सूचना/क्यान्पेन
2020/07/29
SBI रेमिटद्वारा ह्यान्डल गरिएको अन्तर्राष्ट्रिय रेमिट्यान्सको कूल रकम १ ट्रिलियन येन भन्दा बढि !
फिन टेक सम्बन्धि सम्पूर्ण काम गर्ने SBI फिनटेक सोलुसन कम्पनी लिमिटेडको सहायक कम्पनी SBI रेमिट कं, लिमिटेड, जो अन्तर्राष्ट्रिय मुद्रा ट्रान्सफर सेवा व्यवसायमा संलग्न छ (मुख्यालय: मिनाटो-कु, टोकियो, CEO: नोबुओ आन्दो, https://www.remit.co.jp/) । हामी तपाईंलाई जानकारी दिन चाहन्छौं कि SBI रेमिटद्वारा ह्यान्डल गरिएको अन्तर्राष्ट्रिय रेमिट्यान्सको जम्मा कुल रकम (JPY) १ ट्रिलियन येन पार गरेको छ।
विश्वव्यापीकरणको प्रभाब संगसंगै जापानमा विदेशी बासिन्दाहरू भबिस्यमा बढ्ने आँकलन गरेर,ति बिदेशी बासिन्दालाई फाईनान्सीएल सर्भिश दिने लक्षले,२०१० साल अप्रिलमा कार्यन्वयन भएको सिकीन केस्साई कानुन अन्तर्गतको फन्ड ट्रान्सफर कम्पनी दर्ता गरेर तेही बर्षको डिसेम्बरबाट अन्तर्राष्ट्रिय मनी ट्रान्सफर व्यवसाय सुरु गरिएको थियो। हामीले यो ब्यबसाय सुरु गर्दा जापानमा बिदेशीहरुको संख्या २८ लाख जति थियो,जुन बढेर गत वर्षको अन्त्य सम्ममा २९ लाख ३०हजार (* १) पुगेको छ र कामका उद्देश्यका लागि बसोबास गर्ने विदेशी बासिन्दाहरूको संख्या विशेष रूपमा बढेको देख्न सकिनेछ। यो किनभने जापानको घट्दो जन्मदर र बढ्दो बुढ्यौली जनसंख्याले श्रम अभावको पृष्ठभूमि तयार गरेकोले कम्पनीहरुले विदेशी कामदारहरूलाइ काम लगाउने काम विस्तार गरिरहेका छन्।
यस पृष्ठभूमिमा, हामीले सबै भन्दा नया वित्तीय प्रविधि प्रयोग गरेर जापानमा बस्ने विदेशीहरूलाई सुरक्षित र सुविधाजनक वातावरणमा पैसा पठाउने सर्भिस प्रदान गर्न डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी (DLT) को प्रयोग गरी पैसा पठाउने सर्भिस, बहुभाषी वेब साइट (१२ भाषाहरू) को साथसाथै विभिन्न भाषा द्वारा सोधपुछ (ईमेल, फोन, एसएनएस) गर्न सकिने सर्भिश सेन्टरको विस्तार आदि-इत्यादी गर्दै आएका छौं।
यसका अतिरिक्त SBI ग्रुपले क्षेत्रीय गठबन्धन मार्फत क्षेत्रीय पुनरुत्थान र प्रबर्दन गर्ने प्रयासको १ भागको रूपमा,हामीले यस बर्ष जनवरीमा सिमाने बैंकबाट व्यापारिक सहकार्य सुरु गरि,तेसपछि फुकुशिमा बैंक, चिकुहो बैंक र मिचिनोकु बैंकसँग व्यापारिक गठबन्धन तयार गरेका छौं। स्थानीय बैंकहरु संगको सहकार्यले अर्थव्यवस्थाको लागि अति आबस्यक श्रमशक्ति विदेशी कामदारहरूको रेमिटेन्सको आवश्यकतालाई सम्बोधन गर्नुका साथै हामी त्यस्तो वातावरण सिर्जना गर्न गैरहेकाछौं जहाँ जापानको कुना-कन्तारामा पनि हाम्रो सर्भिस सजिलै प्रयोग गर्न सकियोस । हाल SBI रेमिटको सदस्य संख्या ६लाख ५० हजार भन्दा बढी छन्, जसमध्ये ९०% भन्दा बढी विदेशी नागरिकहरू छन् र घरेलु वित्तीय संस्था (* २) द्वारा संचालित रेमिट्यान्सको हिस्सा लगभग 34% छ, खास गरी एशियाली देशहरूको लागि ४१% भन्दा बढी बजार शेयर पुगेको छ।
अहिले नयाँ कोरोना भाइरस संक्रमक रोग (COVID-19) को कारण, जापानमा आउने नयाँ विदेशीहरुको संख्या अस्थायी रूपमा घटेको छ, तर सरकारले संक्रमण दबाउन सफल देशहरूबाट ब्यबसाय,अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटनको क्रममा बिदेशीहरुलाई जापान आउन सजिलो गर्ने नीति लिएकोले यो आशा गरिएको छ कि विदेशी बासिन्दाहरू र विदेशी कामदारहरूको जापान आउने प्रक्रिया सजिलो भइ, दीर्घकालीन अवधिमा अझै बढ्नेछ।
यस बर्ष व्यवसाय सुरू भएको १० औं बर्ष गांठ पुग्ने हुनाले हामीले ग्राहकका परिबर्तित आवश्यकताहरू पूरा गर्न नयाँ सेवाहरू प्रदान गर्ने योजना बनाएका छौ जसले ग्राहकहरुलाई सजिलै हाम्रो सेवामा पहुँच पुग्ने छ। हाम्रा ग्राहकहरु लाई सुरक्षित, सरल र सुविधाजनक रुपमा पैसा ट्रान्सफर गर्ने सेवा प्रदान गर्न को लागी हाम्रो प्रयास अहोरात्र जारी राख्ने छौं ।
(* १) न्याय मन्त्रालय: २०१९को पहिलो वर्षको अन्त सम्म विदेशी बासिन्दाहरूको संख्या
http://www.moj.go.jp/nyuukokukanri/kouhou/nyuukokukanri04_00003.html
(* २) बैंक अफ जापानद्वारा प्रकासित डाटा र SBI रेमिटको वास्तविक बिजिनेस डाटा प्रयोग गरि (२०१९ अक्टुबर बाट डिसेम्बर सम्म) निकालेको हिसाब
**************************************************************
यस प्रेस विज्ञप्ति को बारेमा सोधपुछ
रेमिट ग्राहक सपोर्ट सेन्टर
०३-५६५२-६७५९ https://www.remit.co.jp/
नेपाली भाषामा सोधपुछ तलको फेसबुक लिंकमा
https://www.facebook.com/SBI-Remit-Nepal-252566268733618/
कार्यालय समय: हप्ता दिन ०९:००-१८:00 शनिबार, आइतवार, र छुट्टिको दिन १०:०० -१८:००
(वर्ष अन्त र+ नयाँ वर्षको छुट्टीहरू र कम्पनीको बिसेष छुट्टिहरू बाहेक)
********************************
यस प्रेस विज्ञप्ति को बारेमा सोधपुछ
रेमिट ग्राहक सपोर्ट सेन्टर
०३-५६५२-६७५९
नेपाली भाषामा सोधपुछ तलको फेसबुक लिंकमा
https://www.facebook.com/SBI-Remit-Nepal-252566268733618/
कार्यालय समय: हप्ता दिन ०९:००-१८:00
शनिबार, आइतवार, र छुट्टिको दिन १०:०० -१८:००
(वर्ष अन्त र+ नयाँ वर्षको छुट्टीहरू र कम्पनीको बिसेष छुट्टिहरू बाहेक)