महत्त्वपूर्ण जानकारी

माइ नम्बर सम्बन्धित कागजात पेस गर्नको लागि अनुरोध

“प्रशासनिक प्रक्रियाको लागी उक्त व्यक्तिको पहिचान गर्न नम्बरको प्रयोगमा आधारित ऐन” साथै “स्वदेशी करको उचित ब्यबस्थापन सुनिश्चित गर्नको लागि विदेशी रेमिट्यान्स सम्बन्धित रेकर्ड बुझाउनु पर्ने निर्देशन अनुरुपका ऐनहरू” मा आधारित रही , जनवरी १, २०१६ पछि जापानबाट अन्तर्राष्ट्रिय रेमिट्यान्स गर्दा, प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत नम्बर (माइ नम्बर) वित्तीय संस्थामा बुझाउनु पर्ने नियम लागु भयो।कृपया व्यक्तिगत नम्बर (माइ नम्बर) सम्बन्धित कागजातहरू बुझाउदा निम्न जानकारीलाई ध्यान दिनुहोस्।

 

व्यक्तिगत नम्बर (माइ नम्बर) सम्बन्धित कागजातहरू

– सूचना कार्ड(चूउचि कार्ड)को दुई-पक्षीय प्रतिलिपि
– व्यक्तिगत नम्बर(माइ नम्बर) कार्डको दुई-पक्षीय प्रतिलिपि
– आवास प्रमाण-पत्र(ज्युमिनह्योउ) (बुझाउने मितिबाट ३ महिना भित्र निकालिएको र माइ नम्बर लेखिएको हुनु पर्नेछ)

चूउचि कार्ड प्राप्त गर्न अथवा माइ नम्बर कार्ड जारी गर्न, कृपया माइ नम्बर कार्डको वेबसाइट, मा हेर्नुहोस् अथवा माइ नम्बर टोल-फ्री नम्बर, वा तपाईं बस्ने नगरपालिकामा सोध्नुहोस्।

 

 

 

 

हाम्रो कम्पनीमा व्यक्तिगत नम्बर (माइ नम्बर) सम्बन्धी कागजातहरू पेस गर्ने तरिकाहरू

 

एप(एप्लिकेसन) मार्फत बुझाउने तरिका
हाम्रो कम्पनीको “माइ नम्बर रजिस्टर” एप को प्रयोग गरेर बुझाउन सकिन्छ। कृपया तलका लिंकबाट “माइ नम्बर रजिस्टर” डाउनलोड गर्नुहोस्।

 

 

 

२। हुलाक(पोस्ट अफिस)द्वारा बुझाउने तरिका

सागावा एक्सप्रेसद्वारा नयाँ ग्राहकहरूलाई १ जनवरी२०१६ बाट पठाउन शुरु गरियको वेलकम प्याकेज भित्र “व्यक्तिगत नम्बर (माइ नम्बर) कागजातहरू पठाउने निलो खाम” समावेश गरेका छौं। त्यसैले कृपया त्यो खाम भित्र माइ नम्बरको कागजात राखेर हुलाकबाट पठाउनु होला । यदि कुनै कारणवस तपाईंले यो निलो खाम हराउनुभएको छ भने, तल दिइएको URL मा क्लिक गर्नुहोस् र कृपया खामलाई छापेर हुलाकबाट पठाउने व्यवस्था मिलाउनुहोस्।


>>>पठाउदा पैसा तिर्नु नपर्ने खाम प्रिन्टको लागि यहाँ क्लिक गर्नुहोस्

 

*तपाईं आफ्नो व्यक्तिगत नम्बर (माइ नम्बर) का कागजात बुझाउन असमर्थ हुनुभयो भने, तपाईंको लेनदेन प्रतिबन्धित हुन सक्छ।
*हामी तपाईंको सदस्यको व्यक्तिगत नम्बर (माइ नम्बर) कानूनद्वारा तोकिएको भन्दा अन्य उद्देश्यका लागि वा अरू व्यक्तिलाई प्रदान गरेर प्रयोग गर्दैनौं।
*कृपया पहिले नै बुझिदिनुहोलाकि, ग्राहकहरूद्वारा पेस गरिएको व्यक्तिगत नम्बर (माइ नम्बर) वा सम्बन्धित कागजातहरू,सदस्यको रूपमा दर्ता गर्न नसकेमा वा रद्द भएमा पनि फिर्ता हुने छैन।
*सबै परिवारको व्यक्तिगत नम्बर (माइ नम्बर) को साथ बुझाउनु भयको आवास प्रमाण-पत्र(ज्युमिनह्योउ) स्वीकार गर्न सक्दैनौं। यदि तपाईं हामीलाई सबै घरपरिवारको व्यक्तिगत नम्बर (माइ नम्बर) पठाउनुहुन्छ भने, त्यो मान्य हुने छैन, र केवल तपाईंको व्यक्तिगत नम्बर (माइ नम्बर) मात्र भएको आवास प्रमाण-पत्र फेरि ठीकसँग पठाउन अनुरोध गरिनेछ।