नगद संकलन

SBI Remit ले मनिग्रामको सञ्जाल(एजेन्ट नेटवर्क) प्रयोग गरेर आफ्नो नगद संकलन सेवा सञ्चालन गरेको छ।

पैसा प्राप्त गर्नुहोस्

रकमहरूलाई मनिग्रामका सम्बद्ध कार्यालयहरू मार्फत लगभग १० मिनेटमा※ रेमिट गर्न सकिन्छ।
※ यसलाई वैदेशिक सम्बद्ध कार्यालयको रेमिटेन्स विधि र कार्यालय समय/ सञ्चालन गर्ने अवस्थाहरूमा आधारित रहेर केही घण्टादेखि दुई दिनसम्म वा अझै धेरै समय लाग्न सक्छ।

प्रापकहरूले बैंक खाता नभए तापनि आफ्नो नजिकैको एजेन्टमा नगद संकलन गर्न सक्नुहुन्छ।

प्राप्त गर्ने एजेन्सीहरू बारे

मनिग्राम सेवा प्रत्येक राष्ट्रमा उपलब्ध छ; तपाईंको क्षेत्रमा प्राप्त गर्ने एजेन्सीहरू बारे थप जानकारीका लागि तिनीहरूको वेवसाइटमा जानुहोस्।

マネーグラム

पैसा प्राप्त गर्ने बारेमा सोधपूछहरूका लागि, आफ्नो राष्ट्रबाट मनिग्राम अन्तर्राष्ट्रिय कल सेन्टरमा सम्पर्क गर्नुहोस्।

[उदाहरण] फिलिपिन्सका मुख्य पिक-अप पोइन्टहरू

  • बैंकहरू
  • Banco de Oro Unibank
  • Metrobank
  • KwartaGram
  • खुद्रा आउटलेटहरू
  • SM मलहरू
  • पेराग्राम
  • पनसपहरू
  • Cebuana Lhuillier सेवाहरू
  • संस्था
  • M.Lhuillier वित्तीय सेवाहरू

 

मनिग्रामको बारेमा

मनिग्राम

MoneyGram International, Inc. (प्रमुख कार्यालयहरू: डल्लास, टेक्सास, यु.एस.ए; न्यूयोर्क स्टक एक्सचेन्ज) भनेको संयुक्त राज्यमा रहेको प्रमुख अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा हो र यसले विश्वभरका २०० राष्ट्र र क्षेत्रहरूमा लगभग ३८०,००० सेवा आउटलेटहरूको सञ्जाल स्थापना गरेको छ।