट क. लि. (SBI Remit Co., Ltd) (“कम्पनी”) सँग निम्नानुसार प्रत्याभूति र प्रतिज्ञा गर्दछु:

 

  • १. म स्वयं वा मेरा कुनै पनि कार्मचारी आदि (यस दफाको प्रयोजनका लागी यसपछि “उक्त पक्ष” भनिएको) हाल कुनै पनि सङ्गठित आपराधिक समूह, सो समूहको सदस्य, सङ्गठित आपराधिक समूहको सदस्य भई सदस्यता अन्त्य भएको मितिबाट पाँच (५) वर्ष नपुगेको व्यक्ति, सङ्गठित आपराधिक समूहको अर्ध-सदस्य, सङ्गठित आपराधिक समूहसँग सम्बद्ध संस्था, आपराधिक समूहद्वारा सञ्चालित व्यापारिक संस्था, सामाजिक आन्दोलन आदि मार्फत आपराधिक गतिविधिमा संलग्न पक्ष, विशेष ज्ञान प्रयोग गरी हिंसात्मक कार्य गर्ने संगठन, वा यस्ता कुनै पनि प्रकारका अन्य पक्ष (यसपछि सामूहिक रूपमा “गैर-सामाजिक शक्ति आदि” भनिने) नरहेको भनि प्रत्याभूति गर्दछु। साथै निम्न उल्लिखित कुनै पनि अवस्थाहरू हाल उक्त पक्ष लाई लागू नहुने र भविष्यमा पनि लागू नहुने सुनिश्चित गर्न म प्रत्याभूति गर्दछु:
  • (१) यस्तो कुनै सम्बन्ध रहेको जुन सम्बन्धको कारणले उक्त पक्षलाई गैर-सामाजिक शक्ति आदि द्वारा नियन्त्रित ठानिन्छ;
  • (२) यस्तो कुनै सम्बन्ध रहेको जुन सम्बन्धको कारणले गैर-सामाजिक शक्ति आदिको उक्त पक्षको व्यवस्थापनमा प्रभावशाली संलग्न रहेको ठानिन्छ;
  • (३) यस्तो कुनै सम्बन्ध रहेको जुन सम्बन्धको कारणले उक्त पक्ष गैर-सामाजिक शक्ति आदि लाई अनुचित तरिकाले प्रयोग गरिरहेको ठानिन्छ जस्तै (तर यसैमा सीमित नरहने गरी) आफ्नो, आफ्नो कम्पनीको, वा तेस्रो पक्षको लागि अवैध लाभ प्राप्त गर्ने, वा तेस्रो पक्षलाई क्षति पुर्‍याउने उद्देश्यले गरेको कार्य;
  • (४) यस्तो कुनै सम्बन्ध रहेको जुन सम्बन्धको कारणले गर्दा उक्त पक्षले गैर-सामाजिक शक्ति आदि लाई रकम वा अन्य लाभ प्रदान गरी त्यससँग संलग्न रहेको ठानिन्छ; वा
  • (५) यस्तो कुनै सम्बन्ध रहेको जसमा उक्त पक्षको व्यवस्थापनमा महत्वपूर्ण भुमिका रहेको कुनै पनि अधिकृत वा अन्य व्यक्तिको गैर-सामाजिक शक्ति आदि सँग सामाजिक दृष्टिले निन्दनीय सम्बन्ध रहेको हुन्छ।

 

  • २. म स्वयंले, वा तेस्रो पक्षमार्फत निम्नलिखित कार्यहरू नगर्ने र नगराउने प्रतिज्ञा गर्दछुः
  • (१) हिंसात्मक मागहरु गर्नु;
  • (२) कुनैपनि अन्य पक्षप्रति सो पक्षको कानुनी जिम्मेवारीभन्दा बाहिर गई गर्नु पर्ने किसिमको अनुचित मागहरू गर्नु;
  • (३) कुनै कारोबारको सन्दर्भमा हिंसात्मक कार्यहरू गर्नु वा डर त्रास उत्पन्न गर्ने अभिव्यक्तिहरू दिनु;
  • (४) कम्पनीको वा कम्पनीको व्यवसायको प्रतिष्ठामा क्षति पुर्‍याउने हेतुले अफवाह फैलाउने, जालझेलपूर्ण उपायहरूको प्रयोग गर्ने, वा बल प्रयोग गर्ने;
  • (५) माथि उल्लिखित कार्यहरू सरहका अन्य कुनै पनि कार्यहरू गर्नु।

 

  • ३. माथि उल्लेखित कुनै पनि प्रतिज्ञाको उल्लंघन भएको अवस्थामा वा यथोचित रूपमा उल्लंघन भएको भन्ने विश्वास गर्ने मनासिब आधार भएको अवस्थामा कम्पनीले मलाई कुनै पनि पूर्वसूचना नदिई वा कुनै अन्य पुर्‍याउन पर्ने प्रक्रिया समेत नपुर्याई मसंग सम्बन्धित सम्पूर्ण वा केही कारोबारहरू तुरुन्त निलम्बन गर्ने वा मसंग सम्बन्धित सम्पूर्ण वा केही सम्झौताहरू तुरुन्त अन्त्य गर्ने अधिकार राख्दछ । साथै म निम्न कुराहरू स्वीकार गर्दछु: (क) उक्त विश्वास गर्ने मनासिब आधार सम्बन्धी विषयवस्तु वा आधारहरूका सम्बन्धमा कम्पनीले मलाई कुनै पनि विवरण वा जानकारी व्याख्या गर्न वा खुलासा गर्न बाध्य हुनेछैन; र (ख) यदि उक्त कारोबारको निलम्बन वा सम्झौताको अन्त्यको कारण मलाई कुनै क्षति, आदि बेहोर्नु परेमा कम्पनी उक्त क्षतिको लागि पूर्ण वा आंशिक जिम्मेवार हुनेछैन।

 

  • ४. यदि मैले पहिलो वा दोस्रो परिच्छेदमा उल्लिख गरेको कुनै पनि प्रतिज्ञाको उल्लंघन गरेको कारणले कम्पनीलाई कुनै पनि प्रकारको क्षति पुगेमा म सो क्षतिपूर्तिको लागि जिम्मेवार रहनेछु भनी स्वीकृत गर्दछु ।

 

समाप्ती

(यो अनुवाद ग्राहकको बुझाइको लागि मात्र उपलब्ध गराइएको हो । यदि यस अनुवादित संस्करण र जापानी संस्करणबीच कुनै अन्तर भएमा जापानी संस्करणलाई प्राथमिकता दिइनेछ।)