बारम्बार सोधिने प्रश्न (जम्मा / रसिद)
बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ
प्रापकले रेमिट गरिएका कोषहरू प्राप्त गर्नुभएको छ भनी म कसरी जाँच गर्न सक्छु?
हाम्रो वेब पोर्टल साइटमा लग इन गरेपछि, कृपया “list of remittance requests” मा रेमिटेन्सको स्ट्याटस चेक गर्नुहोस्।
यदि पैसा पठाउने बिधि “cash pick up” हो भने, रेमिटेन्स स्ट्याटस “received” भनेको अर्थ प्राप्तकर्ताले रेमिटेन्स प्राप्त गरिसकेको छ भन्ने हो।
यदि पैसा पठाउने बिधि “Bank deposit/Bank direct” हो भने, अन्तर्राष्ट्रिय रेमिटेन्सको प्राबिधिक कारणले गर्दा, प्राप्तकर्ताको खातामा निक्षेप पुष्टि गर्न सम्भव छैन। तर रेमिटेन्स कार्यान्वयन भएको निश्चित समय पछि कुनै रेमिटेन्स त्रुटिको सूचना छैन भने, स्ट्याटस “Received” हुनेछ। कृपया ध्यान दिनुहोस् कि दुर्लभ केशमा एक पटक “eceived” भएको रेमिटेन्स स्ट्याटस त्यसपछि रेमिटेन्स एरर हुन पनि सक्छ ।



