बारम्बार सोधिने प्रश्न (सामान्य सेवाहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ

SBI रेमिट भनेको बैंक हो? तपाईं बैंक नभए तापनि, तपाईं कानूनी रूपमा पैसा पठाउन सक्नुहुन्छ?

हामी बैंक होइनौं; वास्तवमा हामी कोषहरूको हिसाब-मिलानसँग सम्बन्धित ऐन अनुसार रेमिटेन्स सेवाहरूमा विशेषीकृत मनी ट्रान्सफर सञ्चालक हौं।
हामीले मनी ट्रान्सफर सञ्चालकको रूपमा रेमिटेन्सका सेवाहरू विकास गर्न वित्तिय सेवा एजेन्सीमा दर्ता गर्ने कार्य पूरा गर्नुअघि अर्थ मन्त्रालयमा कार्यविधिहरू दायर गरेका थियौं।

 

हाम्रा सेवाहरू मुख्य रूपमा हामीले डिपोजिट स्वीकार गर्दैनौं भन्ने तथ्य सहित तल सूचीबद्ध गरिए अनुसार बैंकहरूका भन्दा फरक छन्:

 

• हामीले गर्ने ट्रान्ज्याक्सनहरू बैंकहरूद्वारा गरिने वैदेशिक विनिमय ट्रान्ज्याक्सनहरू जस्तो हुँदैनन्; तर हामीले गर्ने ट्रान्ज्याक्सनहरूमा 1 मिलियन येन वा सोभन्दा कम बराबरका मनी ट्रान्सफरहरूसँग सम्बन्धित सीमित मात्राका मुद्रासँग सम्बन्धित ट्रान्ज्याक्सनहरू हुन्छन्, जुन जापानी मन्त्रीमण्डलको आदेशद्वारा निर्दिष्ट गरिएका न्यून पैसाको ट्रान्ज्याक्सनहरू हुन्छन्।
* प्राप्त गर्ने राष्ट्र र क्षेत्रका आधारमा अधिकतम रकमहरू भिन्न-भिन्न हुन्छन्। • हामीले डिपोजिट, बचत वा टर्म (आवधिक) डिपोजिटहरू स्वीकार गर्दैनौं।
• हामी डिपोजिट बीमा ऐनको धारा 53 वा कृषि र माछा पालन सहकार्य बचत बीमा ऐनको धारा 55 मा निर्धारित गरिए अनुसार बीमा दाबीहरूको भुक्तानी गर्ने विषयसँग सम्बन्धित छैनौं।

 

हामीले कार्य प्रत्याभूति कोष प्रणाली स्थापना गरेका छौं, जसद्वारा कम्पनीले कार्य सुरक्षा डिपोजिट संरक्षण सम्झौता अन्तर्गत वा वैकल्पिक रूपमा कानूनी मामिला ब्यूरो अन्तर्गत सेवाका प्रयोगकर्ताहरूद्वारा हामीलाई प्रदान गरिएका कोषहरू बराबरको रकम रिजर्भ राख्छौं।

 

भुक्तानी नभएको हुन सक्ने विरलै अवस्था वा समान खालका अवस्थामा, तपाईं तपाईं कार्य प्रत्याभूति कोषहरूबाट हिसाब-मिलान प्राप्त गर्नका लागि अन्य आसामी (डेब्टर) हरू भन्दा प्राथमिकतामा पर्नु हुनेछ।
प्रापकद्वारा रेमिटेन्स रकम प्राप्त नगर्दासम्म उल्लेखित कार्य प्रत्याभूति कोषहरू पुन: प्राप्त गर्न (दाबी गर्न) मनी ट्रान्सफर अनुरोध गर्ने पक्षलाई अधिकार प्राप्त हुन्छ।

बारम्बार सोधिने प्रश्नमा फर्कनुहोस्(सामान्य सेवाहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ