अन्तर्राष्ट्रिय रकम स्थानान्तरण लेनदेनको सर्त तथा अवस्थाहरू

ग्राहकहरू (भन्‍नाले व्यक्ति तथा संस्थागत ग्राहकहरूलाई जनाउने र यसपछि पनि यही अर्थ लागु हुनेछ) ले एसबिआई रेमिट को. लि. (SBI Remit Co., Ltd.) (यसपछि “कम्पनी” भनिएको) सँग अन्तर्राष्ट्रिय रकम स्थानान्तरणका कारोबारहरू गर्दा कम्पनीद्वारा निर्धारित अन्तर्राष्ट्रिय रकम स्थानान्तरण कारोबारका नियम तथा शर्तहरू (यसपछि “नियम तथा शर्तहरू” भनिएको) को सम्पूर्ण प्रावधानमा सहमति जनाई मात्र सम्पन्‍न गर्नुपर्नेछ । यी नियम तथा शर्तहरू नै ग्राहक र कम्पनीबीच सम्पन्‍न हुने करारका नियम तथा शर्तहरू हुनेछन् ।

परिच्छेद १ (सामान्य प्रावधानहरू)

 

धारा १. (उद्देश्य)

यी नियम तथा शर्तहरूको उद्देश्य कम्पनीद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा (धारा २.(२) मा परिभाषित) तथा अन्तर्राष्ट्रिय रकम प्राप्ति सेवा (धारा २.(३) मा परिभाषित) सम्बन्धका, सेवाहरू (धारा २.(१) मा परिभाषित) प्रयोग गर्न चाहने पक्षहरू र कम्पनीबीचका अधिकार तथा दायित्वहरू निर्धारण गर्नुका साथै सेवाहरूको प्रयोगसम्बन्धी शर्तहरू तोक्नु हो ।

धारा २. (परिभाषाहरु)

  • यी नियम तथा शर्तहरूमा प्रयोग भएका निम्न शब्दहरूलाई तल उल्लिखित अर्थमा बुझिनेछः
    1. (१) “सेवाहरू” भन्नाले सामूहिक रूपमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा तथा अन्तर्राष्ट्रिय रकम प्राप्ति सेवालाई जनाउँछ ।
      (२) “अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा” भन्नाले मोबाइल एप्लिकेशन रकम स्थानान्तरण सेवा, इन्टरनेट रकम स्थानान्तरण सेवा, रेमिट कार्ड रकम स्थानान्तरण सेवा तथा फुरिकोमी (Furikomi) रकम स्थानान्तरण सेवालाई सामूहिक रूपमा जनाउँछ जसअन्तर्गत ग्राहकको रकम स्थानान्तरण अनुरोधका आधारमा रकम स्थानान्तरणका प्राप्तकर्ताले (यसपछि “रकम स्थानान्तरण प्राप्तकर्ता” भनिएको) जो जापान बाहिर रहेका छन् सम्बद्ध संस्था (Correspondent) मार्फत रकम प्राप्त गर्न सक्दछन् ।
      (३) “अन्तर्राष्ट्रिय रकम प्राप्ति सेवा (International Money Transfer Receipt Service)” भन्नाले ग्राहकको रकम प्राप्ती अनुरोधका आधारमा जापान बाहिर अवस्थित प्रेषक (Remitter) बाट स्थानान्तरण गरिएको रकम सम्बद्ध संस्था मार्फत ग्राहकले प्राप्त गर्न सक्ने सेवा जनाउँछ ।
      (४) “सदस्य (Member)” भन्नाले कम्पनीद्वारा तोकिएका प्रक्रिया अनुसार सेवाहरू प्रयोग गर्न कम्पनीबाट स्वीकृत ग्राहकलाई जनाउँछ ।
      (५) “सम्बद्ध संस्था (Correspondent)” भन्नाले कम्पनीले सेवाहरू प्रदान गर्ने क्रममा रकम स्थानान्तरण प्रक्रिया सम्पन्न गर्ने जापान बाहिर अवस्थित कम्पनीका साझेदार वित्तीय संस्थाहरू तथा तिनका व्यावसायिक साझेदारहरूलाई जनाउँछ ।
      (६) “कम्पनीको मोबाइल एप्लिकेशन (Company’s Mobile Application)” भन्नाले कम्पनीद्वारा प्रदान गरिएको मोबाइल एप्लिकेशनलाई जनाउँछ जसमा रकम स्थानान्तरण दर पुष्टि गर्ने, रकम स्थानान्तरण अनुकरण (money transfer simulation), रकम स्थानान्तरण प्राप्तकर्ता दर्ता गर्ने, तथा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्ने लगायतका सुविधाहरू समावेश छन् ।
      (७) “मोबाइल एप्लिकेशन मार्फत रकम स्थानान्तरण” भन्नाले “कम्पनीको मोबाइल एप्लिकेशन” प्रयोग गरी गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरणलाई जनाउँछ ।
      (८) “मोबाइल एप्लिकेशन रकम स्थानान्तरण सेवा” भन्नाले मोबाइल एप्लिकेशन मार्फत गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा जनाउँछ जुन सेवा केवल व्यक्ति सदस्यहरूका लागि उपलब्ध हुनेछ र संस्थागत सदस्यहरूका लागि लागू हुने छैन ।
      (९) “इन्टरनेट रकम स्थानान्तरण” भन्नाले कम्पनीको वेबसाइट प्रयोग गरी गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरणलाई जनाउँछ ।
      (१०) “इन्टरनेट रकम स्थानान्तरण सेवा” भन्नाले इन्टरनेट रकम स्थानान्तरण मार्फत प्रदान गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई जनाउँछ ।
      (११) “लगइन पासवर्ड” भन्नाले कम्पनीको मोबाइल एप्लिकेशन वा इन्टरनेटमार्फत सेवाको प्रयोग गर्नको निम्ती स्क्रिनमा प्रवेश गर्न प्रयोग गरिने पासवर्डलाई जनाउँछ ।
      (१२) “कारोबार पासवर्ड (Transaction Password)” भन्नाले मोबाइल एप्लिकेशन रकम स्थानान्तरण सेवा वा इन्टरनेट रकम स्थानान्तरण सेवा अन्तर्गत कारोबार सञ्चालन गर्दा प्रयोग गरिने पासवर्डलाई जनाउँछ ।
      (१३) “रेमिट कार्ड (Remit Card)” भन्नाले प्रत्येक पूर्व-दर्ता गरिएको रकम स्थानान्तरण प्राप्तकर्ताका लागि जारी गरिएको कम्पनीद्वारा निर्दिष्ट कार्डलाई जनाउँछ ।
      (१४) “रेमिट कार्ड रकम स्थानान्तरण” भन्नाले प्रत्येक रेमिट कार्डका लागि अग्रिम रूपमा दर्ता गरिएको रकम स्थानान्तरण प्राप्तकर्तालाई रेमिट कार्ड प्रयोग गरी गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरणलाई जनाउँछ ।
      (१५) “रेमिट कार्ड रकम स्थानान्तरण सेवा” भन्नाले रेमिट कार्ड रकम स्थानान्तरणको माध्यमबाट प्रदान गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई जनाउँछ ।
      (१६) “फुरिकोमी (Furikomi) रकम स्थानान्तरण” भन्नाले कम्पनीद्वारा निर्दिष्ट गरिएको वित्तीय संस्थामा रकम जम्मा गरी गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरणलाई जनाउँछ ।
      (१७) “फुरिकोमी रकम स्थानान्तरण सेवा” भन्नाले फुरिकोमी रकम स्थानान्तरणको माध्यमबाट प्रदान गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई जनाउँछ ।
      (१८) “पूर्व-दर्ता गरिएको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा” भन्नाले रकम स्थानान्तरण प्राप्तकर्ता अग्रिम रूपमा दर्ता गरिने रेमिट कार्ड रकम स्थानान्तरण सेवा तथा फुरिकोमी रकम स्थानान्तरण सेवालाई सामूहिक रूपमा जनाउँछ ।
      (१९) “डिपोजिट कार्ड (Deposit Card)” भन्नाले इन्टरनेट रकम स्थानान्तरण सञ्चालन गर्नका लागि रकम स्थानान्तरण जगेडा खातामा (धारा ८.१ मा परिभाषित) रकम जम्मा गर्ने उद्देश्यले जारी गरिएको कम्पनीद्वारा निर्दिष्ट कार्डलाई जनाउँछ ।
      (२०) “रकम स्थानान्तरण प्राप्तिका लागि अनलाइन आवेदन” भन्नाले कम्पनीको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय रकम प्राप्ति सेवाका लागि गरिने आवेदनलाई जनाउँछ ।
      (२१) “रकम स्थानान्तरण प्राप्तिका लागि टेलिफोन आवेदन” भन्नाले टेलिफोनको माध्यमबाट अन्तर्राष्ट्रिय रकम प्राप्ति सेवाका लागि गरिने आवेदनलाई जनाउँछ ।
      (२२) “प्राप्ति सम्झौता (Receipt Agreement)” भन्नाले रकम स्थानान्तरण प्राप्त गर्नेको निम्ती रकम स्थानान्तरण प्राप्तिका लागि अनलाइन आवेदन वा रकम स्थानान्तरण प्राप्तिका लागि टेलिफोन आवेदन मार्फत सम्पन्न सम्झौतालाई जनाउँछ ।
      (२३) “एसबिआई रेमिट नियोबैंक (SBI Remit NEOBANK)” भन्नाले कम्पनीले एसबिआई सुमिशिन नेट बैंक, लिमिटेड (SBI Sumishin Net Bank, Ltd.) (“SSNB”) को बैंक एजेन्टको रूपमा कार्य गर्दै ग्राहकहरूका लागि एसबिआई सुमिशिन नेट बैंकको रेमिट शाखामा बैंक खाता (“SSNB खाता”) खोल्ने प्रक्रियामा मध्यवर्ती गर्ने तथा SSNB खाताबाट रेमिट्यान्स रकम स्थानान्तरण गरी मोबाइल एप्लिकेशन रकम स्थानान्तरण सेवा प्रदान गर्ने सेवालाई जनाउँछ । SSNB खाता सम्बन्धी जानकारी प्राप्त गर्ने तथा उक्त जानकारी सेवाहरूको क्रममा ग्राहकहरूलाई उपलब्ध गराउने कार्य SSNB ले कम्पनीलाई दिएको प्रत्यायोजन (consignment) का आधारमा गरिन्छ ग्राहकहरूले कम्पनीलाई दिएको प्रत्यायोजनका आधारमा होइन ।

     

    धारा ३. (सेवाहरूको प्रयोग)

    • १. सेवाहरू प्रयोग गर्न ग्राहकले धारा ४ देखि ७ सम्मका प्रावधानहरू अनुसार अग्रिम रूपमा सदस्यता दर्ता प्रक्रिया पूरा गरी कम्पनीको सदस्य बन्नु पर्नेछ । सदस्यता दर्ता प्रत्येक ग्राहकका लागि एक पटकमा मात्र सीमित हुनेछ । ग्राहकले सेवाहरू प्रयोग गरेमा सो ग्राहकले यी नियम तथा शर्तहरूमा सहमति जनाएको मानिनेछ र यी नियम तथा शर्तहरू धारा ४ देखि ७ सम्मका प्रावधानहरू अनुसार गरिएको सदस्यता दर्ता आवेदनको समयदेखि नै प्रत्यावर्ती रूपमा लागू हुनेछन् । यसका अतिरिक्त निम्न व्यक्तिहरूले सेवाहरू प्रयोग गर्न पाउने छैनन्:
    (१) जापानमा स्थायी ठेगाना वा निवास नभएका व्यक्तिहरू
    (२) जापानमा अस्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिहरू
    • २. सिद्धान्ततः ग्राहकहरूले यी नियम तथा शर्तहरूको प्रावधानहरू अनुरुप कम्पनीको मोबाइल एप्लिकेशन, मोबाइल फोन आदि उपकरणमा स्थापना (install) गरी वर्षको हरेक दिन चौबीसै (२४) घण्टा मोबाइल एप्लिकेशन रकम स्थानान्तरण सेवा प्रयोग गर्न सक्नेछन् ।
    • ३. सिद्धान्ततः ग्राहकहरूले यी नियम तथा शर्तहरूको प्रावधानहरू अनुरुप इन्टरनेटमा जडान भएका व्यक्तिगत कम्प्युटर, मोबाइल फोन आदि (यसपछि सामूहिक रूपमा “उपकरणहरू” भनिएको) वा कम्पनीद्वारा तोकिएको अन्य कुनै माध्यम प्रयोग गरी वर्षको हरेक दिन चौबीसै (२४) घण्टा इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गर्न सक्नेछन् ।
    • ४. ग्राहकहरूले यी नियम तथा शर्तहरूको प्रावधानहरु अनुरुप कम्पनीका साझेदार वित्तीय संस्थाहरूले तोकेको समयावधिभित्र रेमिट कार्ड रकम स्थानान्तरण सेवा प्रयोग गर्न सक्नेछन् ।
    • ५. ग्राहकहरूले यी नियम तथा शर्तहरूको प्रावधानहरू अनुरुप कम्पनीका साझेदार वित्तीय संस्थाहरूले तोकेको समयावधिभित्र फुरिकोमी रकम स्थानान्तरण सेवा प्रयोग गर्न सक्नेछन् ।
    • ६. माथिका चार अनुच्छेदका प्रावधानहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि सेवाहरूको प्रदानका लागि आवश्यक प्रणाली मर्मतसम्भार आदि कारणवश कम्पनीले अस्थायी रूपमा सेवाहरूमा आंशिक वा पूर्ण रोक लगाउन, निलम्बन गर्न वा स्थगित गर्न सक्नेछ ।
    • ७. कम्पनीले सेवाहरूमा अस्थायी रूपमा रोक लगाएमा कम्पनीले अग्रिम रूपमा कम्पनीको वेबसाइटमा सूचना प्रकाशित गर्नेछ; तर प्रणालीमा खराबी आदि कारणले कम्पनीले तत्काल आवश्यक ठानेमा पूर्वसूचना नदिई नै सम्बन्धित प्रणालीहरूको आंशिक वा सम्पूर्ण प्रयोग रोक्न, निलम्बन गर्न वा स्थगित गर्न सक्नेछ ।

     

     

    धारा ४. (मोबाइल एप्लिकेशन मार्फत सदस्यता दर्ता प्रक्रिया)

    • १. कम्पनीको मोबाइल एप्लिकेशनमार्फत सेवा प्रयोग गर्न आवेदन गर्दा ग्राहकले कम्पनीद्वारा निर्धारण गरिएका नियम तथा शर्तहरूमा सहमति जनाउने लगायत कम्पनीले तोकेको प्रक्रियाहरू पूरा गरी कम्पनीको मोबाइल एप्लिकेशन प्रयोग गरेर सदस्य बन्नका लागि दर्ता आवेदन गर्नुपर्नेछ ।
    • २. माथिल्लो अनुच्छेदमा उल्लिखित नयाँ सदस्यता दर्ताको आवेदन निम्नलिखित प्रक्रियाअनुसार गरिनु पर्नेछ । साथै कम्पनीले आवश्यक ठानेमा ग्राहकको टेलिफोन नम्बर आदिमा सम्पर्क गर्न सक्नेछ।
    • (१) ग्राहकले कम्पनीको मोबाइल एप्लिकेशनबाट लगइन पासवर्ड राखी आफ्नो इमेल ठेगाना दर्ता गरी इमेल ठेगानाको प्रमाणीकरण गर्नुपर्नेछ । यस प्रावधान अनुरुप सफलतापूर्वक इमेल ठेगाना प्रमाणीकरण गरेका ग्राहकलाई “अस्थायी सदस्य (Provisional Member)” भनिनेछ।
      (२) इमेल ठेगानाको प्रमाणीकरण भएपछि ग्राहकले कम्पनीद्वारा जारी गरिएको प्रयोगकर्ता नाम र ग्राहकले राखेको लगइन पासवर्ड प्रयोग गरी लगइन गर्नु पर्नेछ र कारोबार पासवर्ड राख्नु पर्नेछ।
      (३) कम्पनीले ग्राहकको ठेगाना, आदि जानकारी (यसपछि “सदस्य विवरण” भनिएको) दर्ता गर्नेछ र अपराधबाट प्राप्त आम्दानीको हस्तान्तरण रोकथाम सम्बन्धी ऐन (यसले २००७ को ऐन नं. २२ र यसमा भएका संशोधनहरू सहित बुझिने र यसपछि पनि यही अर्थ लाग्ने) तथा विदेश विनिमय तथा वैदेशिक व्यापार ऐन (सामूहिक रूपमा यसपछि “अपराधबाट प्राप्त आम्दानीको हस्तान्तरण रोकथाम सम्बन्धी ऐन आदि” भनिएको) अनुसार परिचय प्रमाणीकरण गर्नेछ । परिचय प्रमाणीकरण कम्पनीद्वारा निर्धारित प्रकृयाबाट गरिनेछ ।
    • ३. यदि कम्पनीले माथिल्लो अनुच्छेदमा निर्दिष्ट परिचय प्रमाणीकरण गर्न नसकेमा वा कम्पनीले ग्राहकसँग सम्पर्क गर्न खोज्दा पनि ग्राहकसम्म पुग्न नसकेको अवस्थामा कम्पनीले ग्राहक दर्ता गर्ने छैन । साथै कम्पनीले ग्राहकको सदस्य विवरण शङ्कास्पद ठानेको अवस्थामा पनि दर्ता नगर्न सक्नेछ । ग्राहकको दर्ता अस्वीकृत गरेको कारणले ग्राहकलाई हुने कुनै पनि नोक्सानीका लागि कम्पनीलाई जिम्मेवार ठहरिने छैन ।
    • ४. कम्पनीले परिचय प्रमाणीकरण सम्पन्न गरेका ग्राहकहरूको दर्ता जाँच (registration screening) प्रक्रिया सुचारु गर्नेछ ।
    • ५. ग्राहकले कम्पनीको दर्ता जाँच पार गरे पश्‍चात सो ग्राहक सेवाहरूको सदस्य बन्नेछ ।
    • ६. अस्थायी सदस्य भएका ग्राहकहरूले कम्पनीको मोबाइल एप्लिकेशनका निम्न सुविधाहरू प्रयोग गर्न सक्नेछन्:
    • (१) रकम स्थानान्तरण दर पुष्टि
      (२) रकम स्थानान्तरण अनुकरण
      (३) रकम स्थानान्तरण प्राप्तकर्ता दर्ता

       

       

      धारा ५. (इन्टरनेटमार्फत सदस्यता दर्ता प्रक्रिया)

      • १. इन्टरनेटमार्फत सेवा प्रयोग गर्न आवेदन गर्दा ग्राहकले कम्पनीद्वारा निर्धारण गरिएका प्रक्रिया अनुरुप कम्पनीको वेबसाइटमा सदस्य विवरण दर्ता गर्ने सहितका आवश्यक प्रक्रिया पुरा गरी कम्पनीको सदस्य बन्नका लागि दर्ता आवेदन दिनुपर्नेछ ।
      • २. माथिल्लो अनुच्छेदमा उल्लिखित आवेदन प्राप्त भएपछि कम्पनीले कम्पनीद्वारा निर्धारण गरिएको प्रक्रिया बमोजिम दर्ता समीक्षा गरी यदि दर्ता स्वीकृत भएमा कम्पनीले अपराधबाट प्राप्त आम्दानीको हस्तान्तरण रोकथाम सम्बन्धी ऐन, आदि अनुसार कम्पनीद्वारा निर्धारण गरिएको प्रक्रिया बमोजिम ग्राहकको परिचय प्रमाणीकरण गर्नेछ र ग्राहकलाई अस्थायी लगइन पासवर्ड जारी गर्नेछ । कम्पनीले आवश्यक ठानेमा ग्राहकको टेलिफोन नम्बर, आदिमा सम्पर्क गर्न सक्नेछ ।
      • ३. यदि कम्पनीले माथिल्लो अनुच्छेदमा निर्दिष्ट परिचय प्रमाणीकरण गर्न नसकेमा वा कम्पनीले ग्राहकसँग सम्पर्क गर्न खोज्दा पनि ग्राहकसम्म पुग्न नसकेको अवस्थामा कम्पनीले ग्राहक दर्ता गर्ने छैन । साथै कम्पनीले ग्राहकको सदस्य विवरण शङ्कास्पद ठानेको अवस्थामा पनि दर्ता नगर्न सक्नेछ । ग्राहकको दर्ता अस्वीकृत गरेको कारणले ग्राहकलाई हुने कुनै पनि नोक्सानीका लागि कम्पनीलाई जिम्मेवार ठहरिने छैन ।
      • ४. इन्टरनेटमार्फत दर्ता प्रक्रिया पूरा गरेका ग्राहकले निम्न कार्यहरू गर्नु पर्नेछ: (क) माथिल्लो अनुच्छेद २ अनुसार कम्पनीले जारी गरेको अस्थायी लगइन पासवर्ड र अनुच्छेद १ अनुसार आवेदनको समयमा निर्दिष्ट प्रयोगकर्ता नाम प्रयोग गरी कम्पनीको वेबसाइटको सेवाहरूको पृष्ठमा लगइन गर्ने (ख) दर्ता प्रक्रियाको समयमा कम्पनीलाई दिएको सदस्य विवरण सही छ भनी पुष्टि गर्ने र यदि कुनै त्रुटि वा परिवर्तन पाइएको खण्डमा कम्पनीले निर्दिष्ट गरेको प्रक्रिया बमोजिम सही सदस्य विवरण उपलब्ध गर्ने, (ग) सेवाहरूको पृष्ठमा देखाएका यी नियम तथा शर्तहरूमा सहमति जनाउने, र (घ) अस्थायी लगइन पासवर्डलाई स्थायी लगइन पासवर्डमा परिवर्तन गर्ने र कारोबार पासवर्ड राख्ने प्रक्रियाहरू पूरा गर्ने ।
      • ५. माथिल्लो अनुच्छेदमा उल्लेखित लगइन पासवर्ड र कारोबार पासवर्ड राख्ने प्रक्रियाहरू पूरा भएपछि सदस्यता दर्ता पूर्ण भएको मानिनेछ र ग्राहक सेवाहरूको सदस्य बन्नेछ ।

       

       

      धारा ६. (टेलिफोनमार्फत सदस्यता दर्ता प्रक्रिया)

      • १. ग्राहकले कम्पनीले अनुमति दिएको टेलिफोन वा अन्य सञ्चार माध्यम मार्फत सेवा प्रयोग गर्न आवेदन गर्दा ग्राहकले सदस्य विवरण सूचित गर्ने लगायत कम्पनीद्वारा निर्धारण गरिएको प्रक्रियाहरू पूरा गरी सदस्य बन्नका लागि दर्ता आवेदन गर्नुपर्नेछ ।
      • २. माथिल्लो अनुच्छेदमा उल्लिखित आवेदन प्राप्त भएपछि कम्पनीले कम्पनीद्वारा निर्धारण गरिएको प्रक्रिया बमोजिम दर्ता समीक्षा गरी यदि दर्ता स्वीकृत भएमा कम्पनीले अपराधबाट प्राप्त आम्दानीको हस्तान्तरण रोकथाम सम्बन्धी ऐन आदि अनुसार कम्पनीद्वारा निर्धारण गरिएको प्रक्रिया बमोजिम ग्राहकको परिचय प्रमाणीकरण गर्नेछ र ग्राहकलाई तोकिएको कारोबार सम्बन्धी कागजातहरू (रेमिट कार्ड समेत) पठाउनेछ । कम्पनीले आवश्यक ठानेमा ग्राहकको टेलिफोन नम्बर आदिमा सम्पर्क गर्न सक्नेछ ।
      • ३. माथिल्लो अनुच्छेदमा निर्दिष्ट प्रक्रिया बमोजिम कारोबार सम्बन्धी कागजातहरू प्राप्त गर्ने ग्राहक सेवाहरूको सदस्य बन्नेछ ।
      • ४. यदि कम्पनीले माथिल्लो अनुच्छेदमा निर्दिष्ट परिचय प्रमाणीकरण गर्न नसकेमा वा कम्पनीले यस धाराको अनुच्छेद २ बमोजिम ग्राहकसँग सम्पर्क गर्न खोज्दा पनि ग्राहकसम्म पुग्न नसकेको अवस्थामा कम्पनीले ग्राहक दर्ता गर्ने छैन । साथै कम्पनीले ग्राहकको सदस्य विवरण शङ्कास्पद ठानेको अवस्थामा पनि दर्ता नगर्न सक्नेछ । ग्राहकको दर्ता अस्वीकृत गरेको कारणले ग्राहकलाई हुने कुनै पनि नोक्सानीका लागि कम्पनीलाई जिम्मेवार ठहरिने छैन ।
      • ५. सदस्यता आवेदनको समयमा कम्पनीलाई प्रस्तुत गरिएको सदस्य विवरणमा त्रुटि पाइएको वा परिवर्तन भएको अवस्थामा ग्राहकले कम्पनीले तोकेको प्रक्रिया बमोजिम तुरुन्तै सही सदस्य विवरण कम्पनीलाई सूचित गर्नुपर्नेछ ।

       

       

      धारा ७. (प्रत्यक्ष रूपमा सदस्यता दर्ता गर्ने प्रक्रिया)

      • १. सेवाहरूको प्रयोगको लागि प्रत्यक्ष रूपमा आवेदन गर्दा ग्राहकले कम्पनीद्वारा निर्धारित प्रक्रिया बमोजिम सदस्य बन्नका लागि दर्ता आवेदन दिनुपर्नेछ ।
      • २. माथिल्लो अनुच्छेदमा उल्लिखित आवेदन प्राप्त भएपछि कम्पनीले ग्राहकको परिचय प्रमाणीकरण गरी अपराधबाट प्राप्त आम्दानीको हस्तान्तरण रोकथाम सम्बन्धी ऐन आदि अनुसार दर्ता समीक्षा गर्नेछ र यदि दर्ता स्वीकृत भएमा कम्पनीले ग्राहकलाई कम्पनीद्वारा निर्दिष्ट प्रक्रिया बमोजिम सूचना प्रदान गर्नेछ ।
      • ३. माथिल्लो अनुच्छेद बमोजिम सूचना प्राप्त गर्ने ग्राहक सेवाहरूको सदस्य बन्नेछ ।
      •  

         

        धारा ८. (रकम स्थानान्तरण जगेडा खाता)

        • १. कम्पनीले सदस्य बनेका प्रत्येक ग्राहकका लागि एक खाता तोक्नेछ (यसपछि “रकम स्थानान्तरण जगेडा खाता” भनिएको) जसको प्रयोग रकम स्थानान्तरण जगेडा र रकम प्राप्ति सेवा मार्फत प्राप्त गर्नुपर्ने रकम (यसपछि “रकम स्थानान्तरण प्राप्ति” भनिएको) व्यवस्थापन गरिनेछ ।
      • २. मोबाइल एप्लिकेशन रकम स्थानान्तरण सेवा वा इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गर्ने ग्राहकहरूले रकम स्थानान्तरण जगेडा खातामा निम्नमध्ये कुनै एक विधिबाट रकम जम्मा गर्नुपर्नेछ ।
      • (१) ग्राहकको बैंक खाताबाट बैंक स्थानान्तरण (जापान पोस्ट बैंक कं. लिमिटेड सहित) मार्फत;
        (२) कनभिनियन्स स्टोर भुक्तानी पर्ची (convenience store payment slip) मार्फत; वा
        (३) डिपोजिट कार्ड मार्फत ।
      • रकम स्थानान्तरण जगेडा खातामा जापानी मुद्रा (Japanese Yen) मा मात्र रकम जम्मा गनु पर्नेछ र रकम स्थानान्तरण जगेडा खातामा रकम जम्मा भएको नभएको जाँच गर्ने जिम्मेवारी ग्राहकको हुनेछ ।
      • ३. पूर्व-दर्ता गरिएको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोग गर्ने ग्राहकहरूले रकम स्थानान्तरण जगेडा खातामा रकम जम्मा गर्न कम्पनीले प्रदान गरेको रेमिट कार्ड वा रकम स्थानान्तरण प्रयोग गर्नुपर्नेछ । रकम स्थानान्तरण जगेडा खातामा जापानी मुद्रामा मात्र जम्मा गर्नु पर्नेछ र रकम स्थानान्तरण जगेडा खातामा रकम जम्मा भएको नभएको जाँच गर्ने जिम्मेवारी ग्राहकको हुनेछ ।
      • ४. ग्राहकहरूले यस धारा अनुसार आफूहरुले रकम स्थानान्तरण जगेडा खातामा जम्मा गर्ने निक्षेपहरू केवल रकम स्थानान्तरण जगेडाका रूपमा स्वीकार गरिएको हो र ती निक्षेपहरूको प्रकृति बैंकहरूद्वारा प्रदान गरिएको निक्षेप, बचत वा किस्ता बचत, आदि (अर्थात बैंकिङ ऐनको (१९८१ सालको ऐन नं. ५९ र त्यसका संशोधनहरू सहित; यस पछि सोही अर्थ लाग्ने) धारा २ को अनुच्छेद ४ मा उल्लेखित किस्ता बचत आदि) निक्षेपहरूभन्दा भिन्न प्रकृतिका हुन्छ र यस खाताको निक्षेपहरूमा कुनै ब्याज लाग्दैन र ग्राहकले रकम स्थानान्तरण उद्देश्य बाहेकको रकम यसमा राख्न हुँदैन भन्ने कुरा ग्राहकले अग्रिम एवं पूर्ण रूपमा बुझेको र स्वीकार गरेका छन् ।
      •  

         

        धारा ९. (प्रयोगको स्थितीको पुष्टि, आदि)

        • १. ग्राहकहरूले कम्पनीको वेबसाइटमार्फत रकम स्थानान्तरण जगेडा खाताको गतिविधि अभिलेखहरु, रकम स्थानान्तरण जगेडा खातामा रहेको रकम, तथा सेवाहरूको प्रयोग सम्बन्धी अभिलेखहरु हेर्न सक्नेछन् ।
        • २. कम्पनीले ग्राहकको सेवाहरूको प्रयोग सम्बन्धी अभिलेखहरु उचित अवधि सम्म कायम राख्नेछ । सेवाहरूको प्रयोग सम्बन्धी विवरणबारे कम्पनी र ग्राहकबीच कुनै शङ्का उत्पन्न भएमा कम्पनीका अभिलेखहरू मान्य हुनेछ ।

         

         

        धारा १०. (रकम स्थानान्तरण जगेडाको फिर्ता)

        • 1. सेवाहरू प्रयोग गर्ने ग्राहकहरूले कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइटमार्फत वा कम्पनीले तोकेको अन्य प्रक्रिया बमोजिम रकम स्थानान्तरण जगेडा खाताबाट रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।
        • 2. माथिल्लो अनुच्छेदमा उल्लिखित रकम फिर्ताको प्रक्रिया ग्राहकको नाममा रहेको बैंक बचत खातामा बैंक स्थानान्तरणमा मात्र सीमित हुनेछ ।
        • 3. माथिल्लो अनुच्छेद २ मा उल्लिखित रकम फिर्ता प्रक्रियाका लागि ग्राहकले धारा ३८.१(४) मा तोकिएको निकासी शुल्क तिर्नुपर्नेछ ।
        • 4. कम्पनीले माथिल्लो अनुच्छेदमा निर्दिष्ट निकासी शुल्क फिर्ता गर्न पर्ने रकम स्थानान्तरण जगेडाबाट सो शुल्क घटाएर प्राप्त गर्नेछ ।
        •  

           

          धारा १०-२. (रेमिटको लागि नतोकिएको रकम स्थानान्तरण जगेडा तथा अन्य रकमको फिर्ता)

          • 1. यदि ग्राहकको रकम स्थानान्तरण जगेडा निश्चित अवधिसम्म प्रयोग नभएमा वा ग्राहकको रकम स्थानान्तरण जगेडा जापानी मुद्रा JPY १,०००,००० भन्दा बढी भएमा कम्पनीले उक्त ग्राहकसँग रेमिट तालिकाबारे जानकारीका लागि सम्पर्क गर्न सक्नेछ । यस्तो अवस्थामा कम्पनीले ग्राहकबाट रेमिट तालिकाबारे कुनै निश्चित प्रतिक्रिया प्राप्त नगरेको, ग्राहकसँग सम्पर्क गर्न नसकेको, वा कम्पनीले उक्त रकमको पूर्ण वा आंशिक भागको लागि कुनै निश्चित रेमिट तालिका नभएको ठानेमा कम्पनीले ग्राहकलाई रकम स्थानान्तरण जगेडा पूर्ण वा आंशिक रुपमा फिर्ता गर्न सक्नेछ । यस प्रकारको रकम स्थानान्तरण जगेडा फिर्ता गर्दा कम्पनीको मुख्य कार्यालयमा कम्पनीले तोकेको तरिकामा र कम्पनीद्वारा निर्धारित प्रक्रियाहरू पूरा गरी गरिनेछ ।
          • 2. माथिल्लो अनुच्छेदमा उल्लेखित फिर्ताका लागि ग्राहकले धारा ३८.१(५) मा तोकिएको फिर्ता शुल्क तिर्नुपर्नेछ । कम्पनीले उक्त फिर्ता शुल्क फिर्ता गरिने रकम स्थानान्तरण जगेडाबाट घटाएर प्राप्त गर्नेछ; तथापि यदि फिर्ता शुल्क रकम स्थानान्तरण जगेडा भन्दा बढी भएमा ग्राहकले छुट्टै फिर्ता शुल्क तिर्नुपर्नेछ । साथै यदि फिर्ता शुल्क रकम स्थानान्तरण जगेडा भन्दा बढी छ र ग्राहकले छुट्टै फिर्ता शुल्क तिर्न नसकेको वा अन्य कारणले ग्राहकको निर्दिष्ट बैंक खातामा रकम फिर्ता गर्न नसकेको अवस्थामा सोबाट उत्पन्न हुने कुनै पनि नोक्सानीको लागि कम्पनी जिम्मेवार हुनेछैन ।
          •  

             

            धारा ११. (पासवर्डको व्यवस्थापन तथा अन्य)

            • 1. यदि ग्राहकले सेवाहरूको प्रयोगसँग सम्बन्धित कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइट प्रयोग गर्दछ भने ग्राहकले आफ्नो प्रयोगकर्ता नाम, लगइन पासवर्ड र कारोबार पासवर्ड (प्रयोगकर्ता नामसँगै, यसपछि “पासवर्ड, आदि” भनिएको) आफ्नै जिम्मेवारीमा कुनै तेस्रो पक्षले थाहा नपाउने गरी कडाईका साथ व्यवस्थापन गर्नुपर्नेछ । ग्राहकले यी पासवर्ड, आदि कुनै तेस्रो पक्षलाई सापट, जम्मा, हस्तान्तरण वा सुरक्षा दावीको रूपमा प्रदान गर्न सक्ने छैन ।
            • 2. यदि ग्राहकले पासवर्ड, आदि गुमाए वा तेस्रो पक्षले थाहा पाएको हुन सक्ने सम्भावना रहेमा ग्राहकले तुरुन्तै कम्पनीद्वारा निर्धारित प्रक्रिया बमोजिम पासवर्ड, आदि परिवर्तन गर्ने प्रक्रिया सुरु गर्नुपर्नेछ ।
            • 3. अनुच्छेद १ को प्रावधान उल्लंघन गर्ने ग्राहक वा जसको पासवर्ड, आदि ग्राहककै कारण तेस्रो पक्षले थाहा पाएको खण्डमा त्यसबाट हुने कुनै पनि नोक्सानीका लागि कम्पनी जिम्मेवार हुनेछैन।
            • 4. ग्राहकले लगइन पासवर्ड र कारोबार पासवर्ड राख्दा प्रयोगकर्ता नाम, ग्राहकको पहिचान गर्न कम्पनीले जारी गरेको नम्बर (“ग्राहक नम्बर”), ग्राहकको इमेल ठेगाना संग मिल्दो जुल्दो वा केवल अंक, ठूला अक्षर, साना अक्षर वा विषेश चिन्ह मात्र प्रयोग गरेर बनेको पासवर्ड, ८ वा सो भन्दा बढी अंकको निरन्तर अंक अनुक्रम वा कम्पनीले अनुपयुक्त ठानेका अन्य पासवर्डहरू राख्नु हुदैन । साथै सजिलै अनुमान गर्न सकिने टेलिफोन नम्बर वा अन्य नम्बरको प्रयोग नगर्न र निश्चित अन्तरालमा पासवर्ड, आदि परिवर्तन गर्न सिफारिस गरिन्छ ।
            • 5. ग्राहकले कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइट मार्फत कम्पनीद्वारा निर्धारित प्रक्रिया अनुसार समय समयमा पासवर्ड, आदि परिवर्तन गर्न सक्नेछ । यस्तो अवस्थामा कम्पनीले धारा १३ मा निर्दिष्ट प्रक्रिया बमोजिम ग्राहकको परिचय प्रमाणीकरण गर्नेछ ।
            • 6. यदि ग्राहकले पासवर्ड, आदि गुमाएमा कम्पनीद्वारा निर्धारित प्रक्रियाहरू अपनाउनेछ । यदि पासवर्ड, आदि प्रयोग गरेर ग्राहकको पहिचान गर्न नसकिने भएमा ग्राहकले कम्पनीद्वारा तोकिएको प्रक्रिया बमोजिम आवश्यक जानकारी कम्पनीलाई सूचित गरी अस्थायी लगइन पासवर्ड जारी गर्न आवेदन दिन सक्नेछ । कम्पनीले उक्त आवेदन प्राप्त गरेपछि यदि ग्राहकलाई अस्थायी लगइन पासवर्ड जारी गर्न स्वीकृत गरेमा कम्पनीले सो पासवर्ड ग्राहकलाई जारी गर्नेछ । अस्थायी लगइन पासवर्ड प्राप्त गर्ने ग्राहकले (१) अस्थायी लगइन पासवर्डलाई स्थायी लगइन पासवर्डमा परिवर्तन गर्ने र (२) कारोबार पासवर्ड राख्ने कार्य गर्नुपर्नेछ ।
            • 7. यदि ग्राहकले लगइन पासवर्ड वा कारोबार पासवर्ड दर्ता गरिएको भन्दा फरक पासवर्ड लगातार कम्पनीले तोकेको संख्या भन्दा बढी पटक प्रविष्ट गरेमा कम्पनीले कम्पनीद्वारा तोकिएको अवधिका लागि पासवर्ड, आदिको व्यवस्थापन बन्द गर्नेछ ।
            •  

               

              धारा १२. (रेमिट कार्ड र डिपोजिट कार्डको व्यवस्थापन, आदि)

              • 1. कम्पनीले रेमिट कार्ड रकम स्थानान्तरण सेवा प्रयोग गर्न आवेदन गर्ने ग्राहकलाई रेमिट कार्ड उपलब्ध गराउने छ । साथै कम्पनीले इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गर्न आवेदन गर्ने र डिपोजिट कार्ड प्रयोग गर्न चाहने ग्राहकलाई डिपोजिट कार्ड उपलब्ध गराउने छ ।
              • 2. रेमिट कार्ड र डिपोजिट कार्डको स्वामित्व कम्पनीसँग रहनेछ । ग्राहकहरूले रेमिट कार्ड र डिपोजिट कार्ड तथा सोमा देखाइएका ग्राहक नाम, ग्राहक नम्बर, आदि (यसपछि “कार्ड विवरण” भनिएको) जिम्मेवारी पूर्वक प्रयोग र व्यवस्थापन गर्नुपर्नेछ ।
              • 3. ग्राहकहरूले रेमिट कार्ड र डिपोजिट कार्ड अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा बाहेक अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न हुदैन ।
              • 4. ग्राहकले रेमिट कार्ड वा डिपोजिट कार्ड कुनै तेस्रो पक्षलाई सापट, जम्मा, हस्तान्तरण वा सुरक्षा दावीको रूपमा प्रदान गर्न वा कार्ड विवरण कुनै तेस्रो पक्षलाई प्रयोग गर्न अनुमति दिन हुदैन।
              • 5. ग्राहकले रेमिट कार्ड वा डिपोजिट कार्डको नकली बनाउन वा परिमार्जन गर्न वा गराउन हुदैन।
              • 6. रेमिट कार्ड वा डिपोजिट कार्ड हराएको, चोरी भएको, क्षतिग्रस्त भएको वा बिग्रेको, वा कार्ड विवरण हराएको, अनधिकृत रूपमा प्राप्त भएको वा परिमार्जन भएको अवस्थामा ग्राहकले तुरुन्तै कम्पनीद्वारा निर्धारित प्रक्रिया अपनाउनु पर्नेछ । साथै यस्ता घटनाका कारण ग्राहकले कुनै नोक्सानी भोग्न परेमा त्यसका लागि कम्पनी वा सम्बद्ध संस्था कुनै पनि अवस्थामा जिम्मेवार हुने छैन ।
              • 7. माथिल्लो अनुच्छेदमा उल्लेखित कुनै पनि घटना घटेमा ग्राहकले आफ्नो रेमिट कार्ड वा डिपोजिट कार्ड पुनः जारी गराउन सक्नेछ ।
              • 8. कम्पनीले व्यापार सञ्चालन, कार्ड जानकारीको व्यवस्थापन वा सुरक्षा आदिका निम्ती आवश्यक ठानेमा रेमिट कार्ड वा डिपोजिट कार्डमा देखाइएका ग्राहक नम्बर परिवर्तन गर्न सक्नेछ ।
              • 9. यदि कम्पनीले तर्कसंगत रूपमा ग्राहकले यी नियम तथा शर्तहरू उल्लंघन गरेको ठानेमा, ग्राहकले यी नियम तथा शर्तहरूमा असहमति जनाएमा, वा कम्पनीले अन्यथा आवश्यक ठानेमा ग्राहकले उक्त रेमिट कार्ड वा डिपोजिट कार्ड फिर्ता गर्नुपर्नेछ वा काटेर नष्ट गर्नुपर्नेछ ।
              • 10. यस धारा १२ का प्रावधानहरू ग्राहकले रेमिट कार्ड वा डिपोजिट कार्ड प्राप्त गरेको समयदेखि पूर्ववत् रुपमा लागू हुनेछ ।
              •  

                 

                धारा १३. (मोबाइल एप्लिकेशन रकम स्थानान्तरण वा इन्टरनेट रकम स्थानान्तरणको समयमा परिचय प्रमाणीकरण)

                • १. कम्पनीले मोबाइल एप्लिकेशन रकम स्थानान्तरण सेवा वा इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गर्न लागेको ग्राहकको परिचय प्रमाणीकरण गर्नका लागि ग्राहकले कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइट वा धारा ४.२ वा धारा ५.४ अनुसार पूर्वनिर्धारित पासवर्ड, आदि प्रयोग गरेर प्राप्त गर्ने सेवाहरु मार्फत सेवा पृष्ठमा लगइन गर्दा प्रविष्ट गरेको पासवर्ड, आदिलाई तुलना गरी मेल खाए नखाएको प्रमाणिकरण गर्नेछ ।
                • २. यदि माथिको परिचय प्रमाणीकरण अनुसार ग्राहक वैध प्रयोगकर्ता ठहरिएमा कम्पनीले त्यस्तो निर्णयका आधारमा पासवर्ड, आदिसँग सम्बन्धित कुनै पनि जालसाजी, परिमार्जन, चोरी, अनधिकृत प्रयोग वा अन्य घटना भएको भए पनि प्रमाणिकरण पश्चात भएका कुनै पनि कारोबारलाई कम्पनीले वैध मान्नेछ र यसबाट उत्पन्न हुने कुनै पनि नोक्सानीका लागि कम्पनी वा सम्बद्ध संस्था कुनै पनि अवस्थामा जिम्मेवार हुने छैन ।
                •  

                   

                  धारा १४. (रेमिट कार्ड रकम स्थानान्तरणको समयमा परिचय प्रमाणीकरण)

                  • १. कम्पनीले रेमिट कार्ड रकम स्थानान्तरण सेवा प्रयोग गर्ने ग्राहकहरूले रकम स्थानान्तरण जगेडा खातामा निक्षेप जम्मा गर्दा रेमिट कार्डबाट ग्राहकको पहिचान प्रमाणीकरण गर्नेछ ।
                  • २. माथिल्लो अनुच्छेद बमोजिम परिचय प्रमाणीकरण गर्दा ग्राहक वैध प्रयोगकर्ता ठहरिएमा कम्पनीले त्यस्तो निर्णयका आधारमा रेमिट कार्डसँग सम्बन्धित कुनै पनि जालसाजी, परिमार्जन, चोरी, अनधिकृत प्रयोग वा अन्य घटना भए तापनि प्रमाणिकरण पश्चात भएका कुनै पनि कारोबारलाई कम्पनीले वैध मान्नेछ र यसबाट उत्पन्न हुने कुनै पनि नोक्सानीका लागि कम्पनी वा सम्बद्ध संस्था कुनै पनि अवस्थामा जिम्मेवार हुने छैन ।
                  •  

                     

                    धारा १५. (फुरिकोमी रकम स्थानान्तरणको समयमा परिचय प्रमाणीकरण)

                    • १. कम्पनीसँगको रकम स्थानान्तरण जगेडा खातामा ग्राहकको निक्षेप जम्मा गर्दा कम्पनीले फुरिकोमी रकम स्थानान्तरण सेवा प्रयोग गर्ने ग्राहकहरूको उनीहरूले आफ्नै नाममा रहेको बैंक खाताबाट कम्पनीद्वारा निर्दिष्ट वित्तीय संस्थामा रकम जम्मा गर्दाको अवस्थामा परिचय प्रमाणीकरण गर्नेछ । यदि उक्त परिचय प्रमाणीकरणका आधारमा ग्राहक वैध प्रयोगकर्ता ठहरिएमा कम्पनीले त्यस्तो निर्णयको आधारमा रकम स्थानान्तरण जगेडा खातासँग सम्बन्धित चोरी, अनधिकृत प्रयोग वा अन्य कुनै घटना भए तापनि प्रमाणिकरण पश्चात भएका कुनै पनि कारोबारलाई कम्पनीले वैध मान्नेछ र यसबाट उत्पन्न हुने कुनै पनि नोक्सानीका लागि कम्पनी वा सम्बद्ध संस्था कुनै पनि अवस्थामा जिम्मेवार हुने छैन ।
                    • २. माथिल्लो अनुच्छेदमा उल्लेखित विधिबाट रकम जम्मा गर्ने ग्राहकहरूले कम्पनीले सूचित गरेको खाता नम्बरलाई गोप्य राख्नु पर्नेछ र सो खाता नम्बर खुलाउन, प्रकटीकरण गर्न वा तेस्रो पक्षलाई प्रयोग गर्न अनुमति दिनु हुँदैन । यदि ग्राहकले खाता नम्बर बिर्सेमा वा तेस्रो पक्षले खाता नम्बर थाहा पाएको हुन सक्ने सम्भावना भएमा ग्राहकले तुरुन्तै कम्पनीलाई सूचित गरी कम्पनीका निर्देशनहरू पालना गर्नु पर्नेछ ।
                    •  

                       

                      धारा १६. (परिचय पुनः प्रमाणीकरण, आदि)

                      यी नियम तथा शर्तहरु अनुरुप परिचय प्रमाणीकरण भए तापनि यदि अपराधबाट प्राप्त रकमको हस्तान्तरण रोकथाम सम्बन्धी ऐन तथा अन्य सम्बन्धित कानुन बमोजिम परिचय प्रमाणीकरण आवश्यक पर्न आएमा वा कम्पनीले अन्यथा आवश्यक ठानेमा ग्राहकले कम्पनीले तोकिएको आवश्यक कागजातहरू पुनः पेश गर्नुपर्ने हुन सक्छ ।

                       

                      धारा १७. (सदस्य विवरणमा परिवर्तन)

                      • १. यदि ग्राहकको कम्पनीलाई सूचित गरिएको नाम, ठेगाना वा अन्य सदस्य विवरण परिवर्तन भएको छ वा भइसकेको छ भने ग्राहकले तुरुन्तै कम्पनीद्वारा तोकिएको प्रक्रिया बमोजिम सदस्य विवरण परिवर्तन गर्ने प्रक्रिया अपनाउनु पर्नेछ ।
                      • २. ग्राहकले कम्पनीलाई सूचित गरेको सदस्य विवरण अन्य कुनै व्यक्तिको भए तापनि त्यसबाट उत्पन्न कुनै नोक्सानीका लागि कम्पनी जिम्मेवार हुनेछैन ।
                      • ३. ग्राहकले कम्पनीलाई सूचित गरेको सदस्य जानकारीमा कुनै त्रुटी भएको, सदस्य जानकारी परिवर्तन भएको, वा ग्राहकले सदस्य जानकारी परिवर्तन गर्ने प्रक्रिया नअपनाएको कारणले उत्पन्न हुने कुनै पनि नोक्सानीका लागि कम्पनी जिम्मेवार हुने छैन ।
                      •  

                         

                        धारा १८. (सूचना र घोषणा गर्ने तरिका)

                        • १. यी नियम तथा शर्तहरु बमोजिम कम्पनीद्वारा जारी कुनै पनि सूचना वा घोषणा कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइटमा प्रकाशन गरि, SMS वा ईमेल पठाई, वा अन्य विधिबाट जानकारी गराइनेमा ग्राहकहरूको सहमति हुनेछ ।
                        • २. ग्राहकको ईमेल ठेगाना, फोन नम्बर वा ठेगानामा कम्पनीले पठाएको कुनै पनि सूचना संचारमा आएका समस्याका कारण, सदस्य जानकारीमा भएको त्रुटी वा परिवर्तन नभएको कारण, वा कम्पनीसंग असम्बन्धित अन्य कुनै कारणले ग्राहक सम्म पुग्न ढिलाइ भए वा नपुगे तापनि उक्त सूचना सामान्यतया पुग्ने समयमा नै प्राप्त भएको मानिने विषयमा ग्राहकहरूको सहमति हुनेछ ।
                        • ३. ग्राहकहरूले कम्पनीले तोकेको सीमासम्म बहु ईमेल ठेगाना दर्ता गर्न सक्नेछन् । कम्पनीले अलग व्यवस्था गरेको अवस्थामा बाहेक कम्पनीले ग्राहकले छानेको सूचना ग्राहकले निर्दिष्ट गरेको ईमेल ठेगानामा पठाउनेछ ।
                        • ४. कम्पनीले विभिन्न नियम तथा शर्तहरुका विषयहरु, विवरणहरु (र तिनमा भएको परिवर्तनहरू सहित), मार्गदर्शनहरू, सम्झौता विवरण, कारोबार इतिहास, आदि लिखित रुपमा (मेलमार्फत) उपलब्ध गराउनुको सट्टा विद्युतीय माध्यम (जस्तै कम्पनीको वेबसाइट, मोबाइल एप्लिकेशन, ईमेल, आदि) मार्फत उपलब्ध गराउन सक्नेमा ग्राहकहरूको सहमति हुनेछ । यद्यपी केही कागजातहरू लिखित रुपमा (मेलमार्फत) उपलब्ध गराइने पनि हुन सक्छ ।
                        •  

                           

                          धारा १९. (हस्तान्तरण र धरौटी, आदिमा निषेध)

                          • १. ग्राहकहरूले कम्पनीसँगको कारोबारमा आफ्नो स्थिति वा कम्पनीसँगको कारोबारसँग सम्बन्धित अन्य कुनै अधिकारलाई कम्पनीको पूर्वअनुमति बिना तेस्रो पक्षलाई हस्तान्तरण, सापट, धरौटी वा अन्य कुनै तरिकाले प्रदान गर्न, वा तेस्रो पक्षलाई सो अधिकार प्रयोग गर्न सक्षम बनाउन सक्ने छैन ।
                          • २. माथिल्लो अनुच्छेदको प्रावधान उल्लङ्घन गर्ने ग्राहकले भोगेको कुनै पनि नोक्सानीको लागि कम्पनी जिम्मेवार हुने छैन ।
                          •  

                             

                            धारा २०. (गैर-सामाजिक शक्तिहरूको बहिष्कार)

                            • १. ग्राहक स्वयं र उनीहरूको कर्मचारीहरु, आदि हाल कुनै पनि सङ्गठित आपराधिक समूह, सो समूहको सदस्य, पछिल्लो पाँच (५) वर्षमा सङ्गठित आपराधिक समूहको सदस्य भएको व्यक्ति, सङ्गठित आपराधिक समूहको अर्धसदस्य, सङ्गठित आपराधिक समूहसँग सम्बद्ध संस्था, आपराधिक समूहद्वारा सञ्चालित व्यापारिक संस्था, सामाजिक आन्दोलन आदि मार्फत आपराधिक गतिविधिमा संलग्न पक्ष, विशेष ज्ञान प्रयोग गरी हिंसात्मक कार्य गर्ने संगठन, वा यस्ता कुनै पनि प्रकारका अन्य पक्ष (यसपछि सामूहिक रुपमा “सङ्गठित अपराध समूहका सदस्य, आगि” भनिएको) नरहेको र निम्न उल्लिखित कुनै पनि अवस्थाहरू हाल र भविष्यमा पनि लागू नहुने प्रत्याभूति गर्दछन्:
                            • (१) यस्तो कुनै सम्बन्ध रहेको जुन सम्बन्धको कारणले ग्राहकलाई सङ्गठित अपराध समूहका सदस्य, आदि द्वारा नियन्त्रित ठानिने;
                              (२) यस्तो कुनै सम्बन्ध रहेको जुन सम्बन्धको कारणले सङ्गठित अपराध समूहका सदस्य, आदिको ग्राहकको व्यवस्थापनमा प्रभावशाली संलग्न रहेको ठानिने;
                              (३) यस्तो कुनै सम्बन्ध रहेको जुन सम्बन्धको कारणले ग्राहक सङ्गठित अपराध समूहका सदस्य, आदि लाई अनुचित तरिकाले प्रयोग गरिरहेको ठानिने जस्तै (तर यसैमा सीमित नरहने गरी) आफ्नो, आफ्नो कम्पनीको, वा तेस्रो पक्षको लागि अवैध लाभ प्राप्त गर्ने, वा तेस्रो पक्षलाई क्षति पुर्‍याउने उद्देश्यले गरेको कार्य;
                              (४) यस्तो कुनै सम्बन्ध रहेको जुन सम्बन्धको कारणले गर्दा ग्राहकले सङ्गठित अपराध समूहका सदस्य, आदिलाई रकम वा अन्य लाभ प्रदान गरी त्यससँग संलग्न रहेको ठानिने; वा
                              (५) व्यवस्थापनमा प्रत्यक्ष संलग्न कुनै पदाधिकारी वा व्यक्ति सङ्गठित अपराध समूहका सदस्य आदि सँग सामाजिक रूपमा निन्दनीय सम्बन्धमा रहेको ठानिने ।
                              • २. ग्राहक स्वयंम वा तेस्रो पक्षमार्फत निम्न लिखित कार्यहरू नगर्ने र नगराउने प्रतिज्ञा गर्दछन्:
                              • (१) हिंसात्मक मागहरु गर्नु;
                                (२) कानुनी दायित्वभन्दा बढीको आधारहीन मागहरू गर्नु;
                                (३) कुनै कारोबारको सन्दर्भमा हिंसात्मक कार्यहरू गर्नु वा डर त्रास उत्पन्न गर्ने अभिव्यक्तिहरू दिनु;
                                (४) कम्पनीको वा कम्पनीको व्यवसायको प्रतिष्ठामा क्षति पुर्‍याउने हेतुले अफवाह फैलाउने, जालझेलपूर्ण उपायहरूको प्रयोग गर्ने, वा बल प्रयोग गर्ने;
                                (५) माथि उल्लिखित कार्यहरू सरहका अन्य कुनै पनि कार्यहरू गर्नु।
                              • ३. यदि ग्राहकले माथिका दुई अनुच्छेदमा निर्दिष्ट प्रत्याभूतिहरूको उल्लङ्घन गर्दा कम्पनीलाई कुनै नोक्सानी हुन गएमा ग्राहकले सो नोक्सानीको क्षतिपूर्ती भर्नु पर्नेछ ।
                              •  

                                 

                                धारा २१. (सदस्यता रद्द, कारोबारमा प्रतिबन्ध)

                                • १. ग्राहकहरूले कम्पनीद्वारा तोकिएको प्रक्रिया बमोजिम आफ्नो सदस्यता रद्द गर्न सक्नेछन् ।
                                • २. यदि ग्राहकलाई तल उल्लेखित कुनै अवस्था लागू हुने भएमा कम्पनीले ग्राहकलाई पूर्वसूचना नदिइ सेवाहरू पूर्ण वा आंशिक रूपमा बन्द गर्न वा सदस्यता रद्द गर्न सक्नेछ । यस अनुच्छेद बमोजिम सदस्यता रद्द गर्दा खातामा जम्मा गरिएको रकम स्थानान्तरण जगेडाको व्यवस्थापन अनुच्छेद ५ को प्रावधान बमोजिम गरिनेछ । यस अवस्थामा कम्पनीले सेवाहरू बन्द गर्ने वा सदस्यता रद्द गर्ने कारण ग्राहकलाई बताउनु अनिवार्य हुनेछैन ।
                                • (१) ग्राहकले समयमै ऋण तिर्न असमर्थ भएको वा दामासाही प्रक्रिया, नागरिक पुनर्स्थापना प्रक्रिया, कर्पोरेट पुनर्गठन प्रक्रिया वा विशेष लिक्विडेशन प्रक्रियाको सुरु गर्ने निवेदन दर्ता भएको;
                                  (२) अस्थायी वा संरक्षित जफत वा सम्पत्ति जफत सम्बन्धी आदेश वा सूचना पठाइएको;
                                  (३) उत्तराधिकार प्रक्रिया सुरु भएको;
                                  (४) ग्राहकको ठेगान नलागेको;
                                  (५) ग्राहकले दुई वर्षभन्दा बढी समयदेखि सेवाहरू प्रयोग नगरेको;
                                  (६) सेवाहरू कानून, नियम, वा सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) र नैतिकताको उल्लङ्घन (अनलाइन क्यासिनोमा जुवा खेल्ने जस्ता अपराधिक कार्य समेत) गर्ने वा गर्न सक्ने उद्देश्यले प्रयोग भएको वा हुन सक्ने ठानिएको;
                                  (७) ग्राहकको वास्तविक अस्तित्व नभएको खुलासा भएको वा ग्राहकको स्वीकृति बिना सदस्यता दर्ता भएको खुलासा भएको;
                                  (८) पेश गरिएको जानकारी गलत वा पेश गरिएका कागजातहरू असत्य भएको खुलासा भएको;
                                  (९) धारा १६ बमोजिम पहिचान पुनः पुष्टि गर्न, आदि का निम्ती आवश्यक कागजात (बसोबास प्रमाणपत्र, आदि) पेश गर्न अनुरोध गर्दा पनि पेश नगरेको (यसमा कम्पनीले तोकेको मिति भित्र कम्पनीमा सम्पर्क नगरेको, कागजात पेश गर्न अनुरोध गरी ठेगानामा पठाइएको सूचना पुग्न नसकी फर्किएको वा ग्राहकले पेश गरेको फोन नम्बरबाट सम्पर्क गर्न नसकिएको अवस्था समेत समावेश हुने);
                                  (१०) कम्पनीसँगको कारोबार सम्बन्धी नियमानुसार सदस्यता समाप्त गर्ने आधार भएको;
                                  (११) ग्राहकले यी नियम तथा शर्त वा कारोबार सम्बन्धी कुनै नियमहरुको उल्लङ्घन गरेको;
                                  (१२) ग्राहकले धारा २०.१ वा २०.२ मा उल्लेखित प्रतिज्ञाहरू उल्लङ्घन गरेको वा उल्लङ्घन गरेको शंका गरिएको;
                                  (१३) कम्पनीले धारा ४०.१ अनुसार कारोबार अनुगमनको लागि अन्तर्वार्तामा सहकार्य गर्न वा धारा ४०.२ अनुसार अन्तर्वार्ताको निष्कर्शलाई समर्थन गर्ने कागजात पेश गर्न अनुरोध गर्दा ग्राहकले अन्तर्वार्तामा सहभागी नभएको वा कागजात पेश नगरेको (यसमा कम्पनीले तोकेको मिति भित्र कम्पनीमा सम्पर्क नगरेको, कागजात पेश गर्न अनुरोध गरी ठेगानामा पठाइएको सूचना पुग्न नसकी फर्किएको वा ग्राहकले पेश गरेको फोन नम्बरबाट सम्पर्क गर्न नसकिएको अवस्था समेत समावेश हुने);
                                  (१४) धारा ४० को प्रावधान बमोजिम गरिएको अनुगमन वा अनुसन्धानबाट कम्पनीले आवश्यक ठानेको;
                                  (१५) तेस्रो पक्षको कोष प्रयोग गरेर रकम स्थानान्तरण गरिएको; वा
                                  (१६) माथिका उल्लेखित कारण बाहेक कम्पनीसँग सेवाहरू बन्द गर्न अन्य उचित कारण रहेको ।
                                  • 3. माथी उल्लेखित कारणहरुले सेवाहरू रोकिएको वा सदस्यता रद्द भएको अवस्थामा सदस्यले भोगेको कुनै पनि क्षतिप्रति कम्पनी कुनै पनि प्रकारले जिम्मेवार हुने छैन ।
                                  • 4. यदि अनुच्छेद २ बमोजिम सेवाहरू रोकिएको कारण ग्राहकले सदस्यता रद्द गर्न चाहेमा ग्राहकले कम्पनीले तोकेको प्रक्रिया बमोजिम आवेदन दिनुपर्नेछ । यसतो अवस्थामा कम्पनीले पहिचान पुष्टि गर्न वा अन्य अभिलेखिकरण प्रयोजनका लागि अलग कागजातहरू माग्न सक्नेछ।
                                  • 5. यदि सदस्यता रद्द गर्ने समयमा रकम स्थानान्तरण जगेडा खातामा रकम भएमा कम्पनीले सो बाँकी रकम ग्राहकलाई फिर्ता गर्नेछ । यस प्रकारको रकम स्थानान्तरण जगेडा फिर्ता गर्दा कम्पनीको मुख्य कार्यालयमा कम्पनीले तोकेको तरिकामा र कम्पनीद्वारा निर्धारित प्रक्रियाहरू पूरा गरी गरिनेछ ।
                                  • 6. माथिल्लो अनुच्छेदमा उल्लेखित रकम फिर्ताका लागि ग्राहकले धारा ३८.१(५) मा तोकिएको फिर्ता शुल्क तिर्नुपर्नेछ । कम्पनीले उक्त फिर्ता शुल्क फिर्ता गरिने रकम स्थानान्तरण जगेडाबाट घटाएर प्राप्त गर्नेछ; तथापि यदि फिर्ता शुल्क रकम स्थानान्तरण जगेडा भन्दा बढी भएमा ग्राहकले छुट्टै फिर्ता शुल्क तिर्नुपर्नेछ । साथै यदि फिर्ता शुल्क रकम स्थानान्तरण जगेडा भन्दा बढी छ र ग्राहकले छुट्टै फिर्ता शुल्क तिर्न नसकेको वा अन्य कारणले ग्राहकको निर्दिष्ट बैंक खातामा रकम फिर्ता गर्न नसकेको अवस्थामा सोबाट उत्पन्न हुने कुनै पनि नोक्सानीको लागि कम्पनी जिम्मेवार हुनेछैन ।
                                  •  

                                     

                                    धारा २२. (असक्षम वा अर्धसक्षम व्यक्तिको संरक्षक सम्बन्धी सूचना)

                                    • १. यदि पारिवारिक अदालतले कुनै ग्राहक सहयोग, माथवर वा संरक्षकत्वको दायरामा पर्ने भनि निर्णय गरेमा त्यस्तो ग्राहकले तुरुन्तै कम्पनीलाई अभिभावकको नाम र अन्य आवश्यक विवरण लिखित रूपमा सूचित गर्नुपर्नेछ ।
                                    • २. यदि पारिवारिक अदालतको निर्णय अनुसार ग्राहकको लागि स्वेच्छिक रूपमा नियुक्त संरक्षकको निरिक्षक नियुक्त गरिएको छ भने ग्राहकले तुरुन्तै कम्पनीलाई सो निरिक्षकको नाम र अन्य आवश्यक विवरण लिखित रूपमा सूचित गर्नुपर्नेछ ।
                                    • ३. यदि ग्राहकले पहिले नै सहयोग, माथवर वा संरक्षकत्व सम्बन्धी फैसला प्राप्त गरिसकेको छ वा स्वेच्छिक रूपमा नियुक्त अभिभावकको निरिक्षक पहिले नै नियुक्त गरिएको छ भने ग्राहकले कम्पनीलाई अनुच्छेद १ र २ बमोजिम सूचित गर्नुपर्नेछ ।
                                    • ४. साथै ग्राहकले उपरोक्त अनुच्छेद १ देखि ३ अनुसार दिइएको कुनै पनि विवरण रद्द वा परिवर्तन भएमा कम्पनीलाई तुरुन्तै सूचित गर्नुपर्नेछ ।
                                    • ५. उपरोक्त अनुच्छेद १ देखि ४ अनुसारका सूचनाहरू दिनु अघि ग्राहकले कम्पनीलाई सूचना नदिएको कारणले व्यहोरेको क्षतिप्रति कम्पनी कुनै पनि प्रकारले जिम्मेवार हुने छैन ।
                                    •  

                                       

                                      धारा २३. (प्रणालीमा समस्या आएको, प्राकृतिक प्रकोप परेको, आदि आवस्थामा क्षतिपूर्ति)

                                      • १. निम्न उल्लिखित अवस्थाहरुका कारण ग्राहक वा तेस्रो पक्षमा हुन गएको क्षतिप्रति कम्पनी कुनै पनि प्रकारले जिम्मेवार हुने छैन:
                                      • (१) कम्पनीसंग असम्बन्धित कारणले जस्तै काबु बाहिरको परिस्थिती जस्तै प्राकृतिक प्रकोप, आगो, दंगा आदि; ग्राहक, सञ्चार सेवा प्रदायक वा अन्य तेस्रो पक्षको सञ्चार उपकरण, लाइन, कम्प्युटरमा समस्या आएको वा सञ्चार अवरुद्ध भएको; वा अदालत वा अन्य सरकारी निकायद्वारा गरिएको कारवाहीले गर्दा सेवाहरू प्रदान गर्न ढिलाइ, असम्भवता वा यस्तै अन्य अवस्था उत्पन्न भएमा;
                                        (२) कम्पनीको प्रणाली सञ्चालनमा यथोचित सुरक्षा उपायहरू अवलम्बन गरिएको भए तापनि उपकरणहरु, सञ्चार लाइन, कम्प्युटर आदि मा समस्या उत्पन्न भई सेवाहरू प्रदान गर्न ढिलाइ, असम्भवता वा यस्तै अन्य अवस्था उत्पन्न भएमा; वा
                                        (३) रकम स्थानान्तरण प्राप्तकर्ताको नाम गलत हुनु लगायत आदी ग्राहक वा तेस्रो पक्षसँग सम्बन्धित कारणले गर्दा सेवाहरू प्रदान गर्न ढिलाइ, असम्भवता वा यस्तै अन्य अवस्था उत्पन्न भएमा ।
                                        • २. कम्पनीले यथोचित सुरक्षा उपायहरू अवलम्बन गरे तापनि सार्वजनिक टेलिफोन लाइन, निजी टेलिफोन लाइन, इन्टरनेट वा अन्य कुनै पनि सञ्चार लाइनमा अनधिकृत पहुँच (tapping) आदि भई ग्राहकको पासवर्ड, कारोबार सम्बन्धी जानकारी वा यस्तै अन्य सूचना चुहावट भई त्यसका परिणामस्वरूप कुनै पनि प्रकारको क्षति उत्पन्न भएमा त्यस्तो क्षतिप्रति कम्पनी कुनै पनि रूपमा उत्तरदायी हुने छैन ।
                                        •  

                                           

                                          धारा २४. (उत्तरदायित्व)

                                          • १. ग्राहकले सेवाहरुसँग सम्बन्धित भोगेका कुनै पनि आकस्मिक, अप्रत्यक्ष, परिणामी क्षतिहरू वा गुमाएको नाफा, आदि प्रति कम्पनी वा सम्बद्ध संस्था कुनै पनि प्रकारले जिम्मेवार हुने छैन । तथापि कम्पनी वा सम्बद्ध संस्थाबाट जानाजानी वा गम्भीर हेलचेक्र्याइँ भएको खण्डमा यो व्यवस्था लागू हुने छैन ।
                                          • २. कम्पनी वा सम्बद्ध संस्था सेवासँग सम्बन्धित क्षतिप्रति कुनै पनि दाबीमा निम्न सीमाभन्दा बढी जिम्मेवार हुने छैन: (१) ग्राहकले स्थानान्तरण गरेको रकम र भुक्तानी गरेको रकम स्थानान्तरण शुल्क; वा (२) सेवासँग सम्बन्धित रकम स्थानान्तरणमार्फत ग्राहकले प्राप्त गरेको रकम । तथापि कम्पनी वा सम्बद्ध संस्थाबाट जानाजानी वा गम्भीर हेलचेक्र्याइँ भएको खण्डमा यो व्यवस्था लागू हुने छैन ।
                                          • ३. कम्पनीको नियन्त्रण बाहिरको कारण जस्तै रकम पठाइने देशको कानूनका कारणले ढिलाइ हुनु, नपुग्नु, भुक्तानी नहुनु वा कम भुक्तानी हुनु, आदिको लागि कम्पनी वा सम्बद्ध संस्था कुनै पनि प्रकारले जिम्मेवार हुने छैन । तथापि कम्पनी वा सम्बद्ध संस्थाबाट जानाजानी वा गम्भीर हेलचेक्र्याइँ भएको खण्डमा यो व्यवस्था लागू हुने छैन ।
                                          •  

                                             

                                            धारा २५. (शर्त तथा नियमहरूको समुचित लागू हुने व्यवस्था)

                                            कम्पनी र ग्राहकबीचको सेवाहरुसंग सम्बन्धित कारोबारको यस शर्त तथा नियमहरूमा उल्लेख नभएको कुनै पनि विषयमा कम्पनीद्वारा जारी भएको छुट्टै कारोबार सम्बन्धी विभिन्न नियमहरू बमोजिम व्यवस्थापन गरिनेछ । कम्पनीले छुट्टै निर्धारण गरेका शर्त तथा नियमहरू कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइटमा प्रकाशित गरिनेछ ।

                                             

                                            धारा २६. (शर्त तथा नियमहरूमा संशोधन)

                                            कम्पनीले यी शर्त तथा नियमहरू संशोधन गर्न सक्नेछ । यस्तो अवस्थामा कम्पनीले संशोधनको प्रभावकारी मिति र संशोधित प्रावधान सहित कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइटमा प्रभावकारी मितिसम्म उक्त संशोधन सम्बन्धी सूचना प्रकाशन गरि सक्नु पर्नेछ । प्रभावकारी मितिमा र सो मिति देखि कम्पनीले संशोधित शर्त तथा नियमहरू बमोजिम सम्बन्धित विषयहरू व्यवस्थापन गर्नेछ ।

                                             

                                            धारा २७. (लागू हुने कानुन र क्षेत्राधिकार)

                                            • 1. यी शर्त तथा नियमहरूको अधिनमा रहि भएको कम्पनी र ग्राहकबीचका कारोबार जापानको कानून बमोजिम व्यवस्थापन गरिनेछ ।
                                            • 2. यी शर्त तथा नियमहरू सम्बन्धी कम्पनी र ग्राहकबीच कुनै मुद्दा दायर गर्नु आवश्यक भएमा पहिलो तहमा उक्त मुद्दामा विशेष क्षेत्राधिकार टोकियो जिल्ला अदालतसँग हुनेछ ।
                                            • 3. यी शर्त तथा नियमहरूको अनुवादित संस्करण र जापानी संस्करणबीच व्याख्यामा कुनै भिन्नता भएमा जापानी संस्करण बमोजिम हुनेछ ।
                                            •  

                                               

                                              धारा २८. (व्यक्तिगत जानकारीको व्यवस्थापन)

                                              • 1. कम्पनीले ग्राहकहरूको व्यक्तिगत जानकारीको व्यवस्थापन कम्पनीको “गोपनीयता नीति” र “व्यक्तिगत जानकारीको व्यवस्थापन” बमोजिम गर्नमा ग्राहकहरूले सहमति जनाउँदछन् ।
                                              • 2. कम्पनीको “गोपनीयता नीति” र “व्यक्तिगत जानकारीको व्यवस्थापन” कम्पनीको मोबाइल एप्लिकेशन वा वेबसाइटमा प्रकाशित गरिनेछ ।
                                              •  

                                                 

                                                धारा २८-२ (एसबिआई रेमिट नियोबैंकका लागि विशेष प्रावधानहरू)

                                                • 1. एसबिआई रेमिट नियोबैंक सेवा प्रयोग गर्ने ग्राहकहरू कम्पनीले धारा ४ अनुसार गरिएको ग्राहकको पहिचान पुष्टि सम्बन्धी जानकारी SSNB लाई प्रदान गर्न सक्छ भन्नेमा सहमति जनाउँदछन् । यस बाहेक ग्राहकहरू सेवाहरु वा एसबिआई रेमिट नियोबैंक सेवा उपलब्ध गराउन आवश्यक पर्ने हदसम्म कम्पनीले आफ्नो जानकारी SSNB लाई प्रदान गर्न सक्नेमा सहमति जनाउँदछन् ।
                                                • 2. एसबिआई रेमिट नियोबैंक सेवा प्रयोग गर्ने ग्राहकहरू SSNB ले सम्बन्धित ग्राहकको बैंक खातावालाको नाम र खाता नम्बर कम्पनी, होस्ट कम्पनी, र निरीक्षण निकायलाई खाता खोले पश्चात उपलब्ध गराउन सक्छ भन्नेमा सहमति जनाउँदछन् ।
                                                • 3. एसबिआई रेमिट नियोबैंक सेवा प्रयोग गर्ने ग्राहकहरूले रकम स्थानान्तरण जगेडा खातामा सम्बन्धित ग्राहकको नाममा रहेको SSNB खाताबाट प्रत्यक्ष स्थानान्तरणको प्रक्रियाबाट मात्र रकम जम्मा गर्न सक्नेछन् । उक्त रकम स्थानान्तरण जगेडा खातामा जापानी मुद्रामा (JPY) रकम जम्मा गरिनु पदर्छ ।
                                                • 4. एसबिआई रेमिट नियोबैंक सेवा प्रयोग गर्ने ग्राहकहरूले कम्पनीले ग्राहकको विप्रेषण (remittance) सम्बन्धी जानकारी कम्पनीका आउटसोर्सिङ ठेकेदारहरूसँग कमिसन शुल्क र विप्रेषणको स्थिति पुष्टि गर्नको निम्ती खुलाउन गर्न सक्छ भन्नेमा सहमति जनाउँछन् ।
                                                • 5. कम्पनीले निरीक्षण निकायबाट एसबिआई रेमिट नियोबैंक सेवा प्रयोग गर्ने ग्राहकसम्बन्धी फिर्ती सूचना फारम प्राप्त गरेमा कम्पनीले उक्त फारम SSNB लाई समेत उपलब्ध गराउन पर्नेछ ।
                                                • 6. यदि एसबिआई रेमिट नियोबैंक सेवा प्रयोग गर्ने ग्राहकको सन्दर्भमा धारा २१.२(४) वा २१.२(९) लागू हुने भएमा कम्पनीले SSNB लाई सोको जानकारी दिनु पर्नेछ ।
                                                • 7. एसबिआई रेमिट नियोबैंक सेवा प्रयोग गर्ने ग्राहकहरूले तोकिएको रकम स्थानान्तरण शुल्क तथा प्रशासनिक व्यवस्थापन शुल्क तिर्नुपर्नेछ । उक्त शुल्कहरू निम्न URL मा पुष्टि गर्न सकिनेछः
                                                  (URL:https://www.remit.co.jp/kaigaisoukin/exchangeratecommission/commission/
                                                  कम्पनीले यस अनुच्छेदमा उल्लिखित शुल्कहरूमा संशोधन गर्न परेमा यस्तो संशोधन लागू हुने मिति र विवरण सहित कम्पनीको वेबसाइटमा अग्रिम सूचनाको रुपमा प्रकाशित गरी संशोधन गर्न सक्ने छ ।
                                                  (1) ग्राहकले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोग गर्दा ग्राहकको SSNB खाताबाट स्थानान्तरण गर्न पर्ने रकमलाई रकम स्थानान्तरण जगेडा खातामा स्थानान्तरण गर्न स्थानान्तरण शुल्क लाग्नेछ । उक्त स्थानान्तरण शुल्क ग्राहकको SSNB खाताबाट अलग्गै कट्टा गरिनेछ ।
                                                  (2) प्रशासनिक कार्यविधीहरू जस्तै प्रयोग अवधिभर आवश्यक ग्राहक सहयोग, ग्राहक आफ्नो मातृदेश फर्कँदा खाता बन्द गर्ने प्रक्रिया, तथा फर्किएपछि मातृदेशमा गरिने रकम स्थानान्तरण जस्ता कार्यका लागि प्रशासनिक व्यवस्थापन शुल्क लाग्नेछ । प्रशासनिक व्यवस्थापन शुल्क ग्राहकले खाता खोलिएको महिनापछि आउने महिनामा ग्राहकको SSNB खाताबाट कट्टा गरिनेछ ।
                                                • 8. निम्न उल्लिखित मध्ये कुनै पनि अवस्था ग्राहकको हकमा लागू भएमा SSNB ले उक्त ग्राहकको SSNB खातामा रहेको सम्पूर्ण मौज्दात कम्पनीमार्फत ग्राहकलाई फिर्ता (रिफन्ड) गर्ने उद्देश्यले कम्पनीमा स्थानान्तरण गर्न सक्नेछ । यस्तो अवस्थामा कम्पनीले SSNB बाट स्थानान्तरण भई आएको ग्राहकको SSNB खाताको सम्पूर्ण मौज्दात ग्राहकको रकम स्थानान्तरण जगेडा खातामा जम्मा गर्नेछ र सो पश्चात ग्राहकको रकम स्थानान्तरण जगेडा खातामा रहेको सम्पूर्ण रकम ग्राहकलाई फिर्ता गर्नेछ । यस प्रकारको रकम स्थानान्तरण जगेडा फिर्ता गर्दा कम्पनीको मुख्य कार्यालयमा कम्पनीले तोकेको तरिकामा र कम्पनीद्वारा निर्धारित प्रक्रियाहरू पूरा गरी गरिनेछ।
                                                  (1) ग्राहक कम्पनी तथा SSNB द्वारा तोकिएका प्रक्रियाहरू पूरा गरी आफ्नो मातृदेश फर्किएको अवस्थामा; वा
                                                  (2) अघिल्लो अनुच्छेदमा उल्लेख गरिएको अवस्थाबाहेक SSNB द्वारा तोकिएका खाता रद्द सम्बन्धी कुनै पनि अवस्था अन्तर्गत ग्राहक परेमा ।
                                                • 9. माथिल्लो अनुच्छेदमा उल्लेखित रकम फिर्ताका लागि ग्राहकले धारा ३८.१(५) मा तोकिएको फिर्ता शुल्क तिर्नुपर्नेछ । कम्पनीले उक्त फिर्ता शुल्क फिर्ता गरिने रकम स्थानान्तरण जगेडाबाट घटाएर प्राप्त गर्नेछ; तथापि यदि फिर्ता शुल्क रकम स्थानान्तरण जगेडा भन्दा बढी भएमा ग्राहकले छुट्टै फिर्ता शुल्क तिर्नुपर्नेछ । साथै यदि फिर्ता शुल्क रकम स्थानान्तरण जगेडा भन्दा बढी छ र ग्राहकले छुट्टै फिर्ता शुल्क तिर्न नसकेको वा अन्य कारणले ग्राहकको निर्दिष्ट बैंक खातामा रकम फिर्ता गर्न नसकेको अवस्थामा सोबाट उत्पन्न हुने कुनै पनि नोक्सानीको लागि कम्पनी जिम्मेवार हुनेछैन ।
                                                •  

                                                   

                                                  परिच्छेद २ (अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा)

                                                   

                                                    धारा २९. (मोबाइल एप्लिकेसन रकम स्थानान्तरण सेवा वा इन्टरनेट रकम स्थानान्तरण सेवाका लागि आवेदन)

                                                    • 1. ग्राहकहरूले कम्पनीद्वारा तोकिएको विधि तथा सञ्चालन प्रक्रियाअनुसार कम्पनीको मोबाइल एप्लिकेसन सुरु गरी वा कम्पनीको वेबसाइटबाट मोबाइल एप्लिकेसन रकम स्थानान्तरण सेवा वा इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गर्नुपर्नेछ । रकम स्थानान्तरणका लागि आवेदन गर्दा रकम स्थानान्तरणको उद्देश्य प्रविष्ट गर्नुपर्नेछ र पासवर्ड, आदि प्रयोग गरी पहिचान प्रमाणीकरण गर्नुपर्नेछ ।
                                                    • 2. कम्पनीले ग्राहकबाट रकम स्थानान्तरणको आवेदन प्राप्त गरी उक्त आवेदन धारा १३ को प्रावधानहरू अनुरुप रकम स्थानान्तरणको आवेदनको रूपमा पहिचान भएमा कम्पनीले प्राप्त आवेदनका विवरणहरू ग्राहकको उपकरणमा फिर्ता पठाउनेछ ।
                                                    • 3. माथिल्लो अनुच्छेदअनुसार कम्पनीबाट फिर्ता गरेको विवरणहरू ग्राहकले जाँच गर्नुपर्नेछ र उक्त विवरणहरू सही भएमा कम्पनीद्वारा तोकिएको प्रक्रिया अनुसार विवरण पुष्टि गरिएको भन्ने आशयको जवाफ कम्पनीलाई पठाउनुपर्नेछ । ग्राहकले कम्पनीद्वारा तोकिएको प्रक्रियाअनुसार उक्त आवेदनका विवरणहरू संशोधन वा रद्द गर्न सक्नेछ ।
                                                    • 4. ग्राहकले माथिल्लो अनुच्छेदमा उल्लेखित जवाफ शीघ्र रूपमा कम्पनीलाई पठाउनु पर्नेछ । यदि उक्त जवाफ कम्पनीद्वारा तोकिएको समयसीमा भित्र कम्पनीमा प्राप्त नभएमा कम्पनीले उक्त रकम स्थानान्तरणको आवेदन ग्राहकद्वारा रद्द गरिएको मान्नेछ ।
                                                    • 5. मोबाइल एप्लिकेसन रकम स्थानान्तरण सेवा वा इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गरी गरिएको ग्राहकको रकम स्थानान्तरण आवेदन यस धाराको अनुच्छेद ३ मा उल्लिखित जवाफ कम्पनीद्वारा तोकिएको समयसीमाभित्र प्राप्त भई कम्पनीको कम्प्युटरमा प्रशोधन कार्य सम्पन्न भएको समयमा पूर्ण भएको मानिनेछ ।
                                                    • 6. माथिल्लो अनुच्छेदमा उल्लेखित रकम स्थानान्तरण आवेदन पूरा भएपछि कम्पनीले कम्पनीद्वारा तोकिएका मापदण्डहरू अनुसार उक्त आवेदनको विवरण जाँच गर्नेछ । यदि कम्पनीले उक्त आवेदनमा कुनै समस्या नभएको ठहर गरेमा कम्पनीले ग्राहकको रकम स्थानान्तरण आवेदन स्वीकार गर्नेछ । तथापि आवेदनको जाँचका क्रममा निक्षेप शुल्क, रकम स्थानान्तरण शुल्क, आदि विचार गर्दा ग्राहकले अनुरोध गरेको रकम स्थानान्तरण गर्न नसकिने ठहर भए तापनि कम्पनीले उक्त आवेदनको विवरणसँग सबैभन्दा नजिकको रकम विप्रेषण गर्न रकम स्थानान्तरण आवेदन गरिएको मानेर ग्राहकको रकम स्थानान्तरण आवेदन स्वीकार गर्न सक्नेछ । यस्तो अवस्थामा रकम स्थानान्तरण आवेदनको विवरण यहाँ उल्लेख गरे बमोजिम परिवर्तन हुन सक्ने विषयमा ग्राहकले अग्रिम रूपमा सहमति जनाएको मानिनेछ ।
                                                    • 7. कम्पनीले माथिल्लो अनुच्छेदमा उल्लेखित स्वीकृतिको सूचना ग्राहकलाई प्रदान गर्नेछ र उक्त सूचना ग्राहकले प्राप्त गर्नुपर्ने समयमा कम्पनी र ग्राहकबीच अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सम्बन्धी सम्झौता (यसपछि “रकम स्थानान्तरण सम्झौता” भनिएको) सम्पन्न गरिनेछ ।
                                                    • 8. यदि यस धाराको अनुच्छेद ६ मा उल्लेखित जाँचको परिणामस्वरूप कम्पनीले रकम स्थानान्तरण आवेदनको विवरणमा समस्या रहेको ठहर गरेमा कम्पनीले उक्त रकम स्थानान्तरण आवेदन स्वीकार गर्नेछैन र यस्तो आवेदन ग्राहकद्वारा रद्द गरिएको मानिनेछ । कम्पनीले जाँचको परिणाम कम्पनीद्वारा तोकिएको प्रक्रिया बमोजिम ग्राहकलाई सूचित गर्नेछ ।
                                                    • 9. कारोबारका लागि ग्राहकले प्रयोग गर्ने उपकरणहरू उचित रूपमा कार्यरत छन् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी ग्राहककै हुनेछ र कम्पनीले ग्राहकले प्रयोग गर्ने उपकरणहरू सही रूपमा कार्यरत छन् भन्ने कुनै पनि प्रत्याभूति प्रदान गर्नेछैन । यदि उपकरणहरू उचित रूपमा कार्यरत नरहेको कारणबाट कुनै क्षति उत्पन्न भएमा त्यस्तो क्षतिका लागि कम्पनी कुनै पनि रूपमा जिम्मेवार हुनेछैन ।
                                                    • 10. यस धाराका प्रावधानहरू अनुसार रकम स्थानान्तरण आवेदन रद्द गरिएको कारणले उत्पन्न हुने क्षतिका साथै ग्राहकद्वारा गलत विवरण प्रविष्ट गरिएको कारणले वा आवेदनको विवरणमा समस्या भएको कारणले उत्पन्न हुने कुनै पनि क्षतिप्रति कम्पनी कुनै पनि रूपमा जिम्मेवार हुनेछैन ।

                                                   

                                                   

                                                  धारा ३०. (मोबाइल एप्लिकेसन रकम स्थानान्तरणका लागि रकम स्थानान्तरण जगेडा खातामा जम्मा)

                                                  • 1. धारा २९ बमोजिम मोबाइल एप्लिकेसन रकम स्थानान्तरण सेवा प्रयोग गरी ग्राहकले रकम स्थानान्तरणका लागि आवेदन गरेमा ग्राहकले उक्त रकम स्थानान्तरणका लागि आवश्यक पर्ने रकम बराबरको रकम स्थानान्तरण जगेडा, रकम स्थानान्तरण आवेदन गर्दा छनोट गरिएको विधि अनुसार रकम स्थानान्तरण जगेडा खातामा जम्मा गर्नुपर्नेछ । रकम स्थानान्तरण जगेडा अपुग भएका कारण रकम स्थानान्तरण हुन नसकेमा कम्पनी जिम्मेवार हुनेछैन ।
                                                  • 2. कम्पनीले तोकिएको जम्मा गर्ने अन्तिम म्यादभित्र (वा उक्त अन्तिम म्यादको दिन कम्पनीको बिदा परेको खण्डमा त्यसपछिको पहिलो कार्यदिन भित्र) ग्राहकले रकम स्थानान्तरण जगेडा खातामा गरेको जम्मा पुष्टि गर्न नसकेमा मोबाइल एप्लिकेसन रकम स्थानान्तरण सेवा प्रयोग गरी गरिएको रकम स्थानान्तरण आवेदन ग्राहकद्वारा रद्द गरिएको मानिनेछ ।
                                                  •  

                                                     

                                                    धारा ३१. (इन्टरनेट रकम स्थानान्तरणका लागि रकम स्थानान्तरण जगेडा खातामा जम्मा)

                                                    • 1. धारा २९ बमोजिम इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गरी ग्राहकले रकम स्थानान्तरणका लागि आवेदन गरेमा ग्राहकले उक्त रकम स्थानान्तरणका लागि आवश्यक पर्ने रकम बराबरको रकम स्थानान्तरण जगेडा, रकम स्थानान्तरण आवेदन गर्दा छनोट गरिएको विधि अनुसार, रकम स्थानान्तरण जगेडा खातामा जम्मा गर्नुपर्नेछ । रकम स्थानान्तरण जगेडा अपुग भएका कारण रकम स्थानान्तरण हुन नसकेमा कम्पनी जिम्मेवार हुनेछैन ।
                                                    • 2. इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गरी आवेदन गर्दा ग्राहकले कनभिनियन्स स्टोरमार्फत रकम स्थानान्तरण जगेडा खातामा जम्मा गर्ने विकल्प छानेको खण्डमा ग्राहकले रकम स्थानान्तरण रकमसँगै धारा ३८ मा तोकिएका आवश्यक शुल्कहरू समेत कम्पनीले तोकेको अवधि (यसपछि “जम्मा गर्ने अन्तिम म्याद” भनिएको) भित्र उक्त रकम स्थानान्तरण जगेडा खातामा जम्मा गर्नुपर्नेछ ।
                                                    • 3. कम्पनीले तोकिएको जम्मा गर्ने अन्तिम म्यादभित्र (वा उक्त अन्तिम म्यादको दिन कम्पनीको बिदा परेको खण्डमा त्यसपछिको पहिलो कार्यदिन भित्र) ग्राहकले रकम स्थानान्तरण जगेडा खातामा गरेको जम्मा पुष्टि गर्न नसकेमा इन्टरनेट रकम स्थानान्तरण सेवा प्रयोग गरी गरिएको रकम स्थानान्तरण आवेदन ग्राहकद्वारा रद्द गरिएको मानिनेछ।
                                                    •  

                                                       

                                                      धारा ३२. (पूर्व-दर्ता भएको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवाका लागि आवेदन)

                                                      • १. पूर्व-दर्ता भएको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोग गर्ने ग्राहकले सेवा अनुरूपको विधि बमोजिम रकम स्थानान्तरण जगेडा खातामा रकम जम्मा गरेमा कम्पनीले ग्राहकले अग्रिमरुपमा दर्ता भएको प्राप्तकर्तालाई रकम स्थानान्तरण गर्नको लागि आवेदन दिएको मान्नेछ ।
                                                      • २. माथिल्लो अनुच्छेदमा उल्लेखित जम्मा कम्पनीले तोकेको समयसीमा भित्र गरिएको र कम्पनीको कम्प्युटरमा प्रशोधन कार्य सम्पन्न भएपछि ग्राहकको पूर्व-दर्ता भएको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोगको आवेदन पूर्ण भएको मानिनेछ ।
                                                      • ३. माथिल्लो अनुच्छेदमा उल्लेखित रकम स्थानान्तरण आवेदन पूरा भएपछि कम्पनीले कम्पनीद्वारा तोकिएका मापदण्डहरू अनुसार उक्त आवेदनको विवरण जाँच गर्नेछ । यदि कम्पनीले उक्त आवेदनमा कुनै समस्या नभएको ठहर गरेमा कम्पनीले ग्राहकको रकम स्थानान्तरण आवेदन स्वीकार गर्नेछ ।
                                                      • ४. कम्पनीले माथिल्लो अनुच्छेदमा उल्लेखित स्वीकृतिको सूचना ग्राहकलाई दिनेछ र उक्त सूचना ग्राहकले प्राप्त गर्नुपर्ने समयमा कम्पनी र ग्राहकबीच रकम स्थानान्तरण सम्बन्धी सम्झौता सम्पन्न गरिनेछ ।
                                                      • ५. यदि माथिल्लो अनुच्छेदमा उल्लेखित जाँचको परिणामस्वरूप कम्पनीले रकम स्थानान्तरण आवेदनको विवरणमा समस्या रहेको ठहर गरेमा कम्पनीले उक्त रकम स्थानान्तरण आवेदन स्वीकार गर्नेछैन र यस्तो आवेदन ग्राहकद्वारा रद्द गरिएको मानिनेछ । कम्पनीले जाँचको परिणाम कम्पनीद्वारा तोकिएको प्रक्रिया बमोजिम ग्राहकलाई सूचित गर्नेछ ।
                                                      • ६. यस धाराका प्रावधानहरू अनुसार रकम स्थानान्तरण आवेदन रद्द गरिएको कारणले उत्पन्न हुने क्षतिका साथै ग्राहकद्वारा गलत विवरण प्रविष्ट गरिएको कारणले वा आवेदनको विवरणमा समस्या भएको कारणले उत्पन्न हुने कुनै पनि क्षतिप्रति कम्पनी कुनै पनि रूपमा जिम्मेवार हुनेछैन ।
                                                      •  

                                                         

                                                        धारा ३३. (रकम स्थानान्तरणको कार्यान्वयन)

                                                        • १. रकम स्थानान्तरण सम्झौता सम्पन्न भएपछि कम्पनीले आफैं वा संबद्ध संस्था मार्फत तुरुन्तै रकम स्थानान्तरण प्रक्रिया कार्यान्वयन गर्नेछ ।
                                                        • २. ग्राहकहरूले रकम स्थानान्तरण प्रक्रिया कार्यान्वयन सम्बन्धमा कम्पनीले निम्न प्रयोजनका लागि आफ्नो विवरण संबद्ध संस्था र अन्तर्राष्ट्रिय रकम स्थानान्तरण प्रवाह गराउने वित्तीय संस्थाहरूसँग खुलासा गर्न सक्नेमा सहमति जनाउँदछन्: (१) अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रदान गर्नको उद्देश्यले, (२) कानूनद्वारा स्विकृत दायराभित्र संयुक्त मार्केटिङ गर्ने उद्देश्यले, वा (ग) मनी लाउन्डरिङ, आतंकवाद वित्त पोषण रोकथाम, र अन्य कानुनी वा प्रशासनिक अनुरोधका कारण । साथै ग्राहकहरू उपरोक्त उद्देश्यका लागि सम्बद्ध संस्थाले आफ्नो विवरण अन्य सम्बद्ध संस्था, सोको मूल कम्पनी वा सहायक कम्पनीहरू (जापानमा दर्ता नभएकाहरु पनि समावेश हुने) सँग खुलासा गर्न सक्नेमा सहमति जनाउँदछन् ।
                                                        • ३. माथिल्लो अनुच्छेदमा उल्लेखित व्यवस्थापनका कारण ग्राहकले भोग्ने कुनै पनि क्षति वा हानि सम्बन्धमा कम्पनी र सम्बद्ध संस्था कुनै पनि रूपमा जिम्मेवार हुने छैनन् तर कम्पनी वा सम्बद्ध संस्थाबाट जानाजानी गरेको कार्य (willful misconduct) वा गम्भीर लापरबाही (gross negligence) भएको अवस्थामा यो प्रावधान लागू हुने छैन ।
                                                        • ४. ग्राहकले प्रति विप्रेषण पठाउन सक्ने अधिकतम रकम, निश्चित अवधिभरको अधिकतम रकम, र निश्चित अवधिभरको अधिकतम कारोबार संख्या कम्पनीले तलको URL मा उल्लेख गरे बमोजिम छुट्टै निर्धारण गर्नेछ ।
                                                          (URL: https://www.remit.co.jp/kaigaisoukin/service/flowindividual/
                                                          (URL: https://www.remit.co.jp/kaigaisoukin/service/flowcorporation/
                                                        • ५. कम्पनीले रकम स्थानान्तरण सम्झौता सम्पन्न भएको समयदेखि तलको URL मा उल्लेख गरे बमोजिमको अन्तर्राष्ट्रिय विप्रेषणको सामान्य कार्यसम्पादन अवधि भित्र सम्बद्ध संस्थामा अन्तर्राष्ट्रिय रकम स्थानान्तरणको कार्य सम्पन्न गर्नेछ ।
                                                          (URL: https://www.remit.co.jp/correspondent/
                                                        •  

                                                           

                                                          धारा ३४. (रकम स्थानान्तरण प्राप्ति)

                                                          • १. यी नियमावली बमोजिम ग्राहकबाट स्थान्तरण गरिएको रकम सम्बद्ध संस्थाले तोकिएका नियमहरू अनुसार प्राप्त हुनेछ । रकम स्थानान्तरण प्राप्तकर्ताले उक्त रकम प्राप्त गर्दा प्राप्तकर्ताको देश वा सम्बद्ध संस्थाको परिस्थितिका कारण कम्पनीले तोकेको शुल्क बाहेक अन्य शुल्क लाग्न सक्ने सम्बन्धमा ग्राहक पूर्ण रूपमा जानकार हुनुका साथै अग्रिम रूपमा स्वीकार पनि गर्दछन् । ग्राहकले “देश/संस्था अनुसार विप्रेषण विधि र प्रतिबन्धहरु” कम्पनीको वेबसाइटमा तल उल्लेखित URL मार्फत पुष्टि गर्न सक्नेछन्।
                                                            (URL: https://www.remit.co.jp/kaigaisoukin/remittancearea/
                                                          • २. धारा ३३.५ बमोजिम अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सम्पन्न भएपछि रकम स्थानान्तरण प्राप्तकर्ताले सम्बद्ध संस्थाबाट सम्बन्धित रकम प्राप्त गर्न सक्नेछन्; तथापि रकम स्थानान्तरण सम्झौता सम्पन्न भएपछि निम्न अवस्थामा प्राप्तकर्ताले वास्तविक रूपमा रकम प्राप्त गर्न केही दिन लाग्न सक्ने सम्बन्धमा ग्राहकहरु अग्रिम रुपमा स्विकार गर्दछन्:
                                                          • (१) सम्बद्ध संस्थाको कार्यसमय बाहिर भएको;
                                                            (२) सम्बद्ध संस्थालाई प्रणाली प्रशोधनको लागि केही दिन आवश्यक पर्ने अवस्थामा;
                                                            (३) सम्बद्ध संस्थाको निर्णय बमोजिम रकम स्थानान्तरण रोकिएको अवस्थामा; वा
                                                            (४) उपरोक्त अवस्थाबाहेक प्राप्तकर्ताको देश वा सम्बद्ध संस्थाको विशेष परिस्थितिका कारण केही प्राप्ति प्रक्रिया आवश्यक परेमा।
                                                            • ३. ग्राहकले कम्पनीको वेबसाइट वा अनुच्छेद ४९ मा उल्लेखित कम्पनीको सम्पर्क बिन्दु (यसपछि “सम्पर्क” भनिएको) मार्फत रकम स्थानान्तरणको स्थिति जाँच गर्न सक्नेछन् ।
                                                            •  

                                                               

                                                              धारा ३५. (सन्दर्भ नम्बर)

                                                              • १. यदि ग्राहकले सम्बद्ध संस्थाको कार्यस्थलमा रकम स्थानान्तरण प्राप्त गर्न चाहेमा कम्पनी वा सम्बद्ध संस्थाले ग्राहक वा रकम स्थानान्तरण प्राप्तकर्तालाई कम्पनी वा सम्बद्ध संस्थाद्वारा जारी गरिएको सन्दर्भ नम्बर (यसपछि “सन्दर्भ नम्बर” भनिएको) जानकारी गराउनेछ । रकम स्थानान्तरण सम्झौता सम्पन्न हुँदा कम्पनीले ग्राहकलाई पठाएको नम्बर र सन्दर्भ नम्बर फरक हुन सक्नेछ ।
                                                              • २. सन्दर्भ नम्बर निम्न अवस्थाहरूमा आवश्यक पर्दछ:
                                                              • (१) रकम स्थानान्तरण प्राप्तकर्ताका लागि ग्राहकले स्थानान्तरण गरेको रकम प्राप्त गर्न (प्राप्त हुने देशको स्थानीय कानुन अनुसार आवश्यक परेमा);
                                                                (२) धारा ३४.३ अनुसार ग्राहकले रकम स्थानान्तरणको स्थिति जाँच गर्नका लागि; वा
                                                                (३) धारा ३९ अनुसार ग्राहकले रकम स्थानान्तरण आवेदन रद्द गर्न वा रकम स्थानान्तरण सम्झौता समाप्त गर्न ।
                                                                • 3. ग्राहकले सन्दर्भ नम्बरलाई अनुच्छेद ११.१ मा उल्लेख गरिएको पासवर्ड, आदि जस्तै सुरक्षित तरिकाले राख्नु पर्नेछ र रकम स्थानान्तरण प्राप्तकर्तालाई पनि सन्दर्भ नम्बर समान रूपमा सुरक्षित राख्न निर्देशन दिनुपर्नेछ । यदि सन्दर्भ नम्बर तेस्रो पक्षलाई थाहा भएको हुन सक्ने सम्भावना भएमा ग्राहकले तुरुन्तै कम्पनीलाई कम्पनीद्वारा तोकिएको विधि मार्फत सूचित गर्नुपर्नेछ । उक्त सूचनापूर्व ग्राहक वा रकम स्थानान्तरण प्राप्तकर्ताले सन्दर्भ नम्बर तेस्रो पक्षलाई जानकारी गराएको कारण उत्पन्न हुने कुनै पनि क्षतिका लागि कम्पनी जिम्मेवार हुनेछैन ।
                                                                • 4. सन्दर्भ नम्बर रकम स्थानान्तरण प्राप्तकर्तालाई जानकारी गराउने जिम्मेवारी ग्राहकको हुनेछ र कम्पनीसँग उक्त सन्दर्भ नम्बरको जानकारी गराउने सम्बन्धमा कुनै पनि दायित्व हुनेछैन । ग्राहकले रकम स्थानान्तरण प्राप्तकर्तालाई सन्दर्भ नम्बर जानकारी नगराएको कारणले उत्पन्न हुने कुनै पनि क्षतिका लागि कम्पनी कुनै पनि रूपमा जिम्मेवार हुनेछैन ।
                                                                •  

                                                                   

                                                                  धारा ३६. (रकम स्थानान्तरण सम्झौताको समाप्ति)

                                                                  • १. यदि रकम स्थानान्तरण प्राप्तकर्ताले रकम प्राप्त गर्नु अघि निम्नमध्ये कुनै अवस्था लागू हुने ठहरेमा कम्पनीले तुरुन्तै रकम स्थानान्तरण सम्झौता समाप्त गर्न सक्नेछ । ग्राहकहरूले केही अवस्थामा कम्पनीले उक्त समाप्तिको कारण ग्राहकलाई जानकारी नगराउन पनि सक्छ भन्नेमा अग्रिम रुपमा स्विकार गर्दछन् । यस्तो अवस्थामा ग्राहकले गरेको रकम स्थानान्तरण आवेदन बमोजिमको रकम र धारा ३८.१(१) अनुसारको रकम स्थानान्तरण शुल्क बराबरको रकम ग्राहकको रकम स्थानान्तरण जगेडा खातामा जम्मा गरिनेछ (तर, निक्षेप शुल्क बराबरको रकम फिर्ता गरिने छैन) । कम्पनीले अनुच्छेद (१) वा (४) अनुसार रकम स्थानान्तरण सम्झौता समाप्त गरेको खण्डमा ग्राहकले रकम स्थानान्तरण आवेदन गरेको रकम र रकम स्थानान्तरण शुल्क फिर्ता पाउने छैन भन्नेमा ग्राहकहरूले अग्रिम रूपमा स्विकार गर्दछन् ।
                                                                  • (१) ग्राहकको रकम स्थानान्तरण जापानी विदेशी विनिमय सम्बन्धी कानुन वा नियमको उल्लङ्घनमा परेको भए वा जापानी सरकारद्वारा विदेशी विनिमय कारोबार रोकिएको भए;
                                                                    (२) युद्ध, नागरिक अशान्ति, प्राकृतिक प्रकोप, श्रम विवाद, दंगा, आतंकवादी आक्रमण वा हडताल भएको वा हुन सक्ने अवस्थामा;
                                                                    (३) सम्बद्ध संस्थाले सम्पत्ति रोक्का, भुक्तानी स्थगन गर्ने अवस्था भएमा वा दामासायी, नागरिक पुनर्स्थापना, कम्पनी पुनर्संरचना, विशेष लिक्विडेशन वा अन्य दामासायी प्रकृया सुरु गर्ने कुनै आधार रहेको अवस्थामा;
                                                                    (४) ग्राहकको रकम स्थानान्तरण अपराधसँग सम्बन्धित ठानेमा वा त्यसको समकक्ष अन्य आधार भएमा;
                                                                    (५) सम्बद्ध संस्थाको निर्णय बमोजिम रकम स्थानान्तरण अन्य कुनै कारणले अस्वीकृत भएमा; वा
                                                                    (६) धारा २१.२ का प्रावधानहरुमा उल्लेखित कुनै घटना भएमा ।
                                                                    • २. माथिल्लो अनुच्छेदमा जुन सुकै कुरा लेखिएको भए तापनि ग्राहकले सम्बद्ध संस्थाको कार्यस्थलबाट रकम प्राप्त गर्ने अवस्थामा रकम स्थानान्तरण सम्झौता सम्पन्न भएको ९० दिन (उक्त दिनको समेत गणना गरी) बित्दा पनि प्राप्तकर्ताले रकम प्राप्त नगरेको अवस्था उक्त रकम सम्बद्ध संस्थाले राख्नेछ र रकम स्थानान्तरण प्राप्तकर्ताले उक्त रकम प्राप्त गर्न असम्भव हुनेछ । यस्तो अवस्थामा ग्राहकले उक्त रकम फिर्ता पाउन धारा ३९ अनुसार रकम स्थानान्तरण सम्झौताको समाप्ति प्रक्रियाहरू अपनाउनु पर्नेछ ।
                                                                    • ३. माथिल्लो दुई अनुच्छेद बमोजिम रकम स्थानान्तरण सम्झौताको समाप्ति भएको कारण ग्राहकले भोग्न परेको कुनै पनि हानि वा क्षतिप्रति कम्पनी कुनै पनि रूपमा जिम्मेवार हुने छैन।
                                                                    •  

                                                                       

                                                                      धारा ३७. (अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवामा विदेशी विनिमय)

                                                                      • १. ग्राहकले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा मार्फत रकम स्थानान्तरणको लागि जापानी मुद्रमा आवेदन गर्नुपर्नेछ ।
                                                                      • २. रकम स्थानान्तरण आवेदनको समयमा ग्राहकले कम्पनीद्वारा तोकिएको मुद्रामा प्राप्त रकम उल्लेख गर्नुपर्नेछ (यसपछि “प्राप्ति मुद्रा” भनिएको); तथापि उक्त प्राप्ति मुद्रा तोकिएको भए तापनि रकम स्थानान्तरण प्राप्तकर्तालाई भुक्तानी सम्बद्ध संस्थाले तोकिएको अन्य मुद्रामा सटही गरी प्रदान गर्न सक्नेछ (यसलाई “दोस्रो रूपान्तरण” भनिएको)।
                                                                      • ३. प्राप्त रकम माथिल्लो अनुच्छेद अनुसार प्राप्ति मुद्रामा प्राप्त गर्ने भनी तोकिएको अवस्थामा सटही गर्न प्रयोग हुने विनिमय दर निम्न URL मा रकम स्थानान्तरण सम्झौता सम्पन्न हुने समयमा प्रस्तुत गरिएको दर लागू हुनेछ । रकम स्थानान्तरण सम्झौता सम्पन्न हुने समय भनेको कम्पनीले ग्राहकको आवेदन पुष्टि गरी, कुनै समस्या नभएको ठहर गरी, आवेदन स्वीकार गरेको समयलाई बुझिन्छ र यसले ग्राहकले आवेदन पूरा गरेको समयलाई जनाउँदैन भन्ने ग्राहकले बुझ्नु पर्दछ । तथापि सम्बद्ध संस्थाको कार्यस्थलबाट रकम प्राप्त गर्ने अवस्थामा र रकम स्थानान्तरण सम्झौता सम्पन्न भएको ४५ दिन देखि ९० दिन भित्र (उक्त दिनको समेत गणना गरी) भुक्तानी गरिने भएमा भुक्तानीको समयमा लागू हुने विनिमय दर प्रयोग गरिनेछ।
                                                                        (URL: https://ires.remit.co.jp/IRESWeb/Exchange_Rate.jsf
                                                                      • ४. कम्पनीले ग्राहकलाई आवेदन गरिएको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवामा लागू हुने विनिमय दरको जानकारी दिनु पर्नेछ ।
                                                                      • ५. अनुच्छेद ३७.२ को प्रतिबन्धात्मक वाक्याशं अनुसार दोस्रो रूपान्तरण हुने भएमा ग्राहकको रकम स्थानान्तरण पहिले प्राप्ति मुद्रामा सटही गरिनेछ र त्यसपछि सम्बद्ध संस्थाले तोकिएको अन्य मुद्रामा दोस्रो रूपान्तरण गरिनेछ । दोस्रो रूपान्तरणमा प्रयोग हुने विनिमय दर सम्बद्ध संस्थाले तोकिए बमोजिमको दर हुनेछ ।
                                                                      •  

                                                                         

                                                                        धारा ३८. (शुल्कहरू, आदि)

                                                                        • 1. ग्राहकहरूले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोग गर्दा कम्पनीद्वारा तोकिएका निम्न शुल्कहरू तिर्नुपर्नेछ । उक्त शुल्कहरू तलको URL मार्फत हेर्न गर्न सकिन्छ ।
                                                                          (URL:https://www.remit.co.jp/kaigaisoukin/exchangeratecommission/commission/
                                                                        • (१) रकम स्थानान्तरण शुल्क;
                                                                          (२) निक्षेप शुल्क;
                                                                          (३) स्थानान्तरण रद्द शुल्क;
                                                                          (४) निकासी शुल्क; र
                                                                          (५) फिर्ता शुल्क।
                                                                          • 2. धारा ३८.१(१) मा उल्लेखित रकम स्थानान्तरण शुल्क रकम स्थानान्तरण गर्दा लाग्ने शुल्क हो र उक्त शुल्क अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवाको आवेदनको समयमा रकम स्थानान्तरण जगेडा खातामा जम्मा गरिएको रकमबाट कट्टा गरिनेछ ।
                                                                          • 3. धारा ३८.१(२) मा उल्लेखित निक्षेप शुल्क रकम स्थानान्तरण जगेडा खातामा रकम जम्मा गर्दा लाग्ने शुल्क हो र उक्त शुल्क रकम स्थानान्तरण जगेडा खातामा जम्मा गरिएको रकमबाट कट्टा गरिनेछ ।
                                                                          • 4. धारा ३८.१(३) मा उल्लेखित स्थानान्तरण रद्द शुल्क ग्राहकको प्रविष्टिमा भएको त्रुटि वा आवेदनमा भएको त्रुटिका कारण रकम स्थानान्तरण हुन नसकेको अवस्थामा लाग्ने शुल्क हो र उक्त शुल्क रकम स्थानान्तरण जगेडा खातामा फिर्ता हुने रकमबाट कट्टा गरिनेछ ।
                                                                          • 5. धारा ३८.१(४) मा उल्लेखित निकासी शुल्क रकम स्थानान्तरण जगेडा खातामा रहेको रकम ग्राहकको बैंक खातामा स्थानान्तरण गर्दा लाग्ने शुल्क हो र उक्त शुल्क स्थानान्तरण गर्न लागेको उक्त रकमबाट कट्टा गरिनेछ ।
                                                                          • 6. धारा ३८.१(५) मा उल्लेखित फिर्ता शुल्क धारा १०-२.१, २१.५ र २८-२.८ का प्रावधान अनुरुप रकम स्थानान्तरण जगेडा फिर्ता गर्दा लाग्ने शुल्क हो र उक्त शुल्क फिर्ता गरिने रकम स्थानान्तरण जगेडाबाट कट्टा गरिनेछ । यदि रकम स्थानान्तरण जगेडा खाताको मौज्दात उक्त शुल्क कट्ट गर्नको लागि अपर्याप्त भएमा कम्पनीले उक्त शुल्कको भुक्तानी कम्पनीद्वारा तोकिएको प्रक्रिया बमोजिम छुट्टै लिन सक्नेछ ।
                                                                          • 7. कम्पनीले उपरोक्त अनुच्छेद १ मा उल्लिखित शुल्कहरूमा संशोधन गर्न परेमा यस्तो संशोधन लागू हुने मिति र विवरण सहित कम्पनीको वेबसाइटमा अग्रिम सूचनाको रुपमा प्रकाशित गरी संशोधन गर्न सक्ने छ ।
                                                                          •  

                                                                             

                                                                            धारा ३९. (रकम स्थानान्तरण आवेदन रद्द गर्नु, आदि)

                                                                            • १. ग्राहकहरूले सम्बद्ध संस्थाको स्वीकृति भएको अवस्थामा मात्र रकम स्थानान्तरण आवेदन रद्द गर्न वा रकम स्थानान्तरण सम्झौता समाप्त गर्न सक्नेछन् ।
                                                                            • २. यदि ग्राहकले माथिल्लो अनुच्छेद बमोजिम ग्राहकले रकम स्थानान्तरण आवेदन रद्द गरेमा वा रकम स्थानान्तरण सम्झौता समाप्त गरेमा कम्पनीले रकम स्थानान्तरण रकम र रकम स्थानान्तरण शुल्क बराबरको रकम ग्राहकको रकम स्थानान्तरण जगेडा खातामा जापानी मुद्रामा फिर्ता गर्नु पर्नेछ । यस्तो अवस्थामा निक्षेप शुल्क बराबरको रकम फिर्ता हुने छैन; तथापि सम्बद्ध संस्थाको निति बमोजिम रकम स्थानान्तरण शुल्क फिर्ता नहुने वा स्थानान्तरण रद्द शुल्क लाग्ने अवस्था पनि हुन सक्दछ ।
                                                                            • ३. सम्बद्ध संस्थाको कार्यस्थलबाट रकम प्राप्त गर्ने अवस्थामा यदि रकम स्थानान्तरण सम्झौता सम्पन्न भएको ९० दिन (सो दिन समेत समावेश गरी) बित्दा पनि रकम स्थानान्तरण प्राप्तकर्ताले रकम प्राप्त नगरेको कारणले धारा ३६.२ बमोजिम रकम प्राप्त गर्न असम्भव भएको र त्यसपछि रकम स्थानान्तरण सम्झौता समाप्त गरिएको खण्डमा रकम स्थानान्तरण शुल्क र निक्षेप शुल्क बराबरको रकम फिर्ता गरिने छैन ।
                                                                            •  

                                                                               

                                                                              धारा ४०. (अनुगमनको कार्यान्वयन)

                                                                              • १. अपराधिक आम्दानी स्थानान्तरण रोकथाम सम्बन्धी ऐन, आदि जस्ता सम्बन्धित कानुन र नियमहरूको पालन सुनिश्चित गर्न कम्पनीले कम्पनीद्वारा तोकेका मापदण्ड बमोजिम ग्राहकको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोगको अनुगमन गर्नेछ र यदि कम्पनीलाई आवश्यक लागेमा कम्पनीले तोकेको प्रक्रिया बमोजिम फोन वा अन्य माध्यमबाट ग्राहकसँग रकम स्थानान्तरणको उद्देश्य, ग्राहकको रकम स्थानान्तरण प्राप्तकर्तासंगको सम्बन्ध, र ग्राहकको आम्दानी जस्ता विषयमा अन्तरवार्ता लिन सक्नेछ ।
                                                                              • २. माथिल्लो अनुच्छेद बमोजिमको अन्तरवार्ताको परिणाम स्वरूप कम्पनीले अन्तरवार्ताको विषयवस्तु पुष्टि गर्न आवश्यक ठानेको कागजातहरू ग्राहकलाई पेश गर्न अनुरोध गर्न सक्नेछ ।
                                                                              • ३. माथिल्ला दुई अनुच्छेद बमोजिमको अनुसन्धानको परिणाम स्वरूप कम्पनीले स्थानान्तरण गर्ने रकमको सीमा परिवर्तन गर्न वा ग्राहकको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोगमा रोक लगाउन वा धारा २१ बमोजिम ग्राहकको दर्ता रद्द गर्न सक्नेछ ।
                                                                              •  

                                                                                 

                                                                                परिच्छेद ३ (अन्तर्राष्ट्रिय रकम प्राप्ति सेवा)

                                                                                 

                                                                                धारा ४१. (रकम स्थानान्तरण प्राप्तिका लागि अनलाइन आवेदन)

                                                                              • १. ग्राहकहरूले रकम स्थानान्तरण प्राप्तिका लागि कम्पनीको वेबसाइटबाट कम्पनीले तोकेको विधी एवं सञ्चालन प्रक्रिया अनुसार अनलाइन आवेदनको प्रयोग गर्नुपर्नेछ । यसरी अनलाइन आवेदन गर्दा ग्राहकले रकम स्थानान्तरणको उद्देश्य स्पष्ट रूपमा उल्लेख गर्नुका साथै र पासवर्ड, आदि प्रयोग गरी पहिचान पुष्टि गर्नुपर्नेछ ।
                                                                              • २. कम्पनीले ग्राहकबाट अनलाइन आवेदन प्राप्त गरी उक्त आवेदन धारा १३ का प्रावधान अनुसार आवेदनको रूपमा स्विकार गरे पश्चात कम्पनीले प्राप्त अनलाइन आवेदनको विवरणहरु ग्राहकको उपकरणमा फर्ता पठाउनेछ ।
                                                                              • ३. माथिल्लो अनुच्छेदअनुसार कम्पनीबाट फिर्ता गरिएको विवरणहरू ग्राहकले जाँच गर्नुपर्नेछ र उक्त विवरणहरू सही भएमा कम्पनीद्वारा तोकिएको प्रक्रिया अनुसार विवरण पुष्टि गरिएको भन्ने आशयको जवाफ कम्पनीलाई पठाउनु पर्नेछ । ग्राहकले कम्पनीद्वारा तोकिएको प्रक्रिया अनुसार उक्त आवेदनका विवरणहरू संशोधन वा रद्द गर्न सक्नेछ ।
                                                                              • ४. ग्राहकले माथिल्लो अनुच्छेदमा उल्लेखित जवाफ शीघ्र रूपमा कम्पनीलाई पठाउनु पर्नेछ । यदि उक्त जवाफ कम्पनीद्वारा तोकिएको समयसीमा भित्र कम्पनीमा प्राप्त नभएमा कम्पनीले उक्त आवेदन ग्राहकद्वारा रद्द गरिएको मान्नेछ ।
                                                                              • ५. अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रयोग गरी गरिएको ग्राहकको रकम स्थानान्तरण प्राप्तिको आवेदन यस धाराको अनुच्छेद ३ मा उल्लिखित जवाफ कम्पनीद्वारा तोकिएको समयसीमा भित्र प्राप्त भई कम्पनीको कम्प्युटरमा प्रशोधन कार्य सम्पन्न भएको समयमा पूर्ण भएको मानिनेछ ।
                                                                              • ६. माथिल्लो अनुच्छेदमा उल्लेखित रकम स्थानान्तरण प्राप्ति आवेदन पूरा भएपछि कम्पनीले कम्पनीद्वारा तोकिएका मापदण्डहरू अनुसार उक्त आवेदनको विवरण जाँच गर्नेछ । यदि कम्पनीले उक्त आवेदनमा कुनै समस्या नभएको ठहर गरेमा कम्पनीले ग्राहकको उक्त आवेदन स्वीकार गर्नेछ । उक्त स्वीकृतिको समयमा कम्पनी र ग्राहकबीच प्राप्ती सम्झौता सम्पन्न भएको मानिनेछ । कम्पनीले कम्पनीद्वारा निर्धारित प्रक्रिया बमोजिम उक्त जाँचको परिणाम ग्राहकलाई सूचित गर्नु पर्नेछ ।
                                                                              • ७. माथिल्लो अनुच्छेदमा उल्लिखित प्राप्ति सम्झौता सम्पन्न भए पश्चात ग्राहकले उक्त प्राप्ति सम्झौता समाप्त गर्न सक्ने छैन ।
                                                                              • ८. यदि यस धाराको अनुच्छेद ६ मा उल्लेखित जाँचको परिणामस्वरूप कम्पनीले रकम स्थानान्तरण प्राप्ति आवेदनको विवरणमा समस्या रहेको ठहर गरेमा कम्पनीले उक्त रकम स्थानान्तरण आवेदन स्वीकार गर्नेछैन र यस्तो आवेदन ग्राहकद्वारा रद्द गरिएको मानिनेछ । कम्पनीले कम्पनीद्वारा निर्धारित प्रक्रिया बमोजिम उक्त जाँचको परिणाम ग्राहकलाई सूचित गर्नु पर्नेछ ।
                                                                              • ९. कारोबारका लागि ग्राहकले प्रयोग गर्ने उपकरणहरू उचित रूपमा कार्यरत छन् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी ग्राहककै हुनेछ र कम्पनीले ग्राहकले प्रयोग गर्ने उपकरणहरू सही रूपमा कार्यरत छन् भन्ने कुनै पनि प्रत्याभूति प्रदान गर्नेछैन । यदि उपकरणहरू उचित रूपमा कार्यरत नरहेको कारणबाट कुनै क्षति उत्पन्न भएमा त्यस्तो क्षतिका लागि कम्पनी कुनै पनि रूपमा जिम्मेवार हुनेछैन ।
                                                                              • १०. यस धाराका प्रावधानहरू अनुसार रकम स्थानान्तरण आवेदन रद्द गरिएको कारणले उत्पन्न हुने क्षतिका साथै ग्राहकद्वारा गलत विवरण प्रविष्ट गरिएको कारणले वा आवेदनको विवरणमा समस्या भएको कारणले उत्पन्न हुने कुनै पनि क्षतिप्रति कम्पनी कुनै पनि रूपमा जिम्मेवार हुनेछैन ।
                                                                              •  

                                                                                 

                                                                                धारा ४२. (फोनमार्फत रकम स्थानान्तरण प्राप्तिका लागि आवेदन)

                                                                                • 1. सदस्य ग्राहकले कम्पनीको सम्पर्कमा फोनमार्फत सम्पर्क गरी, ग्राहकको विवरण र खाता जानकारी कम्पनीले तोकेको विधि अनुसार प्रमाणीकरण गरि उक्त खाता नाम ग्राहकसँग मेल खाएको अवस्थामा ग्राहकले फोनमार्फत रकम स्थानान्तरण प्राप्तिको आवेदन गरेको मानिनेछ । यसरी आवेदन गर्दा रकम स्थानान्तरणको उद्देश्य जानकारी दिनुका साथै कम्पनीले तोकेको प्रक्रिया बमोजिम पहिचान पुष्टि समेत गर्नु पर्नेछ ।
                                                                                • 2. माथिल्लो अनुच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीले ग्राहकको फोनमार्फत रकम स्थानान्तरण प्राप्तिको आवेदन निम्न लिखित अवस्थामा अस्वीकार गर्न सक्दछ:
                                                                                • (१) ग्राहकले कम्पनीले तोकेको प्रक्रिया बमोजिम विभिन्न विषयको पुष्टिको लागि आवश्यक जानकारी प्रदान नगरेको अवस्थामा;
                                                                                  (२) यदि माथिल्लो अनुच्छेदमा उल्लिखित रकम स्थानान्तरणको उद्देश्य अवैध भएमा; वा
                                                                                  (३) यदि जापानको वैदेशिक विनिमय तथा करसम्बन्धी कानून र नियम अनुसार सार्वजनिक कार्यालयले जारी गरिएको आधिकारिक कागजात, वा त्यस्तो कारोबारको लागि आवश्यक अनुमतिपत्र, आदी तोकिएको म्याद भित्र कम्पनीलाई पेश नगरिएको अवस्थामा ।
                                                                                  • 3. कम्पनीले फोनमार्फत राकम स्थानान्तरण प्राप्ति आवेदन सम्बन्धी ग्राहकको विवरण सम्बद्ध संस्थासँग लाउन्डरिङ रोकथाम, आतंकवादको वित्त पोषण रोकथाम सम्बन्धी निति वा अन्य कानूनी वा प्रशासनिक अनुरोध बमोजिम खुलाउन सक्नेमा ग्राहकहरु सहमति जनाउँदछन् । साथै ग्राहकहरु सम्बद्ध संस्थाले उक्त विवरण अन्य सम्बद्ध संस्था, सोको मुख्य कम्पनी वा सहायक कम्पनीहरूसँग पनि खुलाउन सक्नेमा समेत सहमति जनाउँदछन् ।
                                                                                  • 4. माथिल्लो अनुच्छेदमा उल्लिखित विवरणको व्यवस्थापनको कारण ग्राहकलाई हुने कुनै पनि नोक्सानी वा क्षतिको लागि कम्पनी जिम्मेवार हुने छैन तर कम्पनीले जानाजानी गरेको कार्य (willful misconduct) वा सोको गम्भीर हेलचेक्र्याइँ (gross negligence) भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
                                                                                  •  

                                                                                     

                                                                                    धारा ४३ (स्थानान्तरण गरिएको रकमको प्राप्ति)

                                                                                    • १. कम्पनीले प्राप्ति सम्झौता बमोजिम प्राप्त गरिएको स्थानान्तरणको रकमबाट तलको अनुच्छेदमा उल्लिखित शुल्क कटौती गरेपछि बाँकी रहेको रकम अग्रिमरुपमा दर्ता रहेको ग्राहकको बैंक खातामा स्थानान्तरण गर्नेछ । यसरी बाँकी रहेको रकम स्थानान्तरण गर्दा कम्पनीले प्राप्ति सम्झौता दिनको दिउँसो ३ बजे अघि सम्पन्न भएको अवस्थामा सोही दिनको भोलिपल्टको व्यवसायिक दिनमा र यदि प्राप्ति सम्झौता दिउँसो ३ बजे वा त्यसपछि सम्पन्न भएको अवस्थामा प्राप्ति सम्झौताको दिनबाट दुई पछिको व्यवसायिक दिनमा गर्नेछ ।
                                                                                    • २. रकम स्थानान्तरण प्राप्त गर्न लाग्ने शुल्क कम्पनीद्वारा अलगै तोकिनेछ । उक्त शुल्कहरूको जानकारी तलको URL मा हेर्न सकिन्छ:
                                                                                      (URL: https://www.remit.co.jp/kaigaisoukin/exchangeratecommission/commission/
                                                                                    • ३. हरेक विप्रेषणमा ग्राहकले प्राप्त गर्न सक्ने अधिकतम रकम, निश्चित अवधिमा प्राप्त गर्न सक्ने कुल रकम, र निश्चित अवधिमा गरिने अधिकतम कारोबार संख्या कम्पनीले अलगै तोक्नेछ । सो सम्बन्धी विस्तृत विवरणका लागि तलको URL हेर्नुहोस्:
                                                                                      (URL: https://www.remit.co.jp/kaigaisoukin/service/flowindividual/
                                                                                      (URL: https://www.remit.co.jp/kaigaisoukin/service/flowcorporation/
                                                                                    • ४. ग्राहकले रकम स्थानान्तरण प्राप्त गर्न आवेदन दिएको अवस्थामा कम्पनीको वेबसाइटमा लग-इन गरी कम्पनीद्वारा निर्दिष्ट गरे बमोजिम स्क्रिनमा रकम स्थानान्तरण प्राप्तिको स्थिति हेर्न गर्न सक्नेछन् ।
                                                                                    • ५. ग्राहकहरूले कम्पनीले निम्न प्रयोजनका लागि आफ्नो विवरण संबद्ध संस्थासँग खुलासा गर्न सक्नेमा सहमति जनाउँदछन्: (१) ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यले, (२) कानूनद्वारा स्विकृत दायराभित्र संयुक्त मार्केटिङ गर्ने उद्देश्यले, वा (३) मनी लाउन्डरिङ, आतंकवाद वित्त पोषण रोकथाम, र अन्य कानुनी वा प्रशासनिक अनुरोधका कारण । साथै ग्राहकहरू उपरोक्त उद्देश्यका लागि सम्बद्ध संस्थाले आफ्नो विवरण अन्य सम्बद्ध संस्था, सोको मूल कम्पनी वा सहायक कम्पनीहरू (जापानमा दर्ता नभएकाहरु पनि समावेश हुने) सँग खुलासा गर्न सक्नेमा सहमति जनाउँदछन् ।
                                                                                    • ६. माथिल्लो अनुच्छेदमा उल्लेखित व्यवस्थापनका कारण ग्राहकले भोग्ने कुनै पनि क्षति वा हानि सम्बन्धमा कम्पनी र सम्बद्ध संस्था कुनै पनि रूपमा जिम्मेवार हुने छैनन् तर कम्पनी वा सम्बद्ध संस्थाबाट जानाजानी गरेको कार्य (willful misconduct) वा गम्भीर हेलचेक्र्याइँ (gross negligence) भएको अवस्थामा यो प्रावधान लागू हुने छैन ।
                                                                                    •  

                                                                                       

                                                                                      धारा ४४ (विदेशी विनिमय)

                                                                                      • १. स्थानान्तरण गरिएको रकमको प्राप्ति जापानी मुद्रामा (JPY) हुनेछ ।
                                                                                      • २. प्राप्त हुने रकमको स्थानीय मुद्राबाट जापानी मुद्रामा सटही हुने दर रकम स्थानान्तरण गर्न चाहने पक्षले रकम स्थानान्तणको आवेदन दिएको समयमा सम्बद्ध संस्थाद्वारा निर्धारित विनिमय दरमा हुनेछ र सोही विनिमय दर प्रयोग गरि सटही गरिनेछ ।
                                                                                      •  

                                                                                         

                                                                                        धारा ४५ (समाप्ति)

                                                                                        यदि रकम स्थानान्तरण प्राप्ति सम्बन्धी भुक्तानी सम्पन्न भइसकेपछि पनि सम्पन्न भएको प्राप्ति सम्झौतामा कुनै त्रुटि वा असंगति रहेको पाइएमा कम्पनीले उक्त कारोबार समाप्त गर्न सक्नेछ । यस्तो अवस्थामा कम्पनीको अनुरोध भएमा ग्राहकले सो प्राप्त रकम कम्पनीलाई फिर्ता गर्नुपर्नेछ ।

                                                                                         

                                                                                        परिच्छेद ४ (भुक्तानी सेवा ऐन अन्तर्गतका विषयहरू)

                                                                                         

                                                                                        धारा ४६. (बैंक वा अन्य वित्तीय संस्थाद्वारा गरिने विदेशी विनिमय कारोबारको रुपमा भ्रम सृजना नहुनको लागि अपनाइने विषयहरू)

                                                                                        • ग्राहकले निम्नलिखित विषयहरू पूर्ण रूपमा बुझी तथा स्वीकार गरी सेवाहरू प्रयोग गर्नुपर्नेछः
                                                                                        • (१) यी सेवाहरू बैंक वा अन्य वित्तीय संस्थाद्वारा सञ्चालन गरिने विदेशी विनिमय कारोबार होइनन्;
                                                                                          (२) यी सेवाहरू अन्तर्गत कम्पनीले कुनै पनि प्रकारका निक्षेप, बचत वा किस्ताबन्दी बचत आदि स्वीकार गर्ने कार्य समावेश हुदैन;
                                                                                          (३) यी सेवाहरू निक्षेप बीमा ऐन (१९७१ को ऐन नं. ३४ र सोमा भएको संशोधित सहित) को धारा ५३ वा कृषि तथा मत्स्यपालन सहकारी बचत बीमा ऐन (१९७३ को ऐन नं. ५३ र सोमा भएको संशोधित सहित) को धारा ५५ बमोजिमको बीमा भुक्तानीको दायराभित्र पर्दैनन् ।

                                                                                           

                                                                                           

                                                                                          धारा ४७. (यी नियम तथा शर्तहरू अन्तर्गत हुने सम्झौताका विषयवस्तुहरू)

                                                                                          • १. कम्पनीद्वारा सञ्चालन गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरणको अधिकतम सीमा प्रति रेमिट्यान्स १,०००,००० जापानी येन हुनेछ ।
                                                                                          • २. कम्पनीद्वारा गरिने अन्तर्राष्ट्रिय रकम स्थानान्तरणको सामान्य कार्यसम्पादन अवधि धारा ३३.५ मा उल्लेख गरे बमोजिम हुनेछ ।
                                                                                          • ३. ग्राहकले तिर्नुपर्ने शुल्क, पारिश्रमिक वा खर्चको रकम वा त्यसको अधिकतम सीमा, अथवा त्यसको गणना गर्ने विधि धारा २८-२.७, धारा ३८ तथा धारा ४३.२ मा तोकिए बमोजिम हुनेछ ।
                                                                                          • ४. अन्तर्राष्ट्रिय रकम स्थानान्तरण विदेशी मुद्रामा भएको अवस्थामा सो रकम धारा ३७ तथा धारा ४४ मा निर्दिष्ट गरिएको गणना विधि अनुसार जापानी मुद्रामा सटही गरिनेछ ।
                                                                                          • ५. यी नियम तथा शर्तहरूबमोजिम ग्राहक र कम्पनीबीच सम्पन्न सम्झौता (यसपछि “सम्झौता” भनिएको) निश्चित अवधि विहीन हुनेछ । सदस्यता दर्ता रद्द भएमा उक्त सम्झौता पनि समाप्त हुनेछ ।
                                                                                          • ६. यी नियम तथा शर्तहरू अनुसार सम्झौता समाप्त भएमा सोको व्यवस्थापन निम्नानुसार हुनेछः
                                                                                          • (१) सम्झौता समाप्त भएमा धारा २१ मा तोकिए बमोजिम व्यवस्था लागू हुनेछ ।
                                                                                            (२) रकम स्थानान्तरण सम्झौता रद्द भएमा धारा ३६ तथा धारा ३९ बमोजिम व्यवस्था लागू हुनेछ ।
                                                                                            (३) प्राप्ति सम्झौता रद्द भएमा धारा ४५ बमोजिम व्यवस्था लागू हुनेछ ।
                                                                                          • ७. कम्पनी प्रकार-२ (type 2) को रकम स्थानान्तरण सेवा प्रदायक हो । कम्पनीले सञ्चालन गर्ने प्रकार-२ को रकम स्थानान्तरण व्यवसायको गणना अवधि एक (१) हप्ता हुनेछ र निक्षेप जम्मा गर्ने म्याद तीन (३) कार्यदिनको हुनेछ ।
                                                                                          • ८. सेवाहरुको अनधिकृत प्रयोगका कारण सेवाहरुका सदस्य वा गैर-सदस्य ग्राहकहरूले व्यहोर्नु परेको कुनै क्षतिको क्षतिपूर्ति कम्पनीको “अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवाको अनधिकृत प्रयोगबाट भएको क्षतिको क्षतिपूर्ति सम्बन्धी नीति ” बमोजिम प्रदान गरिनेछ । विस्तृत जानकारीका लागि निम्न यूआरएल अवलोकन गर्नुहोस्:
                                                                                            (URL: https://www.remit.co.jp/coverage_policy/
                                                                                          •  

                                                                                             

                                                                                            धारा ४८. (कार्यसम्पादन जमानत निक्षेप प्रणाली (Performance Security Deposit System))

                                                                                            • १. भुक्तानी सेवा ऐन (जुन २४, २००९ मितिको ऐन नं. ५९ र सोमा भएको संशोधन समेत) को दफा ४३ का प्रावधान अनुसार, कम्पनीले ग्राहकहरूलाई रकम स्थानान्तरण जगेडा खातामा जम्मा गरिएको रकम फिर्ता गर्ने दायित्व तथा ग्राहकहरूलाई प्राप्त भएको रकम भुक्तानी गर्ने दायित्वको सुरक्षाका लागि रकम स्थानान्तरण सेवा प्रदायक सम्बन्धी क्याबिनेट कार्यालयको अध्यादेशको धारा ११ को अनुच्छेद ६ मा उल्लिखित गुणकले रकम स्थानान्तरण जगेडा खातामा जम्मा गरिएको रकम स्थानान्तरण जगेडा र प्राप्त कोष स्थानान्तरण रकमको कुल योगफललाई गुणा गरी गणना गरिएको रकम बराबर वा सोभन्दा बढी मूल्यको कार्यसम्पादन जमानत निक्षेपलाई फिर्ता प्रक्रिया सम्बन्धी खर्चका रूपमा सुरक्षित राख्न निम्न उपायहरू अवलम्बन गर्नेछ । यदि कम्पनी आफ्ना कुनै दायित्वहरू भुक्तानी गर्न असमर्थ भएमा रकम स्थानान्तरणको आवेदन गर्ने पक्षले कम्पनीका अन्य ऋणदाताहरूको तुलनामा उक्त कार्यसम्पादन जमानत निक्षेपबाट प्राथमिकतामा भुक्तानी प्राप्त गर्ने अधिकार राख्नेछ (जसलाई यसपछि “फिर्ता दाबी अधिकार” भनिएको) ।
                                                                                            • (क) आओजोरा बैंक लिमिटेड (Aozora Bank, Ltd.) सँग भुक्तानी जमानत सम्झौता सम्पन्न गर्ने;
                                                                                              (ख) रेसोना बैंक लिमिटेड (Resona Bank, Ltd) सँग भुक्तानी जमानत सम्झौता सम्पन्न गर्ने;
                                                                                              (ग) बान्को डो ब्राजिल टोकियो शाखा (Banco do Brasil S.A., Tokyo Branch) सँग भुक्तानी जमानत सम्झौता सम्पन्न गर्ने;
                                                                                              (घ) एसबीआई इन्स्योरेन्स कं., लिमिटेड (SBI Insurance Co, Ltd) सँग कार्यसम्पादन जमानत निक्षेप संरक्षण सम्झौता सम्पन्न गर्ने;
                                                                                              (ङ) टोकियो कानुनी मामिला ब्यूरो (Tokyo Legal Affairs Bureau) मा कार्यसम्पादन जमानत निक्षेप जम्मा गर्ने।
                                                                                              • २. रकम स्थानान्तरण प्राप्तकर्ताले वास्तवमा रकम प्राप्त नगरेसम्म ग्राहकले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवासम्बन्धी फिर्ता दाबी गर्ने अधिकार कायम राख्नेछ । तर उक्त रकम स्थानान्तरण प्राप्तकर्ताले वास्तवमै रकम प्राप्त गरिसकेपछि ग्राहकले सो फिर्ता दाबी गर्ने अधिकार प्रयोग गर्न पाउने छैन । साथै अन्तर्राष्ट्रिय रकम प्राप्ति सेवासम्बन्धी फिर्ता दाबी गर्ने अधिकार ग्राहककै हुनेछ ।
                                                                                              • ३. भुक्तानी सेवा ऐनको धारा ५९ को अनुच्छेद २ मा निर्दिष्ट कुनै अवस्था उत्पन्न भएमा ग्राहकले सोही धारामा तोकिए बमोजिमका फिर्ता प्रक्रियाहरू पूरा गरी कार्यसम्पादन जमानत निक्षेपबाट रकम फिर्ता प्राप्त गर्न सक्नेछ ।
                                                                                              • ४. माथिल्लो धारामा उल्लिखित अवस्था उत्पन्न भएमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा अन्तर्गतको रकम स्थानान्तरण प्राप्तकर्ताले उक्त रकम प्राप्त गर्न सक्ने छैन । तर माथिल्लो अनुच्छेदमा उल्लेखित अवस्था उत्पन्न भई अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा अन्तर्गतको रकम स्थानान्तरण प्राप्तकर्ताले पहिले नै रकम प्राप्त गरिसकेको अवस्थामा फिर्ता प्रक्रिया अपनाइएमा ग्राहकले कार्यसम्पादन जमानत निक्षेप बराबरको रकम कम्पनीलाई फिर्ता गर्नुपर्नेछ ।
                                                                                              •  

                                                                                                 

                                                                                                धारा ४९. (सोधपुछको निम्ती सम्पर्क विवरण, उजुरी प्रक्रिया र विवाद समाधान उपायहरू)

                                                                                                • १. सेवासम्बन्धी सोधपुछ र सुझावहरू निम्न सम्पर्क माध्यम मार्फत स्वीकार गरिनेछ:
                                                                                                  ठेगाना: एसबीआई रेमिट कं., लि., कस्टमर सेन्टर (SBI Remit Co., Ltd., Customer Center)
                                                                                                  ४एफ सुमितोमो फुदोसान ओतोवा बिल्डिङ, २-९-३, ओत्सुका, बुन्क्यो-कु, टोक्यो, ११२-००१२ (4F Sumitomo Fudosan Otowa Bldg., 2-9-3, Otsuka,
                                                                                                  Bunkyo-ku, Tokyo, 112-0012)
                                                                                                  फोन: ०३-५६५२-६७५९
                                                                                                  इमेल: support@remit.co.jp
                                                                                                  (कार्यदिन) ९:०० – १८:००
                                                                                                • २. कम्पनीले भुक्तानी सेवा ऐन अनुसार निम्न बमोजिमको उजुरी प्रक्रिया र विवाद समाधान उपायहरू लागू गरेको छ । कम्पनीद्वारा सञ्चालित रकम स्थानान्तरण व्यवसायसँग सम्बन्धित उजुरी र विवादको लागि निम्न बाह्य संस्था उपलब्ध छन्:
                                                                                                • (१) उजुरी प्रक्रिया उपायहरू
                                                                                                  जापान पेमेन्ट सर्भिस एसोसिएसन कस्टमर हटलाइन (Japan Payment Service Association Customer Hotline) फोन: ०३-३५५६-६२६१
                                                                                                  सङ्गठनद्वारा सोधपुछ र उजुरीहरू व्यवस्थापन गर्ने प्रक्रिया निम्न URL मा उपलब्ध छ:
                                                                                                  (URL:http://www.s-kessai.jp/consumer/giftcard_prica_netprica/funds_consumer_inquiry_cg.html
                                                                                                  (२) विवाद समाधान उपायहरू
                                                                                                  टोक्यो बार एसोसिएसन डिस्प्युट रेजोलुसन सेन्टर (Tokyo Bar Association Dispute Resolution Center) फोन: ०३-३५८१-००३१
                                                                                                  दाइइचि टोक्यो बार एसोसिएसन आर्बिट्रेसन सेन्टर (Daiichi Tokyo Bar Association Arbitration Center) फोन: ०३-३५९५-८५८८
                                                                                                  दाइनि टोक्यो बार एसोसिएसन आर्बिट्रेसन सेन्टर (Daini Tokyo Bar Association Arbitration Center) फोन: ०३-३५८१-२२४९
                                                                                                  यो अनुवाद ग्राहकहरूको बुझाइका लागि प्रदान गरिएको हो र यदि यस अनुवाद र जापानी संस्करण बिच कुनै भिन्नता भएमा जापानी संस्करण कायम हुनेछ ।

                                                                                                   

                                                                                                   

                                                                                                  समाप्त

                                                                                                   

                                                                                                  • स्थापित: डिसेम्बर १३, २०१० (वि.सं. २०६७ मंसिर २७)
                                                                                                  • संशोधित: अप्रिल १७, २०१२ (वि.सं. २०६९ वैशाख ५ )
                                                                                                  • संशोधित: अप्रिल १, २०१४ ( वि.सं. २०७० चैत १८ )
                                                                                                  • संशोधित: जुन १३, २०१४( वि.सं. २०७१ जेठ ३० )
                                                                                                  • संशोधित: फेब्रुअरी १८, २०१६ ( वि.सं. २०७२ फागुन ६ )
                                                                                                  • संशोधित: मे २६, २०१६ ( वि.सं. २०७३ जेठ १३ )
                                                                                                  • संशोधित: जुन २३, २०१६ ( वि.सं. २०७३ असार ९)
                                                                                                  • संशोधित: अक्टोबर २०, २०१६ ( वि.सं. २०७३ कार्तिक ४)
                                                                                                  • संशोधित: मे १८, २०१७ ( वि.सं. २०७४ जेठ ४ )
                                                                                                  • संशोधित: मार्च १, २०१८ ( वि.सं. २०७४ फागुन १७)
                                                                                                  • संशोधित: जनवरी २३, २०१९ ( वि.सं. २०७५ माघ ९ )
                                                                                                  • संशोधित: मार्च ३०, २०२० ( वि.सं. २०७६ चैत १७ )
                                                                                                  • संशोधित: डिसेम्बर ८, २०२० ( वि.सं. २०७७ मंसिर २३ )
                                                                                                  • संशोधित: मे १, २०२१ ( वि.सं. २०७८ वैशाख १८ )
                                                                                                  • संशोधित: मे १७, २०२२ ( वि.सं. २०७९ जेठ ३ )
                                                                                                  • संशोधित: अक्टोबर १४, २०२२ ( वि.सं. २०७९ असोज २८ )
                                                                                                  • संशोधित: मार्च ३०, २०२३ ( वि.सं. २०७९ चैत १६ )
                                                                                                  • संशोधित: अक्टोबर ३०, २०२३ ( वि.सं. २०८० कार्तिक १३ )
                                                                                                  • संशोधित: जनवरी ३१, २०२४ ( वि.सं. २०८० माघ १७ )
                                                                                                  • संशोधित: मार्च २८, २०२४ ( वि.सं. २०८० चैत १५ )
                                                                                                  • संशोधित: अगस्ट १, २०२४ ( वि.सं. २०८१ साउन १७ )
                                                                                                  • संशोधित: डिसेम्बर १७, २०२५ ( वि.सं. २०८२ पुस २ )
                                                                                                  • संशोधित: डिसेम्बर १८, २०२५ ( वि.सं. २०८२ पुस ३ )