व्यक्तिगत जानकारीको व्यवस्थापन

एसबिआई रेमिट (SBI Remit) (यसपछि “कम्पनी” भनिएको) ले ‘व्यक्तिगत जानकारीको संरक्षणसम्बन्धी ऐन’ तथा सो संग सम्बन्धित कानुन (यहाँपछि “गोपनीयता सम्बन्धी कानुन” भनिएको) बमोजिम निम्न विवरणहरू सार्वजनिक गर्नेछ।

१. व्यक्तिगत जानकारीको अभिप्राय प्रायोजन सार्वजनिक गर्ने सम्बन्धमा व्यवस्था

कम्पनीले ग्राहकहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त गरिएको व्यक्तिगत जानकारीलाई तल उल्लेखित उद्देश्यहरू पुरा गर्न आवश्यक मात्रामा प्रयोग गर्नेछ ।

कम्पनीले ग्राहकहरूबाट प्रत्यक्ष लिखित रूपमा व्यक्तिगत जानकारी संकलन गर्नु अघि उक्त जानकारीको प्रयोग गर्ने उद्देश्य स्पष्ट रूपमा जानकारी गराउनेछ।
साथै प्रयोगको उद्देश्य ग्राहकहरूले सजिलै बुझ्न सक्ने गरी स्पष्ट रूपमा उल्लेख गरि जानकारी संकलन गर्दाको परिवेश अनुसार सो प्रयोगको उद्देश्यलाई सीमित गर्न कम्पनीले प्रयास गर्नेछ।
उदाहरणका लागि विभिन्न प्रश्नावलीहरूमा प्राप्त प्रतिक्रियाहरूलाई तथ्याङ्क संकलनको उद्देश्यका लागि मात्र प्रयोग गरिनेछ।

अभिप्राय प्रयोगहरुको सूची

  1. १.१ अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवाका लागि सदस्यता दर्ता गर्न तथा सो सेवा प्रदान गर्न;
  2. १.२ अपराधिक आम्दानीको स्थानान्तरण सम्बन्धी ऐन, वैदेशिक विनिमय ऐन, स्वदेशी कर प्रणालीको उचित सुनिश्चितताको लागि वैदेशिक रकम स्थानान्तरणको विवरण पेश गर्ने सम्बन्धी ऐन, तथा अन्य सम्बन्धित कानुनहरू बमोजिम व्यक्तिको पहिचान पुष्टि गर्न तथा व्यक्ति कम्पनीका सेवा प्रयोग गर्न योग्य छ कि छैन भन्ने सुनिश्चित गर्न;
  3. १.३ अन्य व्यवसायिक संस्थाबाट बाह्य सेवा लिनको निम्ती कम्पनीलाई सुम्पिएको व्यक्तिगत जानकारीको सम्पूर्ण वा आंशिक प्रशोधनसम्बन्धी सेवा उपयुक्त रूपमा सञ्चालन गर्न;
  4. १.४ कम्पनीको ग्राहकसँग भएका सम्झौता तथा प्रचलित कानुन बमोजिम अधिकार प्रयोग गर्न तथा दायित्वहरू पूरा गर्न;
  5. १.५ बजार अनुसन्धान, तथ्याङ्क विश्लेषण तथा प्रश्नावलीमार्फत कम्पनीका सेवाहरूको अनुसन्धान र विकास गर्न;
  6. १.६ प्रत्यक्ष पत्राचार वा यस्तै माध्यमद्वारा ग्राहकलाई सेवाहरूको जानकारी दिन;
  7. १.७ ग्राहकलाई सम्बन्धित कम्पनीहरू वा समान प्रकृतिका अन्य संस्थाबाट प्रदान गरिने उत्पादन वा सेवाहरूको जानकारी दिन;
  8. १.८. कारोबारहरु रद्द गर्न वा रद्द भए पश्चातका प्रशासनिक कार्यहरू सम्पन्न गर्न; तथा
  9. १.९. ग्राहकहरूसँगका उपयुक्त र बाधारहित रूपमा कारोबारहरू सञ्चालन गर्न।

यदि कुनै निश्चित व्यक्तिगत जानकारीको प्रयोग कानुनद्वारा सीमित गरिएको छ भने उक्त जानकारीलाई तोकिएको प्रयोजन बाहेक अन्य प्रयोजनका लागि प्रयोग गरिने छैन । यस सम्बन्धमा विशेष रूपमा निम्न व्यवस्था लागू हुन्छ:

रकम स्थानान्तरण सेवा प्रदायकसम्बन्धी मन्त्रिपरिषदको अध्यादेशको धारा २६ बमोजिम रकम स्थानान्तरण सेवा प्रदायकहरूले आफ्नो सेवाहरुको सञ्चालन उपयुक्त रूपमा सुनिश्चित गर्नुपर्दछ र आफ्नो रकम स्थानान्तरण व्यवसायका व्यक्तिगत प्रयोगकर्तासम्बन्धी जानकारीलाई आवश्यक प्रयोजन बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न वा तेस्रो पक्षलाई उपलब्ध गराउन पाउने छैन । यसमा जाति, धर्म, परिवारिक मुल, स्थायी ठेगाना, स्वास्थ्य र चिकित्सा स्थिति, तथा आपराधिक अभिलेखहरू साथै सेवा प्रदायकले प्राप्त गरेको अन्य सार्वजनिक नभएको विशेष जानकारीहरू पनि समावेश हुन्छन् (अर्थात् सार्वजनिक पहुँचमा नरहेको र व्यवसायको सिलसिलामा थाहा पाइएको जानकारीहरू) ।

प्रशासनिक कार्यविधिमा निश्चित व्यक्तिहरूलाई पहिचान गर्नको निम्ती सङ्ख्याको उपयोगसम्बन्धी ऐन बमोजिम उक्त ऐन द्वारा स्वीकृत प्रयोजन बाहेक अन्य प्रयोजनको लागी कम्पनीले ग्राहकहरूको व्यक्तिगत परिचय नम्बर वा सो नम्बर समावेश भएको व्यक्तिगत जानकारीलाई प्राप्त गर्ने, प्रयोग गर्ने वा तेस्रो पक्षलाई प्रदान गर्ने छैन ।

२. व्यक्तिगत जानकारीको उपयुक्त संकलन

कम्पनीले आफ्ना ग्राहकहरूको व्यक्तिगत जानकारी उपयुक्त र विधिसम्मत तरिकाले संकलन गर्नेछ।
उदाहरणका लागि कम्पनीले निम्न स्रोतहरूबाट व्यक्तिगत जानकारी संकलन गर्न सक्छ:

जानकारी संकलन गरिने स्रोतहरूको उदाहरण
  • ・ ग्राहकहरूद्वारा प्रत्यक्ष रूपमा जानकारी प्रदान गरिने स्रोतहरू जस्तै कम्पनीको वेबसाइट जहाँ ग्राहकहरूले आफ्ना विवरणहरू प्रविष्ट गर्दछन्, साथै ग्राहकहरूद्वारा भरिएको र पेश गरिएको लिखित दस्तावेजहरू जस्तै सदस्यता दर्ता सम्बन्धी आवेदन फारमहरू आदि।

३-१. तेस्रो पक्षलाई व्यक्तिगत जानकारीको प्रदान गर्ने सम्बन्धी प्रावधान

कम्पनीले आफ्ना ग्राहकहरूको व्यक्तिगत जानकारी तेस्रो पक्षलाई ग्राहकको सहमति बिना प्रदान गर्ने छैन तर बाह्य स्रोतबाट सेवा प्राप्त गरेको अवस्थामा (services are outsourced), गाभिएकोमा वा अन्य कारणले व्यवसायको उत्तराधिकारको सन्दर्भमा जानकारी प्रदान गरिएको अवस्थामा, जानकारी संयुक्त रूपमा प्रयोग गरिने अवस्थामा र निम्न उल्लेखित अवस्थाहरु अपवाद हुनेछन्:

  1. ३.१.क. गोपनीयता सम्बन्धी प्रचलित कानुन अन्तर्गत आधारहरू भएको अवस्थामा;
  2. ३.१.ख. मानव जीवन, व्यक्तिहरु वा सम्पत्तिको सुरक्षाको लागि आवश्यक रहेको र सम्बन्धित व्यक्तिको सहमति प्राप्त गर्न कठिन रहेको अवस्थामा;
  3. ३.१.ग. सार्वजनिक स्वास्थ्य सुधार गर्न वा बालबालिकाको स्वस्थ विकास प्रवर्द्धन गर्न विशेष रूपमा आवश्यक रहेको र सम्बन्धित व्यक्तिको सहमति प्राप्त गर्न कठिन रहेको अवस्थामा;
  4. ३.१.घ. गोपनीयता सम्बन्धी प्रचलित कानुन अन्तर्गत कुनै राष्ट्रिय निकाय, स्थानीय सरकारी निकाय वा तिनीहरूको प्रतिनिधिद्वारा गरिने कार्यमा सहकार्य गर्न आवश्यक रहेको, र यदि सम्बन्धित व्यक्तिको सहमति प्राप्त गरिएमा सो कार्यको कार्यान्वयनमा बाधा पुग्ने सम्भावना रहेको वा बाधा पुग्न सक्ने जोखिम भएको अवस्थामा।

नोट: बाह्य स्रोतबाट सेवा प्राप्त गरेको अवस्थामा व्यक्तिगत जानकारीको प्रयोग कम्पनीका मापदण्डअनुसार कडाईका साथ व्यवस्थापन गर्न र उपयुक्त रोकथामको उपायहरू अवलम्बन गरिएको सुनिश्चित गर्न कम्पनीले सम्बन्धित पक्षसँग सम्झौता गर्नेछ ।

उदाहरणको लागि कम्पनीले निम्न प्रशासनिक कार्यहरूको निम्ती व्यक्तिगत जानकारीको व्यवस्थापन कार्य बाह्य सेवा प्रदायकहरूलाई सुम्पन्छ:

बाह्य रूपमा गरिएका प्रशासनिक कार्यहरूको उदाहरणः
  • ・ कार्यविधीगत दस्तावेजहरू पठाउने कार्य;
  • ・ प्रत्यक्ष पत्र (Direct Mail) पठाउने कार्य;
  • ・ प्रणाली सञ्चालन (system operation) तथा मर्मतसम्भार सम्बन्धी सेवा;
  • ・ कम्पनीको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण (Overseas Remittance) सेवासम्बन्धी कार्यहरू;
  • ・ ग्राहकहरूको जिज्ञासाको जवाफ दिने कार्यहरू।

३-२. विदेशी मुलुकको तेस्रो पक्षलाई व्यक्तिगत जानकारी प्रदान गर्ने व्यवस्था

(१) विदेशी मुलुकहरूको नाम र त्यहाँको उपयुक्त तथा यथोचित तरिकाबाट प्राप्त गरिएको व्यक्तिगत जानकारी संरक्षण प्रणाली सम्बन्धी जानकारी
कम्पनीले ग्राहकको रकम स्थानान्तरणको गन्तव्य मुलुकको आधारमा आफू सम्बद्ध रहेको निम्न उल्लेखित संस्थाहरूलाई आफूसंग रहेको व्यक्तिगत डाटा प्रदान गर्ने गर्दछ।

 

कम्पनी आवद्ध रहेका संस्थाहरूको सूची

मनीग्राम इन्टरनेसनल पेमेन्ट सिस्टम्स, इन्क. (MoneyGram International Payment Systems, Inc.) संयुक्त राज्य अमेरिका
ल्याण्ड बैंक अफ द फिलिपिन्स (Land Bank of The Philippines) फिलिपिन्स
जी–एक्सचेन्ज, इन्क. (G-Xchange, Inc.) फिलिपिन्स
कोइन्स.पिएच (बेटुर इन्क.) (COINS.PH (BETUR INC.)) फिलिपिन्स
पीटी बैंक रक्यात इन्डोनेसिया (पर्सेरो) टिबीके. (PT Bank Rakyat Indonesia (Persero) Tbk.) इन्डोनेसिया
पीटी बैंक सेन्ट्रल एसिया टिबीके (PT Bank Central Asia Tbk) इन्डोनेसिया
भियतनाम जोइन्ट स्टक कमर्शियल बैंक फर इन्डस्ट्री एण्ड ट्रेड (Vietnam Joint Stock Commercial Bank for Industry and Trade) भियतनाम
टियन फोङ कमर्शियल जोइन्ट स्टक बैंक (Tien Phong Commercial Joint Stock Bank) भियतनाम
साइगन थुओङ टिन कमर्शियल जोइन्ट स्टक बैंक (Sai Gon Thuong Tin Commercial Joint Stock Bank) भियतनाम
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लि. (City Express Money Transfer Pvt., Ltd.) नेपाल
नबिल बैंक लिमिटेड (Nabil Bank Limited) नेपाल
जेट पेरु एस.ए. (JET PERU S.A.) पेरु
ट्राङ्ग्लो एसडीएन. बिएचडी. (Tranglo Sdn. Bhd.) मलेसिया
ट्राङ्ग्लो पीटीई. लि. (Tranglo Pte. Ltd.) सिंगापुर
निउम पीटीई. लि. (Nium Pte. Ltd.) सिंगापुर
द सियाम कमर्शियल बैंक पब्लिक कम्पनी लिमिटेड (The Siam Commercial Bank Public Company Limited) थाईल्यान्ड
सीबी बैंक पीसीएल. (CB Bank PCL) म्यानमार
आक्लेडा बैंक पीएलसी. (ACLEDA Bank Plc.) कम्बोडिया
एसबीआई एलवाई आवर बैंक पीएलसी (SBI LY HOUR Bank Plc.) कम्बोडिया
यूनियनपे इन्टरनेसनल कम्पनी लिमिटेड (UnionPay International Co., Ltd.) चीन
माथि उल्लेखित संस्था अवस्थित रहेको देशको व्यक्तिगत जानकारी संरक्षण प्रणाली सम्बन्धी विवरणका लागि कृपया तल दिइएका पृष्ठहरू वा व्यक्तिगत जानकारी संरक्षण आयोगद्वारा प्रकाशित तलको लिङ्क हेर्नुहोस्।
https://www.ppc.go.jp/personalinfo/legal/kaiseihogohou/#gaikoku
नेपालको
■व्यक्तिगत जानकारी संरक्षण प्रणालीको विद्यमानता
  • ・वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ (सन् २०१८)
  • ・वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली, २०७७ (सन् २०२०)
  • ・मुलुकी देवानी संहिता, २०७४ (सन् २०१७)
  • ・मुलुकी अपराध संहिता, २०७४ (सन् २०१७)
■व्यक्तिगत जानकारी संरक्षण प्रणालीको सूचक हुन सक्ने जानकारी
  • ・युरोपेली संघको पर्याप्तता सम्बन्धी निर्णय: छैन
  • ・एपेक सीबीपिआर (APEC CBPR) प्रणाली: छैन
  • ・ओइसिडी (OECD) गोपनीयता मार्गदर्शन अन्तर्गतका ८ सिद्धान्तहरूसँग मेल खाने व्यवसाय सञ्चालकहरूको दायित्वहरू र व्यक्तिको अधिकारहरू निम्नानुसार छन्:
    1. सङ्कलनमा प्रतिबन्धको सिद्धान्त (Principle of restriction of collection): माथि उल्लिखित कानून तथा नियमावलीमा प्रावधान गरिएको छ।
    2. डेटा सामग्रीको सिद्धान्त (Principle of data content): माथि उल्लिखित कानून तथा नियमावलीमा आंशिक रूपमा प्रावधान गरिएको छ।
    3. उद्देश्य स्पष्टिकरणको सिद्धान्त (Principle of clarification of purpose): माथि उल्लिखित कानून तथा नियमावलीमा आंशिक रूपमा प्रावधान गरिएको छ।
    4. प्रयोगमा प्रतिबन्धको सिद्धान्त (Principle of restriction of use): माथि उल्लिखित कानून तथा नियमावलीमा आंशिक रूपमा प्रावधान गरिएको छ।
    5. सुरक्षा संरक्षणको सिद्धान्त (Principle of security protection): माथि उल्लिखित कानून तथा नियमावलीमा आंशिक रूपमा प्रावधान गरिएको छ।
    6. प्रकटीकरणको सिद्धान्त (Principle of disclosure): प्रासंगिक प्रावधानहरू सान्दर्भिक छैनन्। 7. व्यक्तिगत सहभागिताको सिद्धान्त (Principle of individual participation): माथि उल्लिखित कानून तथा नियमावलीमा आंशिक रूपमा प्रावधान गरिएको छ।
    8. जवाफदेहिताको सिद्धान्त (Principle of Responsibility): प्रासंगिक प्रावधानहरू सान्दर्भिक छैनन्।
  • ・व्यक्तिहरूको अधिकार र हितमा महत्वपूर्ण प्रभाव पार्न सक्ने अन्य प्रणालीहरू: छैन।
(२) तेस्रो पक्षहरूले व्यक्तिगत सूचना संरक्षणका लागि अपनाएका उपायहरूको विवरण
माथी उल्लेखित व्यवसायहरूले ओइसिडी गोपनीयता मार्गदर्शनका आठ सिद्धान्तहरूको पालना गर्न अवलम्बन गरेका उपायहरू निम्नानुसार छन्:
  • ・मनीग्राम इन्टरनेशनल पेमेंट सिस्टम्स, इन्क. (MoneyGram International Payment Systems, Inc.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・ल्याण्ड बैंक अफ द फिलिपिन्स (Land Bank of The Philippines)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・जी–एक्सचेन्ज, इन्क. (G-Xchange, Inc.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・कोइनस्.पीएच (बेटर इन्क.) (COINS.PH (BETUR INC.))
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・पीटी बैंक रक्यात इन्डोनेसिया (पर्सेरो) टीबीके. (PT Bank Rakyat Indonesia (Persero) Tbk.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・पीटी बैंक सेन्ट्रल एसिया टीबीके. (PT Bank Central Asia Tbk)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・भियतनाम जोइन्ट स्टक कमर्शियल बैंक फर इन्डस्ट्री एन्ड ट्रेड (Vietnam Joint Stock Commercial Bank for Industry and Trade)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・टियन फोङ कमर्शियल जोइन्ट स्टक बैंक (Tien Phong Commercial Joint Stock Bank)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・साई गोन थुओङ टिन कमर्शियल जोइन्ट स्टक बैंक (Sai Gon Thuong Tin Commercial Joint Stock Bank)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लि. (City Express Money Transfer Pvt., Ltd.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・नबिल बैंक लिमिटेड (Nabil Bank Limited)
    1. १. सङ्कलनमा प्रतिबन्धको सिद्धान्त (Collection Limitation Principle): आवश्यक उपायहरू अपनाइएको छ।
      २. डेटा गुणस्तरको सिद्धान्त (Data Quality Principle): आवश्यक उपायहरू अपनाइएको छ।
      ३. उद्देश्य स्पष्टताको सिद्धान्त (Purpose Specification Principle): आवश्यक उपायहरू अपनाइएको छ।
      ४. प्रयोगमा प्रतिबन्धको सिद्धान्त (Use Limitation Principle): आवश्यक उपायहरू अपनाइएको छ।
      ५. सुरक्षा संरक्षणको सिद्धान्त (Security Safeguards Principle): आवश्यक उपायहरू अपनाइएको छ।
      ६. प्रकटीकरणको सिद्धान्त (Openness Principle): आंशिक रूपमा आवश्यक उपायहरू अपनाइएको छ।
      ७. व्यक्तिगत सहभागिताको सिद्धान्त (Individual Participation Principle): आंशिक रूपमा आवश्यक उपायहरू अपनाइएको छ।
      ८. उत्तरदायित्वको सिद्धान्त (Accountability Principle): आंशिक रूपमा आवश्यक उपायहरू अपनाइएको छ।
  • ・जेट पेरू एस.ए. (JET PERU S.A.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・ट्राङ्गलो एसडिएन. बीएचडी. (Tranglo Sdn. Bhd.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・ट्राङ्गलो पीटीई. लि. (Tranglo Pte. Ltd.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・निउम पीटीई. लि. (Nium Pte. Ltd.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・द सियाम कमर्शियल बैंक पब्लिक कम्पनी लिमिटेड (The Siam Commercial Bank Public Company Limited)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・सीबी बैंक पीसीएल (CB Bank PCL)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・अक्लेदा बैंक पीएलसी. (ACLEDA Bank Plc.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・एसबीआई एलवाई आवर बैंक पीएलसी (SBI LY HOUR Bank Plc.)
    1. सम्पूर्ण उपायहरू अपनाइएको छ।
  • ・युनियनपे इन्टरनेशनल कम्पनी, लिमिटेड (UnionPay International Co., Ltd.)
    सम्पूर्ण उपायहरू अपनाइएको छ।
(३) माथि उल्लिखित बाहेक विदेशमा तेस्रो पक्षलाई व्यक्तिगत सूचना प्रदान गर्ने व्यवस्था सम्बन्धमा
ग्राहकले निर्दिष्ट गरेको प्राप्तकर्तालाई रकम पठाउँदा कम्पनीले रकम प्राप्तकर्ताले नगद वा खाता मार्फत भुक्तानी लिन प्रयोग गर्ने वित्तीय संस्था (यसमा कम्पनीसँग आवद्ध व्यवसाय सञ्चालन गर्ने संस्थाहरूका एजेन्ट तथा सम्बद्ध वित्तीय संस्थाहरू समेत समावेश छन् जसलाई “अन्तिम प्राप्तकर्ता बैंकहरू आदि” भनिएको छ) मार्फत कम्पनीसँग सम्बद्ध व्यवसाय सञ्चालनकर्ताको माध्यमबाट रकम पठाउन सक्नेछ । यस अवस्थामा कम्पनीसँग आवद्ध व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नै अन्तर्राष्ट्रिय रेमिट्यान्स नेटवर्क वा अन्तर्राष्ट्रिय अन्तरबैंक रेमिट्यान्स नेटवर्क “SWIFT (स्विफ्ट)” प्रयोग गरी विश्वभरका २०० भन्दा बढी देश र क्षेत्रमा रहेका अन्तिम प्राप्तकर्ता बैंकहरू आदि मा रकम पठाउन सक्छ । यद्यपि कम्पनीबाट अन्तिम प्राप्तकर्ता बैंकहरू आदि सम्म रकम अन्य कुनै वित्तीय संस्था(हरू) (यसपछि “ट्रान्जिट बैंकहरू आदि” भनिने) मार्फत (सम्भावित रूपमा एकभन्दा बढी ट्रान्जिट बैंकहरू आदि मार्फत) पठाइएको हुनसक्ने सम्भावना रहेतापनी यस्तो नेटवर्कमा ग्राहकबाट रेमिट्यान्स पठाउने निर्देशन प्राप्त गर्ने समयमा ट्रान्जिट बैंकहरू आदि को अस्तित्व र तिनको नाम निश्चित गर्न सकिँदैन। त्यसैले कम्पनीले ट्रान्जिट बैंकहरू आदि अवस्थित रहेका विदेशी देशको नाम, सो देशको व्यक्तिगत सूचना संरक्षण प्रणाली वा ती ट्रान्जिट बैंकहरू आदि द्वारा अपनाइएका व्यक्तिगत सूचना संरक्षणका उपायहरू सम्बन्धमा जानकारी प्रदान गर्न सक्दैन ।
अन्तिम प्राप्तकर्ता बैंकहरू आदि अवस्थित रहेका विदेशी देशहरूको व्यक्तिगत सूचना संरक्षण प्रणालीसम्बन्धी जानकारीका लागि कृपया व्यक्तिगत सूचना संरक्षण आयोगले प्रकाशित गरेको तलको वेबपृष्ठ हेर्नुहोस्:
https://www.ppc.go.jp/personalinfo/legal/kaiseihogohou/#gaikoku

४. व्यक्तिगत सूचनाको साझा प्रयोग

कम्पनीले तलको बुँदा ४.१ मा उल्लेखित व्यक्तिगत सूचनालाई बुँदा ४.२ मा उल्लेखित पक्षहरूसँग साझा प्रयोग गर्न सक्छ । तथापि बुँदा ४.१.घ. मा उल्लिखित रोजगार आवेदनकर्ताहरूको व्यक्तिगत सूचना केवल बुँदा ४.३.ङ. मा उल्लेखित उद्देश्यका लागि मात्र प्रयोग गरिनेछ।
त्यसै गरी कम्पनीले वित्तीय उपकरण तथा विनिमय ऐन, बीमा व्यवसाय ऐन, र अन्य सम्बन्धित कानून तथा नियमावलीहरूद्वारा निर्दिष्ट गरिएको व्यक्तिगत सूचनाको साझा प्रयोगको प्रतिबन्धहरू पालन गर्नेछ र यी कानूनहरू अनुरूप व्यक्तिगत सूचना व्यवस्थापन गर्नेछ।

४.१ साझा रुपमा प्रयोग गर्न सक्ने व्यक्तिगत सूचनाका वस्तुहरू यस प्रकार छन्:
  1. ४.१.क. नाम, ठेगाना, जन्म मिति, फोन नम्बर, इमेल ठेगाना, कारोबारको आवश्यकतासम्बन्धी जानकारी, सार्वजनिक पहुँचमा रहेको जानकारी, र अन्य व्यक्तिगत विशेषता सम्बन्धी जानकारी;
  2. ४.१.ख. ग्राहकले गरेका कारोबारको अभिलेखहरू, पोइन्ट डाटा, विभिन्न प्रकारका उत्पादन र सेवा, आदी, अन्य कारोबार सम्बन्धी जानकारी;
  3. ४.१.ग. कारोबार व्यवस्थापनका लागि आवश्यक सूचना जस्तै प्रशासनिक नम्बरहरू, ग्राहक नम्बर तथा कारोबार नम्बर लगायत आदि;
  4. ४.१.घ. एसबिआई समूहका कम्पनीहरूमा रोजगारको लागि आवेदन गर्ने व्यक्तिहरूको नाम, लिङ्ग, इमेल ठेगाना, जन्म मिति, ठेगाना, फोन नम्बर, शैक्षिक पृष्ठभूमि, रोजगार इतिहास, आकांक्षा र प्रेरणा लगायतका समान प्रकारका जानकारी।
४.२. व्यक्तिगत जानकारी साझा गरिएको प्रयोगकर्ताहरूको दायरा
एसबीआई होल्डिङ्स, इन्क., यसको तल उल्लेखित वेबसाइटमा सूचीकृत सहायक तथा सम्बन्धित कम्पनीहरू (यसपछि “एसबीआई समूह कम्पनी/कम्पनीहरू” भनिएको) । व्यक्तिगत जानकारी साझा गर्न पाउने अधिकार प्राप्त प्रयोगकर्ताहरू समय समयमा परिवर्तन हुन सक्छन् ।

https://www.sbigroup.co.jp/company/group/overview.html

४.३ साझा गरिएको व्यक्तिगत सूचनाको अभिप्राय प्रयोजन
  1. ४.३.क. एसबीआई समूह कम्पनीहरूले प्रदान गर्ने सेवाहरूको सदस्यको रूपमा सेवा प्रयोग गरिने
    ग्राहकहरुले एसबीआई समूह कम्पनीहरूको दर्ता गरिएको सदस्यको रूपमा सेवाहरू प्रयोग गर्दा जस्तै लगइन गर्दा र लगइन पश्चात् प्रमाणीकरण मार्फत तथा विभिन्न स्क्रिनहरूमा ग्राहक जानकारी स्वचालित रूपमा प्रदर्शन गरिने व्यवस्था मार्फत उक्त सेवाको प्रयोग–मैत्रीपनमा सुधार गर्न ।
  2. ४.३.ख. एसबीआई समूह कम्पनीहरूसँग कारोबार कार्यान्वयन गर्न
    ग्राहकले कुनै उत्पाद वा सेवा सुरक्षित/खरीद गर्ने, पुरस्कारका लागि आवेदन दिने वा एसबीआई समूह कम्पनीसँग अन्य कुनै कारोबार गरेको अवस्थामा सो कारोबार कार्यान्वयन गर्न आवश्यक कर्तव्यहरू पूरा गर्नका लागि जस्तै सामानको वितरण, सेवाको प्रावधान, भुक्तानीको निप्टारा, ग्राहकका सोधपुछहरूको व्यवस्थापन, एसबीआई समूह कम्पनीहरूबाट आएका सोधपुछहरूको व्यवस्थापन, सम्बन्धित बिक्रीपश्चातका सम्बन्धित सेवाहरू प्रदान गर्ने आदि।
  3. ४.३ ग. एसबीआई समूह कम्पनीहरूको लागि विज्ञापन र बजारप्रचार
    • ・एसबीआई समूह कम्पनीहरूको तर्फबाट इमेल म्यागजिन वा समान सञ्चार माध्यममार्फत जानकारी प्रदान गर्न ।
    • ・एसबीआई समूह कम्पनीका सेवाहरू सम्बन्धी जानकारी इमेल, हुलाक, टेलिफोन वा अन्य समान माध्यमबाट उपलब्ध गराउन।
    • ・लिङ्ग, उमेर, आवास स्थान, रुचि र शौख, खरिद इतिहास तथा एसबीआई समूह कम्पनीहरूद्वारा सञ्चालित वेबसाइटहरूको ब्राउजिङ इतिहासजस्ता व्यक्तिगत विशेषतासँग मेल खाने विज्ञापन र सामग्री प्रदान गर्न।
    • ・एसबीआई समूह कम्पनीका सेवाहरूको उपयोगको स्थिति विश्लेषण गरी नयाँ सेवा विकास गर्न र विद्यमान सेवाहरू सुधार गर्न।
    • ・सर्वेक्षण, प्रचार-प्रसार, पुरस्कार चिट्ठा, पुरस्कार वितरण आदि सञ्चालन गर्न र त्यस सम्बन्धमा आवेदनकर्ताहरूसँग सम्पर्क गर्न।
  4. ४.३.घ. सोधपुछहरूको जवाफ दिने कार्य
    एसबीआई समूह कम्पनीलाई इमेल, हुलाक वा टेलिफोनमार्फत गरिएका सोधपुछहरूको जवाफ दिन ।
  5. ४.३.ङ. भर्ती र प्रतिभा आर्जन
    एसबीआई समूह कम्पनीमा पदका लागि आवेदन गर्दा पेश गरिएको व्यक्तिगत विवरण र रोजगारीको इतिहास सम्बन्धी व्यक्तिगत जानकारी प्रतिभा आर्जन सम्बन्धी गतिविधिहरूको लागि प्रयोग गरिनेछ।
  6. ४.३.च. अन्य कर्तव्यहरू
    ४.३.क. देखि ४.३.ङ. सम्म उल्लिखित बाहेक एसबीआई समूह कम्पनीका सेवाहरू प्रदान गर्न आवश्यक अन्य कार्यहरू।
  7. ४.३.छ. विविध
    कम्पनीले एसबीआई समूह कम्पनीहरूले प्रदान गर्ने सेवाहरूका लागि माथि ४.३.क. देखि ४.३.च. सम्म उल्लेखित प्रयोजनहरू बाहेक अन्य प्रयोजनका लागि पनि व्यक्तिगत सूचना प्रयोग गर्न सक्छ । यस्तो अवस्थामा सम्बन्धित सेवासम्बन्धी सूचना कम्पनीको वेबसाइटमा प्रकाशित गरिनेछ।
४.४ व्यक्तिगत सूचना व्यवस्थापनको लागि जिम्मेवार पक्षको नाम
व्यक्तिगत सूचना व्यवस्थापनका लागि जिम्मेवार पक्षको नाम एसबीआई होल्डिङ्स, इन्क (SBI Holdings, Inc.) हो।
१-६-१ रोप्पोङ्गी, मिनाटो-कु, टोकियो (1-6-1 Roppongi, Minato-ku, Tokyo)
प्रतिनिधि निर्देशक, अध्यक्ष, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत योशिताका किताओ (Yoshitaka Kitao)
४.५ साझा गरिएका सूचनाहरू सम्बन्धी सोधपुछ
साझा गरिएका सूचनाहरू सम्बन्धी कुनै पनि सोधपुछहरू एसबीआई होल्डिङ्स, इन्क. (SBI Holdings, Inc.) को जनरल अफेयर्स विभाग (General Affairs Department) लाई सम्पर्क गर्न अनुरोध गरिन्छ।
फोन: ०३-६२२९-०१०० (प्रतिनिधि)

५. प्रत्यक्ष बजारप्रचार रद्द गर्ने प्रक्रिया

यदि ग्राहकले प्रत्यक्ष बजारप्रचार बन्द गर्न अनुरोध गरेमा कम्पनीले तत्परतापूर्वक त्यसपश्चातको प्रयोग र प्रावधान निलम्बन गर्न उपायहरू अपनाउनेछ । ग्राहकहरूको सीमितता नभएको महत्वपूर्ण सूचनाहरू जस्तै मर्मतसम्भार सम्बन्धी सूचना निलम्बन हुने छैन ।

रद्द गर्ने प्रक्रिया सम्बन्धी थप विवरण
  • ・तल उल्लेखित ग्राहक सहायता केन्द्रमा अनुरोध गर्नु पर्नेछ।

६. संचित व्यक्तिगत डाटाको सम्बन्धमा

(१) व्यक्तिगत जानकारी व्यवस्थापन व्यवसाय सञ्चालनकर्ताको नाम, ठेगाना र प्रतिनिधिको नाम
एसबीआई रेमिट कम्पनी लिमिटेड (SBI Remit Co., Ltd.)
४तला, सुमितोमो फुडोसान ओटोवा भवन, २-९-३ ओत्सुका, बुनक्यो-कु, टोकियो (4F Sumitomo Fudosan Otowa Bldg., 2-9-3 Otsuka, Bunkyo-ku, Tokyo)
प्रतिनिधि निर्देशक: नोबुओ आन्डो (Nobuo Ando)
(२) सबै संचित व्यक्तिगत डाटाको उपयोग गर्ने उद्देश्य
माथि “१” मा देखाए बमोजिम हुनेछ।
(३) संचित व्यक्तिगत डाटाको प्रकटिकरण सम्बन्धी प्रक्रिया
कुनै व्यक्तिले (वा तिनको प्रतिनिधिले) कम्पनीसँग संचित व्यक्तिगत डाटा प्रकट गर्न वा सो सम्बन्धी सोधपुछ गर्न अनुरोध गरेमा कम्पनीले तल उल्लेखित प्रकृयाद्वारा प्रतिकृया दिनेछ ।
कम्पनीले तल वर्णन गरिएको विधि प्रयोग गरी व्यक्तिको (वा प्रतिनिधिको) पहिचान पुष्टि गरेपछि अनुरोध गर्ने व्यक्तिलाई प्रक्रिया सम्बन्धी विस्तृत जानकारी लिखित कागजातमार्फत वा अन्य कुनै विधिबाट उपलब्ध गराउनेछ । अनुरोधको विषयवस्तु अनुसार कम्पनीले तोकिएको फाराम प्रयोग गरेर अनुरोध पेश गर्न आग्रह गर्न सक्नेछ ।
  • अनुरोध गर्ने तरिका
    कम्पनीसँग संचित व्यक्तिगत डाटा प्रकट गर्न चाहने व्यक्तिले (वा तिनको प्रतिनिधिले) कम्पनीले तोकेको फाराम प्रयोग गरी अनुरोध गर्नुपर्नेछ। उक्त फाराम भरेर ग्राहक सहायता केन्द्रलाई हुलाक मार्फत व्यक्तिगत परिचय पत्रहरूको प्रतिसहित पठाउनुपर्नेछ।
  • व्यक्तिको वा प्रतिनिधिको पहिचान पुष्टि
    व्यक्तिगत अनुरोधको प्राप्त भएको अवस्थामा कम्पनीले चालक अनुमतिपत्र, पासपोर्ट, स्वास्थ्य बीमा कार्ड वा छाप सहितको दर्ता प्रमाणपत्रजस्ता प्रमाणीत कागजातबाट पहिचान जाँच गर्नेछ (उक्त कागजात हाल वैद्य रहेको वा तीन महिनाभित्र जारी भएको हुनुपर्छ)। कम्पनीले व्यक्तिको नाम, ठेगाना, र फोन नम्बर जस्ता दर्ता विवरणको आधारमा वा फोन “कल ब्याक” गरी पहिचान पुष्टी गर्नेछ ।
    प्रतिनिधिबाट अनुरोध प्राप्त भएको अवस्थामा कम्पनीले प्रतिनिधिको अख्तियारनामा र छाप सहितको दर्ता प्रमाणपत्र जाँच्नेछ जसले उक्त अख्तियारनामामा रहेको छाप प्रतिनिधिको नै हो भन्ने प्रमाणित गर्छ । साथै कम्पनीले फोनमार्फत व्यक्तिलाई सम्पर्क समेत गरी प्रतिनिधिको पहिचान पुष्टी गर्नेछ।
  • शुल्क
    कम्पनीले ग्राहकहरूबाट संचित व्यक्तिगत विवरणको प्रकटिकरणका लागि कुनै शुल्क लिने छैन । तथापि ग्राहकले कम्पनीसँग सम्पर्क गर्दा लाग्ने सञ्चार खर्च, यातायात खर्च, र व्यक्तिगत पहिचानका लागि आवश्यक सामग्री तयार पार्दा लाग्ने खर्चहरू आफैं वहन गर्नु पर्नेछ ।
  • जवाफ दिने प्रक्रिया
    प्रक्रियाहरु पूरा भएपश्च्यात कम्पनीको लिखित जवाफ हुलाक मार्फत पठाइनेछ।
सामान्यतया यो प्रक्रियाको लागि करिब दुई हप्ता समय लाग्नेछ ।
(४) संचित व्यक्तिगत डाटाको सुरक्षा व्यवस्थापनका लागि अपनाइएका उपायहरूको विवरणका लागि कृपया तल दिइएका सहयोग कक्षहरुमा सम्पर्क गर्नुहोस्।

७. एसबिआई रेमिटका सहयोग कक्षहरु

व्यक्तिगत जानकारीको व्यवस्थापन सम्बन्धी कुनै पनि सोधपुछ, छलफल वा गुनासोका लागि तल उल्लेखित सहयोग कक्षमा सम्पर्क गर्नुपर्नेछ।

एसबीआई रेमिट कम्पनी लिमिटेड (SBI Remit Co., Ltd.) – ग्राहक सहायता केन्द्र:
फोन: ०३-५६५२-६७५९
जापानी भाषाका लागि ४ थिच्नुहोस् /टागालोग (Tagalog) भाषाका लागि १ थिच्नुहोस् /चिनियाँ भाषाका लागि २ थिच्नुहोस् /अंग्रेजी भाषाका लागि ३ थिच्नुहोस्
■ जापानी भाषाका लागि ४ / चिनियाँ भाषाका लागि २
सम्पर्क समय: साप्ताहिक कार्यदिनहरुमा बिहान ०९:०० बजेदेखि साँझ ०६:०० बजेसम्म (जेएसटी)
■ टागालोग (Tagalog) भाषाका लागि १ / अंग्रेजी भाषाका लागि ३
सम्पर्क समय:
साप्ताहिक कार्यदिनहरूमा बिहान ०८:०० बजेदेखि राति १०:०० बजेसम्म (जेएसटी)
साप्ताहिक बिदा र राष्ट्रिय छुट्टिहरूमा दिउँसो १२:०० बजेदेखि साँझ ९:०० बजेसम्म (जेएसटी)
(नयाँ वर्षका छुट्टिहरू र कम्पनीले निर्दिष्ट गरेका छुट्टिहरू बाहेक)

८. कुकीज (Cookies)

कम्पनीले आफ्ना केही वेबपृष्ठहरूमा कुकीज नामक प्रविधिको प्रयोग गर्छ जसले ग्राहकहरूलाई वेबसाइट प्रयोग गर्दा अझ सहजता प्रदान गर्दछ । कम्पनीले आफ्नो वेबसाइटमार्फत ग्राहकको कम्प्युटरलाई पहिचान गर्न र ग्राहक पुनः कम्पनीको साइटमा फर्किँदा आवश्यक जानकारी सुरक्षित राख्न कुकीजहरू प्रयोग गर्दछ । कम्पनीले कहिल्यै पनि कुकीजहरू प्रयोग गरी ग्राहकहरूको व्यक्तिगत जानकारी प्राप्त गर्दैन।

९. गुगल इन्क. (Google Inc.) द्वारा प्रदान गरिएको विशेषता सम्बन्धी जानकारी (Attribute Information) आदि को प्रयोग

कम्पनीले आफ्ना सेवाहरूको गुणस्तर सुधार गर्न र ग्राहकहरूको सहजताको लागि गुगल इन्क. द्वारा प्रदान गरिएको वेबसाइटमा पहुँच विश्लेषण गर्ने गुगल एनालिटिक्स (Google Analytics) सेवा प्रयोग गर्दछ । यस सेवामार्फत कम्पनीले वेबसाइट अवलोकन गर्ने आगन्तुकहरुको व्यक्तिगत पहिचान नगरी उनिहरुले हेरेको पृष्ठको जानकारी संकलन गर्दछ ।
त्यसका अतिरिक्त कम्पनीले गुगल एनालिटिक्सको एक थप सुविधा प्रयोग गरी गुगल इन्क. बाट निम्न जानकारी (यहाँपछि “विशेषता सम्बन्धी जानकारी आदि” भनिएको) प्राप्त गर्दछ:

ग्राहकको विशेषता सम्बन्धी जानकारी (उमेर/लिङ्ग), तथा गुगलको विज्ञापन सेवाहरूको प्रयोग र ब्राउजिङ इतिहासबाट तथ्यांकको आधारमा अनुमान गरिएका रुचि तथा चासोहरू ।

※ग्राहकले गुगल इन्क. को [ विज्ञापन सेटिङस् ] मा गई विशेषता सम्बन्धी जानकारी परिवर्तन गर्न सक्नेछन्।

※कम्पनीले गुगल इन्क. बाट प्राप्त गर्ने विशेषता सम्बन्धी जानकारीमा ग्राहकको व्यक्तिगत पहिचानसम्बन्धी कुनै पनि सूचना समावेश हुँदैन ।

※यदि ग्राहकले गुगल इन्क. को विज्ञापन सेवा प्रयोग गर्दैनन् भने विशेषता सम्बन्धी जानकारी प्राप्त गरिँदैन ।

कम्पनी र तेस्रो पक्षका विज्ञापन वितरकहरू (गुगल इन्क. समेत) ले पहिलो पक्ष कुकीज (जस्तै गुगल एनालिटिक्स कुकीज), अन्य पहिलो पक्ष पहिचानकर्ता, र तेस्रो पक्ष कुकीज (जस्तै डबलक्लिक (DoubleClick) कुकीज) वा अन्य तेस्रो पक्ष पहिचानकर्ताहरूको संयोजन प्रयोग गरेर कम्पनीको वेबसाइट भ्रमण गर्ने प्रयोगकर्ताहरूका विशेषता सम्बन्धी जानकारी, रुचि र चासोहरू विश्लेषण गर्दछ । कम्पनीले यसका अतिरिक्त ग्राहकको विज्ञापनहरू ब्राउजिङ, क्लिक इतिहास, तथा एसबिआई समूहबाहेकका वेबसाइटहरूमा प्रयोगको डाटा पनि संकलन गर्छ जसलाई समूह कम्पनीहरूद्वारा विज्ञापन वितरणका लागि प्रयोग गरिन्छ।

यदि तपाईं कम्पनीले गुगल एनालिटिक्स प्रयोग गरेर तपाईंको विशेषता सम्बन्धी जानकारी पहुँच गर्न सकोस् भन्ने चाहानुहुन्न भने कृपया तलको युआरएल (URL) मार्फत अस्वीकार (opt-out) गर्नुहोस्।
https://tools.google.com/dlpage/gaoptout

यो अनुवाद ग्राहकहरूलाई बुझाउनका लागि मात्र प्रदान गरिएको हो । यदि यस अनुवाद र जापानी संस्करण बीच कुनै फरक परेमा जापानी संस्करण नै मान्य हुनेछ ।

  • अगस्ट २७, २०२५ (२०८२/०५/११)